kailali

Friday 7 September 2012

जीवन


सांसारिक माया जालमा जेलीएको जीवन ।
चोट पिडा र समस्यामा पेलिएको जीवन ॥

मनमा पस्न को सक्छर के छ भनी जान्न ।
अन्याय र झुटै झुटमा खेलीएको जीवन ॥

बाँचुन्जेल माया लाग्छ भन्छन तेरो मेरो ।
साना ठुला समस्यामा झेलिएको जीवन ॥

अभाव नै रैछ यहाँ एक छाक टार्न गार्हो ।
चामलको बियाँ सरी केलीएको जीवन ॥

कुन बेला के हुन्छ कसलाई थाहा हुने यहाँ ।
धकेलेर नहुने कुनासम्म ठेलीएको जीवन ॥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment