kailali

Tuesday 10 April 2012

यौन सम्वन्ध निरन्तर नभए हानिकारक

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

चैत, एजेन्सी। अन्तराष्ट्रिय रुपमा गरिएको एक अध्ययनले व्यक्तिको भावनाको रूपमा असर पार्ने यौन सम्वन्ध हानिकारक हुने देखाएको छ ।

भावनात्मक रुपमा कमजोर वनाउने यौन सम्वन्ध महिला र पुरुष दुबैका लागि हानिकारक ठहरिने पाइएको हो ।

अमेरिकाको जर्जिया स्थित इन्टरनेशलन रिलेशनसिप रिसर्च एण्ड स्टडिजले गरेको अध्ययनका अनुसार यदि कुनै पनि व्यक्ति आफ्नो ब्वाइफ्रेंड वा गर्लफ्रेन्डसँग यौन सम्वन्ध राख्छन भने त्यो वैवाहिक सम्वन्ध राख्ने हदसम्म मात्र उपयुक्त हुने छ।

ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डबीच भएको यौन क्रियाकलाप सम्बन्ध टुट्ने अवस्थाको लागि भने हानिकारक हुने अध्ययनले बताएको छ। सो अध्ययनका अनुसार यदि ब्वाइफ्रेंड र गर्लफ्रेन्डबीचमा सम्वन्ध टुटीहाल्यो भने ति घटनाले दुवै पक्षलाई भावनात्मक रूपमा कमजोर बनाउने अध्ययनको निष्कर्ष छ।

यदि तपाइ पनि आफ्नो ब्वाइफ्रेन्ड वा गर्लफ्रेन्डसँग यौन सम्वन्ध राख्दै हुनुहुन्छ भने विचार पुर्‍याउन पनि अध्ययनका शोधकर्ताहरुले सुझाव दिएका छन् । जीन्दगीभर सम्झना भएर रहने त्यस किसिमको यौन सम्वन्ध ब्रेकअप पछि पनि याद आउने कारणले व्यक्तिलाई त्यसले भित्रभित्रै कमजोर बनाउने अध्ययनको निष्कर्ष छ।

शोधकर्ताहरुका अनुसार अनुसार सम्वन्ध टुटेपछिको एकान्त अवस्थामा त्यस किसिमका व्यक्तिलाई तिनै सम्वन्धको बारेमा मात्र याद आउँछ। जुन उनीहरुकै लागि हानिकारक छ।

!!! शुभकामना....शुभकामना....शुभकामना !!!

Neeraj sapkota sahajpur 7 bayala kailali nepal


!!! शुभकामना....शुभकामना....शुभकामना !!!
आयो आयो भन्दा भन्दै गईसकेछ २०६८ सालको बर्ष पनि
सानालाई ठुलोपारी ठुलोलाई बुढोपारि गईसकेछ २०६८पनि
बिछोड मनलाई मिलन गराउन छाईसकेछ २०६९ को बर्ष पनि
खुशी अनि उमंग ल्याउदै आईसकेछ २०६९सालको नया बर्ष पनि
लामो आयु दीर्घायुको शुभकामना छ मेरो तर्फ बाट तपाइँ हरुलाई पनि
दाजुभाई दिदिबहिनि मित्र साथी हरुलाई शुभकामना दिदैछु फेसबुक मित्र हरुलाई पनि.......

शहिद

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

हेर्दा हेर्दै आज किन सगरमाथा झुक्न थाले,
शहिदका आशा अनि रगतहरु सुक्न थाले ।

स्वीजरल्याण्डको सपना फगत देख्छौ कति अझै,
सदनबाट नानाथरि "मोती"जस्तै भुक्न थाले ।

सिक्न गा-ह्रो छैनन् यहाँ उद्दण्डका भाषाहरू,
त्यसैले त आज यहाँ स्वर्गलोक नै दुख्न थाले ।

हाम्रा प्यारा यि मुटुभित्र ढुकढुकी नै नहुँदा,
ती मृतरूपी खोकिलामा गिद्धहरू ढुक्न थाले ।

