kailali

Friday 7 September 2012

नेपालद्धारा अमेरिका ३२ रनले पराजित,सुवास र बसन्त हिरो


मलेसियामा जारी डिभिजन फोर क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकालाई ३२ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गर्दे नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २५८ रन बनाएको थियो। भने २५९ रनको लक्ष्य सहित मैदानमा उत्रिएकोअमेरिका ४८.२ ओभर खेल्दै २२६ रनमा समेटिएको थयो।

यसअघी पहिले ब्याटिङ गर्ने कप्तान पारस खड्काको निर्णयलाइ सहि ठहराउँदै नेपाली ब्याट्सम्यानहरुले अमेरिकी बलरहरुको खिल्ली उडाएका थिए। रनको वर्षा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुमा आक्रमकता र संयमताको उत्कृष्ट संयोजन देखिएको थियो । इनिङको अन्त्यतिर धेरै रन बनाउने चक्करमा धेरै विकेट गुमाएपनि नेपालको ब्याटिङले प्रशंकसहरुको मुहारमा चमक ल्याइदिएको छ।

आजको नेपाली ब्याटिङको नायक रहे ओपनर सुवासखकुरेल। उनले १४२ बलमा ११५ रनको शतकिय पारी खेलेका थिए।
उनका अलावा ज्ञानेन्द्र मल्लले ४६ रन, पारस खड्का ४१ रन, अनिल मण्डल २० र प्रदिइ एरैले १४ रनको योगदान दिएका थिए ।
२५९ रन बनाउन मैदान उत्रिएको अमेरिकी ब्याटिङलाई तह लगाउन स्पिनर बसन्त रेग्मीले ५ विकेट लिए ।
त्यसैगरि शक्ति गौचनले २ विकेट,सञ्जम रेग्मीले २ विकेट, अमृत भट्टराईले १ विकेट लिए।
अमेरिका ४८.२ ओभरमा २२६ रन बनाउँदा सम्पुर्ण विकेट गुमाएर रित्तो हात पेभेलिएन फर्किएको थियो।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment