kailali

Saturday 7 April 2012

प्याश मेट्न जवानीको


प्याश मेट्न जवानीको साथ रोज्दी रैछौ !!
आज एउटा अनि भोलि अर्कै खोज्दी रैछौ !!

कतै देख्यो सम्पति त साइनो जोडी हाल्यो !!
अन्त मिले अझ बढी त्यसलाई छोडी हाल्यो !!
ठुला ठालु धनि संग बैंस पोख्दी रैछौ !!
आज एउटा अनि भोलि अर्कै खोज्दी रैछौ !!

इज्जतको भाउ सय अनि हजार चल्दो रैछ !!
तिम्रो घरमा हिजो आज बजार चल्दो रैछ !!
जवानी नै जिन्दगानी भन्ने सोच्दी रैछौ !!
आज एउटा अनि भोलि अर्कै खोज्दी रैछौ !!

प्याश मेट्न जवानीको साथ रोज्दी रैछौ !!
आज एउटा अनि भोलि अर्कै खोज्दी रैछौ !!
Niraj Sapkota

नबाल्नु थियो प्रेम को दियो


नबाल्नु थियो प्रेम को दियो मुटु नै जलेया छ॥
बदनामी भएछु टोल-टोल मेरै चर्चा चलेया छ॥

मुटु मा तिमी लाई बसाउछु भन्यौ कसम भाकी भाकी
दनदनी आगो सल्काएर गयौ आत्मा नै जलेया छ॥

बिश्वास तिम्रो गरेर मैले मनमुटु मा सजाएथे
आशाको किरण बुझाएर गयौ जीवन नै गलेया छ॥

साचो माया को अर्थ नै न बुझी साथ नै छुटायौ
खुशी के दिन्थयौ हर्दय मा झनै पिडा नै पलेया छ॥
Niraj Sapkota

मुटु किन दुख्थ्यो


मुटु किन दुख्थ्यो होला तिम्रो याद नआए त!
आकासका तारा बनि आँखाभरी नछाए त!

यो मनको सारंगीले बिरह नै नरेट्दो हो!
घुमी-घुमी रानीबनमा कोईलीले नगाए त!

मूलबाटोमा आँखाहरू बिछ्याउँन छोडीदिन्थेँ!
आउँछु भनी निस्ठुरीले झुटो कसम नखाए त!

बिर्सीदिन्थेँ ढुङ्गे धारा झुक्याएर चुम्ने पारा!
साथीसंगी मस्की-मस्की पधेंरी मा नधाए त!

सपनीमा आउँछौ सँधै आँखा खुल्दा छाती दुख्छ!
चल्दैन है श्वास मेरो तिम्रो साथ नपाए त!
Neeraj Sapkota

मुटु मेरो दुखी रहन्छ


मुटु मेरो दुखी रहन्छ । केबल तिम्रो यादमा
सधैं आसुँ मेरो झरी रहन्छ। केबल तिम्रो यादमा

आँफैलाई बिर्सिएछु तिम्लाई माया गर्दा
यो मन मेरो तड्पी रहन्छ। केबल तिम्रो यादमा

फेरी भेट्न आउछु भनी तिमी काँहा गयौ?
बाटो हेरी आँखा मेरो टोलाई रहन्छ।केबल तिम्रो यादमा

तिमी बिना छैन मेरो कुनै हासो खुशी
यो मन मेरो उडी रहन्छ। केबल तिम्रो यादमा

संगै जिउने बाचा गरी छाती भरी चोट दियौ
मेरो जीवन पागल जस्तै डुली रहन्छ।केबल तिम्रो यादमा

सोह्र बर्ष जवानी

सोह्र बार्ष जवानी को बात नै बेग्लै हुन्छ हजुर,
खै के को लाग्छ नशा मात नै बेग्लै हुन्छ हजुर,

सोह्र बर्ष जवानी को बात नै बेग्लै हुन्छ हजुर!!

भबिष्य को भन्दा पनी बर्तवान को चिन्ता बडी,
भोक प्यास मेटने पानी अनी भात नै बेग्लै हुन्छ हजुर,

सोह्र बर्ष जवानी को बात नै बेग्लै हून्छ हजुर!!

नत हुन्छ कालो गोरो नत हुन्छ सानो ठुलो,
सबै सँग मिल्न जाने जात नै बेग्लै हुन्छ हजुर,

सोह्र बर्ष जवानी को बात नै बेग्लै हुन्छ हजुर!!

जोड घटाउ बराबर गर्छु गर्छु भन्छ मनले,
जोश जाँगर उमङ्ग को खात नै बेग्लै हुन्छ हजुर,

सोह्र बर्ष जवानी को बात नै बेग्लै हुन्छ हजुर!!

कहिले हाँसो कहिले रोदन जीवन को नियम न हो,
थाहै नपाइ रङग् बदलने पात नै बेग्लै हुन्छ हजुर,

सोह्र बर्ष जवानी को बात नै बेग्लै हुन्छ हजुर,
खै क को लाग्छ नशा मात नै बेग्लै हुन्छ हजुर!!

love


O my Luve's like a red, red rose
That's newly sprung in June;
O my Luve's like the melodie
That's sweetly played in tune.

As fair art thou, my bonnie lass,
So deep in luve am I;
And I will luve thee still, my dear,
Till a' the seas gang dry:

Till a' the seas gang dry, my dear,
And the rocks melt wi' the sun;
I will luve thee still, my dear,
While the sands o' life shall run.

And fare thee weel, my only Luve,
And fare thee weel awhile!
And I will come again, my Luve,
Tho' it ware ten thousand mile.
William sekspear
Neeraj Sapkota
दुखमा पनि जीवन हाम्रो चल्दो नै रहेछ! 
मनमा सानो आशाको दियो बल्दो नै रहेछ!

स्वदेश छाडी बिदेश पुगी संघर्ष गरेर 
सपना बुन्ने महल पनि ढल्दो नै रहेछ!!

छैटिको दिन भावीले दु:ख लेखेर गएसी
अभागी भनि दैवले पनि छल्दो नै रहेछ!!

सुखको आशा लिएर हामि प्रदेश पसेनी
भाग्यले साथ नदिंदा मुटु जल्दो नै रहेछ!!

जन्मिए देखि दुखको साथ सुखले नहेर्दा
लाचार हुदै विवस मन गल्दो नै रहेछ!!
Neeraj sapkota


तिम्रो लागि फूल रहेछु
बास्न लिदलिदै फालिदेउ
म सुकेर झुर भएछु

तिम्रो लागि खेलाउन रहेछु
खेलाउद खेलौदै फालिदेउ
म फाटेर पुरानो भएछु
Neeraj sapkota
kanpur up
india

मागेर त हेर मिठो साथ तिम्रै हाथ समाई दिउँला
माया र ले भरिएको सुन्दर डेरा जमाईदिउला॥

अगम्य माया छ मेरो बिना स्वार्थ तिमी प्रति
माग्छौ भने प्रमाण तिमी मुटु
झिकी थमाई दिउँला॥

धन,रुप केही होइन सच्चा प्रेमी मिल्छ भने
माया ले सजिएको झोपड़ी मा नै रमाई दिउँला॥

मेरो एक एक साँस पनि तिमिलाई नै पुकार्दैछ
हेर विश्वास लाग्दैन तिमीलाई भने ढुकढुकी नै

If the dull substance of my flesh were thought,
Injurious distance should not stop my way.
For then, despite of space, I would be brought
From limits far remote where thou dost stay.
No matter then although my foot did stand
Upon the farthest earth removed from thee.
For nimble thought can jump both sea and land
As soon as think the place where he would be.
But, ah, thought kills me, that I am not thought,
To leap large length of miles when thou art gone,
But that, so much of earth and water wrought,
I must attend times leisure with my moan,
Receiving naught by elements so slow
But heavy tears, badges of either's woe.


O Mistress mine, where are you roaming?
O, stay and hear; your true love's coming,
That can sing both high and low:
Trip no further, pretty sweeting;
Journeys end in lovers meeting,
Every wise man's son doth know.
What is love? 'Tis not hereafter;
Present mirth hath present laughter;
What's to come is still unsure:
In delay there lies not plenty;
Then, come kiss me, sweet and twenty,
Youth's a stuff will not endure.

उपहार


उपहार दिउ भने तिमीलाई खाली छन मेरा हातहरु.
खुसी दिउ भने तिमीलाई आखाभरी छन आसुका थोपाहरु .

मुस्कान दिउ भने तिमीलाई बन्द छन मेरा ओठहरु.
हासो दिउ भने तिमीलाई मुटु भरी छन गहिरा चोटहरु.