हरिवंशले मिरा आचार्यलाइ सम्झँदा

Neeraj sapkota sahajpur 7 bayala kailali nepal


===================
अरूहरुलाई सधैं हँसाउने हरिवंश आचार्यले गत वर्ष आफ्नी पत्नी गुमाए पछिको शोक र दुखलाइ लुकाउने ठूलो प्रयास गरिरहे पनि बेला बेलामा उनको आंखामा आंशु रसाएको देखिन्छ ।

आज स्व. मिरा आचार्यको वार्षिक तिथीमा हरिवंशले कान्तिपुर दैनिकमा निम्न कबिता प्रकाशित गरेका छन् । यो कविता पढ्दा जो कोहीको पनि मुटु छुन्छ ।

मिरा आचार्यको आत्माको चीर शान्तिको कामना र हरिवंश आचार्यलाई पत्नी वियोगलाई विर्सीएर अघि बढ्ने शक्ति मिलोस् भन्ने एक्सनेपाली टिमको कामनाका साथ उनको कबिता प्रस्तुत छ:

तिमीलाई सम्झँदा

तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे।
कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।
हेरेर घडी, खुवाउँथे ओखती।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।

चक्कु चल्थ्यो तिमीमा, मलाई दुख्थ्यो कति।
म दुखेको देखेर, निल्थ्यौ पीडा जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
बिरामीले कुरूवालाई, माया गर्थयौ कति।।

घाउ तिम्रो दुख्थयो, मेरो पोल्थयो छाती।
तिमी कोल्टे फर्केर, पोख्थ्यौ आँसु जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
मेरो हात समाइ, चुम्थ्यौ कति कति।।

तिमी बिरामी पथ्यौ, म कुरूवा हुन्थेँ।
तिमी निदाएपछि, म कति रून्थे।।
मीठो मानी निल्थ्यौ, त्यो तीतो ओखती।
त्यो दिन सम्झँदा, प्यारो लाग्छ अति।।

नयाँ वर्ष

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नयाँ वर्ष संगै उठौं यहाँ जगत जगाउनु छ !
हातेमालो गर्दै जुटौं राष्ट्रियता जगाउनु छ !

गर्व भित्रै सुक्दै गाको गण्डकी र कोशी संगै
मेची काली उरालेर दुर्गन्ध त्यो बगाउनु छ !

बिलम्ब त्यो गर्न हुन्न नत्र क्षय हुन् सक्छ
छिटो गरौँ फुस्रे डाडा हरियो बोट लगाउनु छ !

कलम हुने कलम बोक नहुनेले आवाज देउ
देशको नक्शा कोर्न यहाँ अरनिको मगाउनु छ !

अब चुप नबसौं भो राग्ने बेला आएको छ
बलभद्रलाई सघाएर देशको दुष्ट भगाउनु छ !

भृकुटी र सीता माता फर्काएर यै धरामा
हाम्रो सिमा लुट्ने देश वैरीको आंत डगाउनु छ

सम्झना

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

सम्झनामा छचल्किंछ गहभरी आसु
चोटै चोट मनमा पालि कसरी म हासु.....!
दिल को शिखर चड्न खोज्छ नमेटिने आश
कमल कहा फ़ुल्न सक्यो मनको दह माझ.....!
सपना झस्काउछ बैगुनिको याद
एकांतमा पिरोल्दछ अंधकार रात.....!
अंजान यात्रा गर्न खोज्छन निरास यि आखाहरु
गुंजदैन किन होला मिठो प्रीतिको भाका.....!
शित झै दलपल गर्छ मनका सारा ईच्छा
माग्दा कहा मिल्दोरैछ मायाको त्यो भिक्छा.......!!!!!!

सक्छौ भने कोमल मुटु,

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

सक्छौ भने कोमल मुटु,फुटाएर गए हुन्छ॥
जन्म-जन्म को नाता यो,टुटाएर गए हुन्छ॥

तिम्रो साथ पाउन सर्वस्व मैले गुमाकै हो
म सहदिउला चोट अझै ,कुटाएर गए हुन्छ॥

म रित्ताईदिउला रोएर आँखा का आँशु सबै
जे जती छन पिडा सबै,लुटाएर गए हुन्छ॥

चोखो माया लाउदा पनी शंका ले चुटीरह्यौ
नाजुक यो प्रेम को साइनो,छुटाएर गए
हुन्छ॥

यौन चाहना पूरा गर्ने तरिका

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

एजेन्सी । मस्तिष्कमा रहने नियोकोर्टेक्सले यौन चाहना तीव्रता ल्याउँछ योहटाउँदा चाहनामा कमी पाइएको छ । त्यस्तै वाइरिसफम कोटेक्सले यौन इच्छासुपुप्त अवस्थामा राख्न सहयोग गर्छ । यसलाई हटाउँदा पुरुषहरुमा सहवासकोअत्यधिक भोक बढेको प्रयोगले देखाएको छ । यसका साथसाथै हाइपोथालामसले पनियौन इच्छा बढाउन सहयोग गर्छ ।

पुरुषमा सहवासको क्षणः

लिङ्ग उत्तेजनाःप्यारासिम्प्याथेटिक स्नायुलेमानिसमा शारीरिक एवं मानसिक परिवर्तन ल्याई लिङ्ग उत्तेजना गराउँछ ।नाइट्रिक अक्साइड पैदा गरी रगतका नली एवं मांपेशीलाई ठूलो आकार दिन्छ । रगतप्रवाह ह्वात्तै बढ्छ र जम्मा भएको रगत भने बन्द भएकाले बाहिर जान नसकीलिङ्ग फुली ठूलो हुन्छ ।

रस उत्पादनःचिप्लो पदार्थमा म्युकसप्यारासिम्प्याथेटिक नर्भले पैदा गरी सहवासमा घर्षण कम पार्छ । यरेथ्रेन रबल्बो युरेथन ग्रन्थीले म्युकस निकाली यो मुत्रनली हुँदै योनीमा पुग्छ ।यसका अतिरिक्त महिलामा पनि म्युकस पैदा हुन्छ ।

वीर्य स्खलनःयौनकार्य चरमचुलीमा पुग्दा मेरुदण्डमास्पाइनल कर्डको सहायताले सिम्प्याथेटिक इम्पल्स (झट्कार) हुने भएकाले वीर्यस्खलन हुन्छ । यसैलाई यौन चरमोत्कर्ष भनिन्छ । यो भएको एक–दुई मिनेटमा नैपुरुषमा लिङ्ग साविककै आकारमा आई यौन चाहना विल्कुल कम हुन्छ । सहवास गर्नकरिव पुनः २०/३० मिनेट हुन्छ ।

महिलामा यौन कार्यको लक्षणः

यौनकार्य गर्न महिलामा पनि मानसिक तयारी एवं जनेन्द्रीयको घर्षण हुनुपर्छ ।यौनजन्य कुराको चाहना बढेमा यौन क्रियामा छिटोछिटो तत्परता आउँछ ।महिनावारी हुँदा चाहनामा केही कमी र ओभम निस्कँदा इस्ट्रोजन बढेर जागरुकताथपिन्छ । भंगाकुर चलाउँदा अति नै बढी उत्तेजना पाइन्छ किनकी यहाँ संवेदनशीलस्नायु हुन्छन् ।

यौन उत्तेजना एवं यौन रस उत्पादनः

यौनीमा प्वाल वरिपरि क्लिटोरिसमा पुरुषको जस्तै उत्तेजित हुनेमांसपेशी हुन्छन् । यसको नियन्त्रण पनि प्यारासिम्प्याथेटिक स्नायुले नैगर्छ । यहां पनि रगत बढी जम्मा भई योनीको प्वाललाई सानो पारेर लिङ्गलाईपूर्णरुपमा घर्षण दिंदै वीर्य पतन गर्न सहयोग गर्छ । प्यारासिम्प्याथेटिककोसूचना प्रवाहले नै म्युकस (रस) सनिकाली यौन कार्यमा मिठास थप्छ । म्युकसवार्थोलिन ग्रन्थी र योनीको भित्री भागबाट बढी पैदा हुन्छ ।

यौन चरमोत्कर्षः

पुरुषमा वीर्य स्खलन भएर चरमोत्कर्ष भए जस्तै महिलामा योनी वरिपरिकामांसपेशी खुम्ची–तन्की चरमोत्कर्ष हुन्छ । पुरुषमा भन्दा केही ढिला तर योअलि लामो क्षणसम्म कायम हुन्छ । चरमोत्कर्ष हुँदा शुक्रकीट छिटोछिटो पाठेघरहुँदै डिम्ब नलीतिर पुग्न सहयोग गर्छ । पुरुष र महिलामा जनेन्द्रीय विकसितभएपछि मात्र यौन कार्य गर्नु पर्छ, जुन बीस वर्ष पार भएपछि उचित हुन्छ ।परिपक्वता नभै यस्तो कार्य गर्नु हुँदैन । केही समस्या भएमा विनाहिच्किचाहट दक्ष चिकित्सकको परामर्श लिएर फाइदा पुग्ने छ ।

डेक्कन चार्जसमाथि मुम्बईको रोमान्चक जित

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

 इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले डेक्कन चार्जसमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ ।

डेक्कनले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा भेट्टाएको थियो ।

मुम्बईलाई अन्तिम ओभरमा १८ रन चाहिएको थियो । रोहित शर्मा र जेम्स फ्राङ्कसलनले मिलेर टिमलाई जित दिलाए । रोहितले अन्तिम बलमा छक्का प्रहार गर्दै मुम्बईलाई रोमान्चक जित दिलाए । उनले अविजित ७३ रन बनाए ।

यसअघि पहिले व्याटिङ गरेको डेक्कनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा मुनाफ पट्टेलले ४ तथा लासिथ मालिङ्गाले ३ विकेट लिए ।

प्रतियोगिता अन्तरगत आज अपराह्न कोलकत्ता नाइट राइडर्स र बेङ्ग्लोर रोयल च्यासेन्जर्स भिड्ने छन् भने राति ८ बजेपछि हुने खेलमा दिल्ली डेयर डेभिल्सले चेन्नई सुपर किङ्गको सामना गर्नेछ ।

सरीर देखाउन के को लाज ?

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

चीनकी चर्चित भायोलिन बादक एनालिजा चिंग अहिले बेलायतको एउटा सांगितिक रियालिटी शो बि्रटेन गट ट्यालेन्टमा प्रतिस्पर्धा गरिरहेकी छिन् । हालै एक नग्न तस्वीर खिचाएर चर्चामा आएकी ली एनालिजाले आफ्नो नग्न पोजको बचाउ गरेकी छिन् ।

भायोलिनले गुप्तांग छोपेर तस्वीर खिचाएकी एनालिजाले डेलीमेलसँगको कुराकानीमा आफुलाई आफ्ना सरीरका अंग प्रदर्शन गर्न कुनै अप्ठेरो नहुने बताइन् । ‘मैले केही फरक गर्न चाहन्छु, मलाई लाग्छ आफ्नो सरीर देखाउन कसैले पनि लाज मान्नु आवश्यक छैन, आखिर हामी सबै मानिस नै हौँ र सबैका अंग एउटै हुन्’ उनले भनेकी छिन् ।

चीनको गुआंग्जी प्रान्तमा जन्मिएकी एनालिजाले बेलायतको रोयल एकेडेमी अफ म्युजिकबाट संगीत सिकेकी छिन् । उनले बेलायतमा विभिन्न प्रसिद्ध सांगितिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । उनको भायोलिन बादनको बेलायतको राजपरिवार पनि फ्यान रहेको बताइन्छ ।

मासु खान नजान्दा नायिका जियाको झण्डै ज्यान गएन

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

भनिन्छ, खान पाए भनेर क्वाम्प नखानु । तर, एकजना नायिकाले यही कुराको मनन नगर्दा ठुलै दुःख मात्र भोगिनन् झन्डै ज्यान गएन । नायिका जिया केसीले चलचित्र ए.टी.एमको छायांकनको क्रममा खाना खाने क्रममा ज्यादै दुःखद घटना भोग्न पुगेकी छिन् । खाना खाने क्रममा कुखुराको मासु खाँदा उनको घाटिमा हड्डी अडि्कन पुगेको थियो । हड्डी अडि्कएपछि नायिका जिया वेहोस जस्तै हुन पुगिन् ।

उनको घाटीमा करिव १० मिनेटसम्म कुखुराको हड्डी अडि्कएपछि उनको शरीरले काम गर्न छोडेको थियो । घाटीमा सानो कुरा अड्कदा सास फेर्न गाह्रो भएर मानिस निक्कै अतालिने गर्दछ । तर, उनको घाटीमा अडि्कएको हड्डी ठुलो भएपनि उनलाई सास फेर्न निक्कै गाह्रो भएको थियो । अकस्मात छायांकन स्थलमा यो घटना हुन पुगेपछि चलचित्रको युनिट निक्कै अतालियो ।

निक्कै अतालिएको युनिटल जियालाई के गर्ने भन्ने बारेमा तत्काल निर्णय गर्न सकेन । करिव, ५ मिनेटसम्म पनि घाटीमा हडि्ड अडि्कएपछि जियाको हालत निक्कै विगि्रएको छायांकनमा सहभागी एक प्रत्यक्षदर्शीले बताएका छन् । यसपछि, उनलाई तुरुन्त अस्पताल लैजाने तयारी गरियो, जतिवेला जियाको हालत विगि्रसकेको थियो । अस्पताल लैजान तयारी भैरहदा वल्ल वल्ल उनको घाटीबाट हड्डी वाहिर निकालिएको थियो ।

यसरी, चलचित्र ए.टी.एमको छायांकनमा अपि्रय दुर्घटना हुनबाट जिया वचेकी छिन् । घटना लगतै अनलाइनखवरसँग कुरा गर्दै उनले भनिन्-मलाई वाच्छु जस्तो लागेको थिएन । सास फेर्न सकिन, के गरौं र कसो गरौं भयो । धन्न, वाँचियो, लामो सास फेर्दैै जियाले भनिन् । यसरी, नायिका जिया के.सी मासु खान नजान्दा अपि्रय दुर्घटना हुनवाट वचेकी छिन् । जिया जी, अव मासु खाँदा होस् पुर्याउने पो हो कि ?




आफ्नै नांगो जिउ हेर्ने पाओलीको इच्छा

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बंगाली अभिनेत्री पाओली दमले आफुलाई आफ्नो नांगो चित्र हेर्ने रहर जागेको खुलासा गरेकी छिन् । थ्री डी फिल्म टाइटानिक हेरेपछि आफुलाई यस्तो जंग चलेको पाओलीको भनाइ छ ।

पाओलीको चाहना यत्तिमा मात्र सिमित छैन । भारतीय पिकासो भनेर चिनिने चर्चित चित्रकार स्वर्गीय मकबुल फिदा हुसेन यो संसारमा फेरी आएर आफ्नो नांगो चित्र बनाइदिऊन् भन्ने उनको इच्छा रहेछ ।

हलिउड फिल्म टाइटानिकमा नायक लियोनार्दो डिकार्पियोले नायिका केट विन्स्लेटको नांगो चित्र बनाएको कथा समावेश गरिएको छ । हालै सो फिल्म हेरेकी पाओली सोही प्रसँगबाट प्रभावित भएकी रहेछिन् । ‘पाओली चाहन्छिन् मकबुल उनको नजिक आउन्, त्यसपछि पाओलीको आग्रह अनुसार मकबुलले उनको नांगो चित्र बनाउन्’ पाओली निकट श्रोतले बताएको छ ।

बंगाली फिल्मबाट चर्चामा आएकी पाओली विक्रम भट्टको फिल्मबाट बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् । बलिउडमा दमदार इन्ट्री गर्ने उद्धेश्यका साथ उनले कडा मेहेनत पनि गरिरहेकी छिन् । तर बलिउडमा पाइला नटेक्दै पिकाशोको हातबाट आफ्नो नांगो चित्र बनाउने कल्पना गर्न थालेपछि उनको बलिउड मिसन कतै फ्लप हुने त होइन भन्ने शंका बढेको छ । आफ्नो काममा ध्यान दिन छाडेर असम्भव कुराको सिको किन गर्नु ?

बुबु बढाउँदा डिभोर्स

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

श्रीमतीले औषधि प्रयोग गरेर स्तन ठूला बनाएको थाहा पाएपछि चीनका एक मानिसले ती श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् । अनुही प्रान्तका झोउ साओपिङ नामका ४० वर्षीय ती पुरुषले ‘बुबु काण्ड’ मा स्वास्नीसँग डिभोर्स गरेका हुन् ।

श्रीमतीले स्तन बढाउनका लागि सन् २००३ मा एमाजिन्जेल नामको औषधी प्रयोग गरेको र सोही औषधिको असरका कारण सन् २००६ मा जन्मिएकी छोरी रोगी भएको भन्दै ती पुरुषले डिभोर्स गर्ने बोल्ड डिसिजन गरेका हुन् ।

विचरा ती महिलाले भने आफुलाई पूर्व प्रेमीले धोका दिएपछि आकर्षण स्तन बनाएर युवाहरुलाई आकर्षण स्तन बढाउने औषधिको प्रयोग गरेकी रहेछिन् । औषधिको प्रयोग गरेपछि उनको वक्षस्थल पुष्ट बन्यो र त्यसबाट लोभिएर साओपिङले उनलाई बिहे गरे । औषधि प्रयोग गरेर त्यति राम्रा वक्षस्थलको निर्माण भएको उनले सुरुमा थाहा पाएनन् । तर छोरी जन्मिएपछि छोरीलाई दुध खुवाउने क्रममा दुधको रंग अनपेक्षित रुपमा पहेँलो देखियो त्यसपछि उनले श्रीमतीलाई चेकजाँचका लागि अस्पताल लगे ।

अस्पतालमा चेकजाँच गर्दा बल्ल थाहा भयो की बुबु बढाउने औषधिको इफेक्टले गर्दा उनको दूध पहेँलो भएको रहेछ । उक्त दूधमा उक्त औषधिको हर्मोन समेत मिसिएकाले त्यस्तो दुध खुबाउँदा बच्चीलाई समेत नराम्रो असर पूराइसकेको रहेछ ।

श्रीमतीको गल्तीका कारण सोही कारण छोरीलाई सेरेब्रल पाल्सी नामको रोग लागेपछि साओपिङ आगो बने र उनले श्रीमतीलाई धोकेबाज भन्दै सम्बन्ध तोड्ने फैसला गरे ।

श्रीमतीको लिंग जाँच्न अदालतमा !

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

आखिर दम्पतीको बीचमा अविश्वास उत्पन्न भएपछि त्यसले कस्तो रुप लिन्छ भन्ने कुरा मलेसियाको एक घटनाले प्रष्टै पारेको छ । मलेसियाका एक पुरुषले विवाहको एक वर्षपछि आफ्नी श्रीमती महिला नभएर पुरष भएको भन्दै अदालतमा पुगेका छन् ।

मलेसियाको साइन्स इस्लाम विश्वविद्यालयका पूर्व डिन समेत रहेका ६१ वर्षका डाक्टर बारोम सानुगी आफ्नी श्रीमती श्री वानी चू अब्दुल्लाह महिला नभएको भन्दै क्वालालाम्पुरको सरिया उच्च अदालतमा पुगेका हुन् ।

श्री ले आफु विधवा भएको भन्दै ढाँटेर आफुसँग बिहे गरेको दाबी गर्दै सानुगीले अदालतमा मुद्धा हालेका हुन् । उनले पुरुष हुँदाहुँदै पनि महिला बनेर छल गर्ने श्री माथि हदैसम्मको कारवाही र आफुसँगको वैवाहिक सम्बन्ध विच्छेदको माग गरेका छन् । साथै उनले श्री को डिएनए टेष्ट गरी लिंग एकिन गर्न समेत अदालतसँग माग गरेका छन् । अदालतले यो मुद्धामा आउँदो अपि्रल २३ तारिखमा सुनुवाइ गर्ने भएको छ ।

कलेजका केटीलाई ‘फ्रि सेक्स’को अफर

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

विद्यालय तथा कलेजहरुमा विद्यार्थीको लागि बेलाबेलामा निशुल्क ट्युसनको अफर कतिपय संगठनहरुले ल्याउने गरेको कुरा त सुनिएको हो । तर कहिलेकाहीँ विद्यार्थीहरुका लागि निशुल्क रुपमा सेक्स गर्न पाउने सुविधा उपलब्ध हुन्छ भन्ने सुन्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ । तर अब यसलाई अनौठो तथा असम्भव मान्नु पर्दैन । जर्मनीको एक कलेजका छात्राहरुको लागि अब आफ्नो इच्छा अनुसार निशुल्क रुपमा सेक्स गर्ने अवसर प्राप्त हुने भएको छ ।

दक्षिण पश्चिमी जर्मनीको म्यानहेम विश्वविद्यालयका छात्राहरुलाई निशुल्क सेक्सको यस्तो अफर प्राप्त भएको हो । कलेजका तीन जना युवक विद्यार्थीहरुले यस्तो अफर ल्याएका हुन् । आफ्ना सहपाठी महिला विद्यार्थीहरुलाई यौन सन्तुष्टी प्रदान गरी उनीहरुको पढाइमा सुधार ल्याउने अभिप्रायले तीन जना तन्नेरीले यस्तो योजना ल्याएका हुन् ।

धेरै किशोरी तथा युवती छात्राहरु यौन इच्छाबाट कुण्ठित हुने गरेको, कतिपय अति यौनेच्छाका कारण गलत बाटोमा लाग्ने गरेको र कतिपयले असुरक्षित यौन व्यवहार अपनाउने गरेकाले उनीहरुले पढाइमा राम्रोसँग मन लगाउन नपाएको भन्दै तीन जना तन्नेरीले केटीहरुलाई स्वस्थ रुपमा यौन मनोरञ्जन दिने प्रस्ताव ल्याएका हुन् । आफुहरुसँग एक रात बिताएर पर्याप्त यौन सन्तुष्टी पाएपछि छात्राहरुमा तनाव घट्ने, यौनइच्छा पूरा हुने र पढाइमा राम्रोसँग मन लगाउन सक्ने उनीहरुको दाबी छ ।

बिब ः लभ नामको समूह गठन गरी छात्राहरुको लागि निशुल्क सेक्सको अवसर प्रदान गर्न जुटेका ती युवाहरुले उक्त कलेजका भित्ताहरुमा आफुहरुको सेवाबारे विज्ञापन समेत गरेका छन् । असल सेक्सबाट असल पढाइ भन्ने आफुहरुको नारा रहेको उनीहरुको भनाइ छ ।

यद्यपि यस्तो यौन अबसरको परियोजना डिजाइन गर्ने नवयुवकहरुले आफ्नो खास नाम सार्वजनिक गरेका छैनन् । तर उनीहरुले आफुहरुको नाम क्रिस्टोफर, ओस्कार र मार्कस रहेको बताएका छन् ।

आफुहरुसँग सेक्स गरेर आनन्द लिन चाहने छात्राहरुलाई इमेल गर्न उनीहरुले आग्रह गरेका छन् । इमले गर्नेहरुसँग आफुहरुले प्रत्यक्ष रुपमा भेट गर्ने र कुराकानी पछि उपयुक्त लागेमा एक रातमा एक जनासँग सेक्स गरेर सन्तुष्टी प्रदान गर्ने उनीहरु बताउँछन् । अहिलेसम्म ८० जना छात्राले आफुहरुलाई सेक्सको प्रस्ताव सहित इमेल गरिसकेको उनीहरुको दाबी छ । तर कहिलेदेखि आफुहरुको यौनसेवा सुरु हुन्छ भन्नेबारेमा भने उनीहरुले केही खुलाएका छैनन् ।


सक्छौ भने कोमल मुटु

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

सक्छौ भने कोमल मुटु,फुटाएर गए हुन्छ॥
जन्म-जन्म को नाता यो,टुटाएर गए हुन्छ॥

तिम्रो साथ पाउन सर्वस्व मैले गुमाकै हो
म सहदिउला चोट अझै ,कुटाएर गए हुन्छ॥

म रित्ताईदिउला रोएर आँखा का आँशु सबै
जे जती छन पिडा सबै,लुटाएर गए हुन्छ॥

चोखो माया लाउदा पनी शंका ले चुटीरह्यौ
नाजुक यो प्रेम को साइनो,छुटाएर गए हुन्छ॥