kailali

Thursday 12 April 2012

निष्टुरी ले

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

निष्टुरी ले जानी-जानी चुडाई लग्यो खुशी सबै॥
बिना अर्थ गोरेटोमा गुडाई लग्यो खुशी सबै॥

बिरही मुटु तड्पिरह्यो,याद झनै बल्झिरह्यो
बिछोड को हुरी ले नै उडाई लग्यो खुशी सबै॥

रुँदै रुँदै बित्यो साल

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

रुँदै रुँदै बित्यो साल, नयाँ साल कस्तो होला।
हाँसी खुशी बस्न चाहन्छु, आउने साल जे-जस्तो होला॥
जति दु:ख आई लागे पनि, ओठमा मुस्कान छर्नेछु।
हाँसी-हाँसी सबै कष्ट , खुशीसँग स्वीकार गर्नेछु॥

सम्झना उनको मनमा आए, फोटो हेरि बसुँला।
एकान्तमा मन रुँदा, मुटु मेरो कसुँला॥
यस्तै रहेछ परदेशी जीवन, दु:ख र पीडाले भरिएको।
देख्दैनन् स्वार्थी मान्छेहरु, भोक भोकै जागिर गरेको॥
शुभ प्रभात मित्र हो, नयाँ सालको पहिलो दिन हामी सबैको जीवनमा नयाँ खुशी, उमंग र प्रगति लिएर आओस् यहि मेरो हृदयदेखि नव बर्षको हार्दिक मंगलमय शुभ कामना छ।

लजाएको

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

लजाएको त्यो मुहारले, मन मेरो चुडाइ लग्यो !
भोक प्यास केही छैन, अब त निन्द्रा पनि उडाई लग्यो!
सक्दिन होला अब बाच्न, तिम्रो त्यो साथ बिना,,
लडे भने हिड्दा हिड्दै, उठाउने त्यो हात बिना,,
हरपल याद तिम्रै, आफैलाई भूली सके,
तिम्रो खुसी खोज्न लाई, संसार नै डुली सके,
आफ्नो मुटु आफ्नो छैन, तिम्रो लागी धडकीदिन्छ,
रोक्न खोज्छु पाइला पनि, तर तिमी तिरै लम्किदिन्छ,

मनमा व्यथा

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

मनमा व्यथा धेरै भए रोएर त्यो जान्ऩ हजुर
चरित्रमै दाग भए धोएर त्यो जान्ऩ हजुर
धाउन त धेरै यहाँ धेरै मन्दिरतिर धाउने गर्छन
मनमा आस्था नभएरै मुर्ति छोएर हुन्ऩ हजुर
... एक अर्काको पिडा मर्म बुझिदिने कोही छैन
यस्तो संसार भएपछि पिडा फोएर हुन्ऩ हजुर
आशुमा नि मानिसहरु आफ्नो लागि खुसि खोज्छन
त्यसैले त यहाँ दु:ख रोएर नि जान्ऩ हजुर

भबिस्य

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

भबिस्यलाई सोधी कहिल्यै नहांस्नु
किनकी त्यो त कल्पना मात्र हुन्छ||

बिगतलाई सम्झी कहिल्यै नरुनु
किनकी त्यो सम्झना मात्र हुन्छ||

बर्तमानलाई नै संधै अंङ्गाल्ने गर्नु
किनकी त्यो नै बास्तबिकता हुन्छ||