kailali

Friday 7 September 2012

स्लिम जिउ बनाउन शिल्पा कसरत गर्दै


बलिउड अभिनेत्री शिल्पा शेट्टी फेरी आफ्नो उहीँ पुरानो स्लिम जिउमा फर्किन हतारमा छिन् । केही महिनाअघि छोरा पाएर अहिले सुत्केरी अवस्थामा रहेकी शिल्पा अब छिटै जिउ बनाएर क्यामराको अगाडि आउन चाहन्छिन् । गर्भवती भएको बेला शिल्पाको वजन झण्डै १९ किलो भएको थियो । तर सुत्केरी भएपछि उनले जिउडालमा विशेष ध्यान दिन थालिन् र अहिलेसम्म १० किलो वजन घटाइसकेको बताइन्छ । उनले अझै तोल घटाएर स्लिम बन्ने धूनमा छिन् । संजय दत्तको एक्शन रियालिटी शो सुपर फाइट लिगको लागि एक प्रमोशनल भिडियोमा अभिनय गर्नका लागि समेत उनी वजन घटाउन हतारिएकी हुन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment