kailali

Friday 7 September 2012

पैसाको अभावमा टाउकोको खप्पर पेटमा ,क्यानाडाबाट ५० हजार सहयोग


पैसा अभावमा उपचार हुन नसकेपछि टाउकोको खप्पर पेटमा राख्ने बाध्य भएका पोखराका कमल क्षत्रीलाई ५० हजार सहयोग प्रदान गरेको छ । क्यानाडा नेपाल डट नेटले क्यानाडामा बस्ने नेपालीहरु सगँ उठाएको ५० हजार सहयोग रकम विहिबार कमल र उनका बाबुलाई हस्तान्तरण गरेको हो । उनलाई एभिन्युज टेलिभिजनका पोखराव्युरो प्रमुख रामकृष्ण ज्ञवालीले सहयोग रकम हस्तान्तरण गरेका थिए । एभिन्युज टेलिभिजनको चर्चित कार्यक्रम अफ द विटमा खबर प्रसारण भए पछि क्यानाडाबाट सन्चालीत क्यानाडा नेपाल डट नेटले सहयोग रकम संकलन गरेको थियो । क्यानाडामा बस्दै आएका ३० जना नेपालीहरुले सहयोग गरेका थिए ।
उपचार गर्ने पैसाको अभावमा पर्वत घर भै पोखरा बस्दै आएका क्षत्रीको टाउकोको खप्परलाई पेटमा राख्न बाध्य भएका छन् । उनको उपचारका लागि करिब ३ लाख लाग्ने भए पछि अहिले सम्म विभिन्न संघ सस्थाले एक लाख २० हजार मात्रै संकलन भएका बताउदै उनका बाबु श्याम बहादुर क्षत्रीले अझै एक लाख ८० हजार रुपैया उपचारका लागि आवश्यक रहेको बताए । उनीक
ो टाउकोको दुइ तर्फो खप्परलाई पेटमा राख्न बाध्यत छन् त्यसमाथी पनि उसको अधिकांश अंगले काम गर्दैन । उनी न हिड्न सक्छन न त वोल्न । पर्वत जिल्ला तिलाहार गाउँ विकास समिति ७ का २५ वषिर्य कमल क्षेत्री १४ महिनाबाट यस्तो अवस्थामा रहेका छन् । क्षेत्री अघिल्लो वर्षो श्रावण ११ गते मोटरसाइकल दुर्घटनामा परे देखि यस्तै अवस्थामा छन् । कमलका वावु ले ५ महिना न्यूरो अस्पतालमा राखेपछि आफुले पैसा पुर्‍याउन नसकेपछि अस्पतालबाट निकाल्नु परेको बताए । क्षत्रीले छोराको उपचारका लागि १० लाख रुपैया खर्च गरिसेका छन् । क्षेत्रीले छोराको उपचारको लागी आफुले गाउँमा भएको ७ रोपनी जग्गा सहित घर तथा गरगहना विक्री गरिसकेको वताए । उनले सबैलाई सहयोगको लागी आग्रह समेत गरे । दुर्घटनामा परेपछि पश्चिमाञ्चल अस्पताल पोखरा, काठमाण्डौ न्यूरो अस्पताल र विर अस्पतालमा उपचार भएपनि रकम अभावका कारण उनको उपचार हुन सकेको छैन । उपचारको क्रममा बरिष्ठ न्युरो र्सजन डाक्टर उपेन्द्र देवकोटाले टाउकोको खप्पर पेटमा लगेर राखिदिए । उपचार खर्च नहुदा उनको खप्परलाई बचाइ राख्न पेटमा राखिएको हो । उपचारपछि क्षत्री होस आएपनि उनको दिमागे राम्रो संग काम गर्न सक्दैनन ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment