kailali

Monday 3 September 2012

न्यूजिल्याण्डको हेस्टिंगमा बस्ने एक पुरुषले आफ्नी श्रीमतीलाई अण्डाले हिर्काएको आरोपमा ६ महिनाको जेल सजायँ पाएका छन् । रिसको झोँकमा श्रीमतीलाई अण्डाले हानेर घाइते बनाएको अभियोगमा अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको हो । ४७ वर्षीय फिलिपलाई घरेलु हिंसाको अभियोगमा अदालतले दोषी ठहराएको हो ।
घरमा पालिएको सुँगुरले एक महंगो मेसिन बिगारिदिएको रिस फिलिपले आफ्नी श्रीमतीमाथि पोखेका रहेछन् । सुँगरलाई राम्ररी नहेरेको भन्दै उनले किचनमा रहेको अस्टि्रचको बडेमाको अण्डाले स्वास्नीलाई हिर्काएछन् । श्रीमतीलाई सुँगर नपालौँ भन्दाभन्दै सुँगुर पालेको र अझ उक्त सुँगुरले महंगो मेसिनलाई कुल्चेर बिगारिदिएपछि उनको रिसले सिमा ननाघ्ने कुरै भएन ।
सुरुमा उनले स्वास्नीलाई गाली गर्दै थुकेछन् र रिस अझै नमरेपछि तिन पाउण्डको अण्डाले हिर्काएछन् । अण्डाको चोट खाएपछि श्रीमती सामान्य घाइते बनिन् । उनले घरेलू हिंसाको उजुरी प्रहरीमा दिइन् । उजुरी मुताविक फिलिपलाई अदालतमा मुद्दा चल्यो र अन्ततः ६ महिनाको जेल सजायँ सुनाइयो ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
संयुक्त अरव इमिरेटस्को जेलमा वन्दी जीवन विताइरहेका दार्चुलाका अमरवहादुर वमको रिहाइका लागि कुटनीतिक पहल गर्न माग गर्दै आज अमर बचाउ अभियानले राष्ट्रपति डाक्टर रामवरण यादबको ध्यानाकर्षण गराएको छ । अमरको रिहाइका लागि पहल गर्दै आएको अभियानका सदस्यहरुले शितल निवासमा राष्ट्रपति डाक्टर यादबसँग भेट गरेर रिहाइका लागि कुटनीतिक पहल गरिदिन आग्रह गरेका हुन । वम निर्दोष भएपनि भाषागत समस्याका कारण जेलमा बस्नु परेकाले कुटनीतिक पहल गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको अभियानका सदस्यहरुले जानकारी दिएका छन् ।
भारतीय ब्यापारी शरद सेठ्ठीको हत्याको आरोपमा वम नौ बर्षदेखि दुवइको जेलमा छन् । भारतीय नागरिक मनोज मुदाना र करनसिं राजपुतले भारतीय ब्यापारी शेठ्ठीको हत्या गरी अमरले चलाउने गाडीमा राखेर फरार भएका थिए । सोही क्रममा निर्दोष अमर पनि पक्राउ परेका थिए । उनलाइ संयुक्त अरव इमिरेटको अदालतले सन् दुई हजार नौमा मृत्युदण्डको सजाय सुनाएको थियो । बमको रिहाइका लागि कुटनीतिक पहल भए मृत्युदण्डवाट जोगिने भएपनि अहिलेसम्म त्यस्तो कुनै पहल सरकारी स्तरवाट हुन सकेको छैन । पिडित वमका परिवारले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलाई भेटेर यसअघि नै ध्यानाकर्षण गराइसकेका छन् ।।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
नेपालले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ मा विजयी सुरुवात गरेको छ । मलेशियामा सोमवारदेखि सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको छ । मलेशियाको क्वालालम्पुरमा जीतका लागि पाएको १ सय १२ रनको लक्ष्य नेपालले २४ दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो ।

नेपाललाई जिताउन प्रदीप ऐरीले ३४ र शक्ति गौचनले १८ रन बनाए । ४७ रनको अवस्थामा ५ विकेट गुमाएर दवावमा आएको नेपाललाई जिताउन महत्वपूर्ण योगदान गरेको शक्ति र प्रदीप दुवै नट आउट रहे । ज्ञानेन्द्र मल्ल १२ तथा सुवास खकुरेल ९ रनमा आउट भए भने अनिल मण्डलले खाता नै खोल्न सकेनन् । पारस खड्का ५ रन बनाउँदै रन आउट भए ।
यसअघि टस जितेर पहिला व्याटिङ्ग गरेको सिंगापुरले ३९ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका अमृत भट्टराई एक्लैले चार विकेट लिएका छन । यस्तै बसन्त रेग्मीले ३ तथा संजम रेग्मीले २ र शक्ति गौचनले एक विकेट लिए ।
नेपाल २०१० मा आईसीसी डिभिजन ४ मा तेस्रो भएको थियो भने सिंगापुर २०१२ मा भएको डिभिजन ५ मा पहिलो भएको हो । प्रतियोगितामा शिर्ष दुईटोली डिभिजन ३ मा बढुवा हुनेछन भने पुछारका दुई टोली डिभिजन पाँचमा फर्किनेछन । नेपाल सहित डिभिजन ४ मा डेनमार्क, अमेरिका, तान्जानिया, सिंगापुर र मलेशिया छन

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
चलचित्र असफल भयो भने निर्मातालाई त घाटा लाग्छ लाग्छ, यो भन्दा वढि असर उदाउँदै गरेका कलाकारलाई पर्छ । देभरका हलमा प्रर्दशन भइरहेको चलचित्र फुलस्टपको व्यापारले नायक सविन श्रेष्ठ र नायिका विनीता बरालको करिअरमा ठूलै धक्का हानेको छ । सविनले यसअघि अभिनय गरेका चलचित्र अन्दाज र रावणले व्यापारिक रुपमा राम्रै सफलता हात पारेका थिए । तर, सविन अभिनित यी दुई चलचित्रमा नायिका रेखा थापा मुख्य भुमिकाका थिईन् । यसैले पनि फुलस्टप र बर्षातले सविनको करिअरको बाटो पहिल्याउने धेरैको विश्लेषण थियो ।

देशभर प्रर्दशन भइरहेको फुलस्टप र मोफसलमा चलिरहेको बर्षातले व्यापारिक रुपमा राम्रो सुरुवात नगरेपछि सविन र विनीताको करिअरलाई नराम्रोसँग असर परेको चलचित्र विश्लेषकहरुको भनाई छ ।
चलचित्र फुलस्पट र बर्षातमा नायक सविन श्रेष्ठको मुख्य भुमिका थियो । तर यि दुवै चलचित्र असफल भएपछि सविनको स्टारपावरले दम तोडेको हो । यस्तै, चपली हाईट चल्नुको एक्लो श्रेय आफुलाई दिदै आएकी विनीतालाई पनि फुलस्पटको व्यापारले नराम्रो झट्का दिएको छ । आफ्नो कारणले चपली हाईट चलेको बताउने विनीता फुलस्टप पनि आफ्नै कारणले चल्ने सोँचमा थिईन् । तर, सुरुवातका तीन दिनमै सिनेमाले दम तोडेपछि विनीताको स्टारभ्यालु तल झरेको छ । यो सँगै विनीताको करिअरमा कतै अब फुलस्टप लाग्ने होईन भन्ने अड्कल पनि काट्न थालिएको छ ।
चपली हाईटमा सेक्स विकेको थियो भन्ने कुरा फुलस्पटको व्यापारले देखाएको छ । यसैले विनीतालाई पुनः चपली हाईटको जस्तो हाईट पाउनका एडल्ट सिनेमाको साहारा लिनुपर्ने देखिन्छ ।
एउटा सिनेमा चल्दैमा आफु स्टार भएको सपना नदेख्न पनि धेरैलाई फुलस्टपको व्यापारले पाठ सिकाएको चलचित्र पण्डितहरु ब्ताउँछन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
स्वयमं तोड मनको अहंम, तोड्न सक्नुपर्छ
ढुङगा सरी जिबन पनि, फोड्न सक्नुपर्छ

तड्पी बस्छौ किन सधै, पागल बनी
उस्ले प्रेम गर्छ गर्दैन, सोध्न सक्नुपर्छ


आशा धेरै तिमी गर्छौ, बँगैचाको फुलमा
बास्ना छर्न त्यही फुललाइ, गोड्न सक्नुपर्छ

गन्तव्य बिलीन भएको यात्रा, कति गर्छौ
कहिले काँही पाइला अन्तै, मोड्न सक्नुपर्छ  


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
कतै केही बाँकी थियो कि फेरी तिम्रो याद आयो!
माया लुकाएर राखी थियौ कि फेरि तिम्रो याद आयो!

सगै जीऊ सगै मरौ यूगौ युग भन्दै,
देबी देउटा भाकी थियौ कि फेरि तिम्रो याद अयो!

रात भरि छटपटी मै यता उता कोल्ते फेर्दा,
बर्रबराउदै सपनी मै डाँकी थियौ कि फेरी तिम्रो याद आयो!

 
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
तिम्रै साथ जिउने मर्ने बाचा बन्धन टुक्राएर
जाँदै छु म बेहुली बनि बिवास्तामा पराइ घर

नियतिको खेल यस्तै हात समाई छोड्नु पर्ने
यौटा टुक्राई अर्को मुटु बाध्यतामा जोड्नु पर्ने
हजार जुनी सम्म तिम्रै बन्ने अठोट थियो तर
जाँदै छु म बेहुली बनि बिवास्तामा पराइ घर

पहाड आइ छेके पनि छोड्दिन साथ भन्थें पैले
बा-आमाको इज्जत सामु घुंडा टेक्नु पर्यो मैले
धोका भयो तिमीलाई सक्छौ मलाइ माफ गर
जाँदै छु म बेहुली बनि बिवास्तामा पराइ घर

तिम्रै साथ जिउने मर्ने बाचा बन्धन टुक्राएर
जाँदै छु म बेहुली बनि बिवास्तामा पराइ घर  


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
फूल झरे काँडा रहने जिन्दगी
मोरे याद मिठो रहने जिन्दगी

बाचुनजेल तेरेर मेरो मेरो पछी
ढुंगैको चौधेरो रहने ;;जिन्दगी


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
मेरो मन मन्जरी भित्र बसेकी छौ
हरपल मुटुको धड्कन बनेर तिमी ||
मेरो बिचार विमर्शमा बसेकी छौ
नबिजाउने आखाको नानी बनेर तिमी ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
यो मध्ये रातमा झरी परेको सिम सिम आवाज गुन्जादा
उनको धेरै याद आयो किन हो कुन्नि एस्तो हुन्छ ?
बाहिर झरी परिरहदा मनमा मेरो आगो बल्छ
जलन हुन्छ ,पोल्छ अनि चिचाएर रुन मन लाग्छ
एउटा क्यानभास मा एउटा तस्बिर रोइरहेजस्तो दृश्य देखिन्छ
त्यो तस्बिर आफ्नै अनुहार संग मिल्दो जुल्दो पो रहेछ
म अत्तालिंछु त्यो तस्बिर देखेर ति बिगत क मेरा अतित सम्झेर
मानब रुपी दानाब को त्यो भयाबह रुप सम्झेर
ओहो कति भयानक थ्यो त्यो समय
कस्तो अप्ठेरोई थ्यो त्यो परिस्थिति
आफै आफै जलिरहे ति अतित क पलहरु
कालो सुनसान रात मा यो पानीको तपतप गुन्जन
मेरो कानमा पर्दा किन एती बिचलित हुन् पुग्छ मन
झरी बनि उनको सिरमा तपतप बग्न पाको भए
कति सितल हुन्थ्यो होला तन
उनको स्पर्श पाको भय झन्
किन आउँदो हो झझल्को यो मनमा यो अँधेरी रातमा उनकै
जुन पनि छैन आज मनको जलन सान्त पार्न आजै


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
Chalo Acha Hua Eid Ab
ke Bhi tanha Guzri
Galay Mil k Bohat Rote
agr Tum aa JatE

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
njano Ko Humsafar Yeh Banati Hai...

Humsafar Ko Begaana Kar Jaati Hai...

Isska Naam Hi Toe Dost Zindagi Hai...

Jo Har Haal Mein Chalti Jati Hai …

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
विश्वचर्चित कोलम्बियन पपगायिका शकिरा नेभेदालाई नेपाल
ल्याइने भएको छ । क्यानेडियन गायक ब्रायन्ड एडम्स, डेनिस ब्यान्ड एमएलटीआर लगायत अन्य केही अन्तर्राष्ट्रिय कलाकारको नेपालमा कन्सर्ट सफल भएपछि हौसिएका नेपाली इभेन्ट म्यानेजमेन्ट कम्पनीहरु एकपछि अर्को अन्तर्राष्ट्रिय कलाकार ल्याउन कस्सिँदै आएका छन् । आयोजना पिच्छे फुट्दै
गएको जेपिआर र ओडीसीबाट पनि छुट्टिएर सिमान्त गुरुङले खोलेको अर्कै संस्था आडीसी इन्टरनेसनल प्रालिले सकिरालाई नेपाल ल्याउने भएको हो । सकिराको कन्सर्ट २०६९ असोज ७ गते टुँडिखेलमा आयोजना गर्न लागिएको हो ।सकिराको एसिया भ्रमणका क्रममा उनलाई नेपाल ल्याउन लागिएको हो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
घायल बनायौ तिमीले मलाई
पागल बनायौ तिमीले मलाई
नशाको मातले लुटी अस्तित्व
बेहाल बनायौ तिमाले मलाई...

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
सेक्स चाहना कहिले बढी ?
****************
महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको 'मुड' मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ ।

अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
टूटकर रिश्ता हमारा और सुंदर हो गया.....
तुमको मंजिल मिल गयी मैं मुसाफिर हो गया...।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
naah jaane kyun,
hota hai yeh zindagi ke saath?
achaanak yeh mann,
kisi ke jaane ke baad,
kare fir uski yaad,
choti choti si baat !!

 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बलिउडमा आजभोलि कट्टु र पाइन्ट बेच्ने लहर नै चलेजस्तो छ । केही समयअघि पोर्नस्टार सन्नी लियोनले जिस्म टू मा लगायका बिकिनीको लिलामी हुन लागेको हल्ला चलेको थियो । अहिले सन्नीको सिको गर्दै बलिउडका सुपरस्टार अमिताभ बच्चन नै आफ्नो पाइन्ट बिक्रि गर्न कस्सिएका छन् ।
बच्चनका एक जोडी जिन्स पाइन्ट लिलामीमा बिक्री गर्न लागिएको हो । हुनत अमिताभ आफैले आफ्ना पाइन्ट बिक्रि गर्न लागेका भने होइनन् । एक गैरसरकारी संस्थाले गरीब बालबालिकाका लागि सहयोग जुटाउनका लागि भन्दै अमिताभका पाइन्टलाई लिलामीमा बिक्रि गर्न लागेको हो ।

परिक्रमा नामको उक्त संस्थालाई अमिताभले आफ्नो हस्ताक्षर गरी आफ्ना पूराना दुइवटा जिन्स पाइन्ट प्रदान गरेका छन् ।
अमिताभले मात्र होइन करीना कपूर, दीपिका पादुकोण, पि्रयंका चोपडा, सैफ अली खान, अनुस्का शर्मा, शाहीद कपूर, सोनम कपूर, अनिल कपूर तथा कंगना रनावतले पनि बालबालिकाको सहयोगका लागि आफुले लगाएका पाइन्ट लिलामीका लागि उक्त संस्थालाई एक कार्यक्रमबीच प्रदान गरेका छन् ।
सेलिब्रेटीका ती पाइन्टलाई अनलाइन मार्फत लिलामीमा राखिने र त्यसबाट सहयोग रकम संकलन समेत गरिने बताइएको छ । संकलित रकम गरीब बालबालिकालाई शिक्षा प्रदान गर्न खर्च गरिनेछ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
अन्तरीक्ष विज्ञानमा चासो राख्नेहरुका लागि आजकल निकै चाखलाग्दा समाचारहरु आइरहेका छन् । मंगल ग्रहमा नाशाको अन्तरीक्षयानले सफलतापूर्वक काम गरिरहेको छ र निकै राम्रा राम्रा तस्वीरहरु पनि पठाइरहेको छ ।
अन्तरीक्ष विज्ञानमा अर्को सफलता हात पार्ने क्रममा अमेरिकी अन्तरीक्ष संस्था नासाले अर्को ग्रह शनीका पनि निकै चाखलाग्दा तथा मनमोहक तस्वीरहरु खिचेर सार्वजनिक गर्ने काममा सफलता पाएको छ ।
पछिल्लो ८ वर्ष दोश्रो ठूलो ग्रह शनीको कक्षमा परिक्रमा गरिरहेको नासाको क्यासिनी नामको अन्तरीक्षयानले यस्ता अभूतपूर्व तस्वीरहरु लिन सफल भएको हो । अन्तरीक्षयानले शनी सँगै उसको सबैभन्दा ठूलो उपग्रह टाइटनको समेत तस्वीर लिन सफल भएको छ ।
तस्वीरहरुमा मौसमसँगै शनी ग्रहको उत्तरी तथा दक्षिणी क्षेत्रमा आउने परिवर्तन, शनीग्रह बाहिरका घेराहरु तथा टाइटन उपग्रहमा रहेका तरल पदार्थले भरिएका तालहरु स्पष्ट रुपमा देखिएका छन् । हेरौँ शनी ग्रहका तस्वीर

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
टुक्राईदियौ यो मुटुलाई, सिऊँदा पागल भएँ।
तिमिविना एक्लो जीवन, जिऊँदा पागल भएँ॥

पल-पलका चोट अनि घातहरु जोड्दै जाँदा।
अतीतलाई सम्झि आँसु, पिऊँदा पागल भएँ॥


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
यस्तो गजल लेखु म उनको मन रुने होस्
रसाएर आखाबाट बर बर आशु चुहिने होस्
मेरा चोटका अध्यायहरू बिस्तारै पढ्दै जादा
चसक्क चसक्क घोचेर मुटु भित्रै छुने होस्
ओल्टाई पल्टाई घाउहरु हेर्दा खेरी उनीले

ढुंगा जस्तो हृदय नि छियाछिया हुने होस्
बियोगमा तड्पिएको मेरो प्यासी दिलको
धड्कन बनी धड्किएर ब्यथाहरु बुझ्ने होस्
यस्तो गजल लेखु म उनको मन रुने होस्

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
कांग्रेस सभापति सुशिल कोइरालाले अहिलेको राजनीतिक र संवैधानिक संक्रमणलाई तत्काल व्यवस्थापन गर्न नसकेमा मुलक अफगानीकरण हुने खतरा रहेको बताएका छन ।

नेविसंघले नगरकोटमा आयोजना गरेको विद्यार्थी नेतृत्व विकास र नेपालका चूनौतिहरु बिषयक कार्यक्रममा कोइरालाले त्यस्तो खतराबाट मुलकलाई बचाउन सवै राजनीतिक दलहरुबीच एकता आवश्यक रहेको बताए ।

'एकातिर भारतलाई सिमानाको सुरक्षा र अर्कोतर्फ चीनलाई तिब्बतको सुरक्षा चासो छ' कोइरालाले भने,'हामी सहमतीमा पुग्न सकेनौ भने मुलक द्धन्दमा फस्छ, त्यतिबेला हामी कोहीपनि रहनेछैनौ ।'

कोइरालाले अहिलेको चूनौतिलाई सामाना गर्न सक्ने पार्टी निर्माण गर्न पार्टीभित्रको बृहत एकता आवश्यक रहेको बताए । पार्टीका विचार र नीति सवल भएपनि माओवादीसंग प्रतिस्पर्धा गर्न नसकीरहेको बताउदै कोइरालाले भने,'हामी कमजोर भएको सिद्धान्तमा नभएर नेतामा आश्रति भएर हो । आजैबाट सवैले नेताको पछि लाग्न छाड्नुहोस नीतिको पछि लाग्नुहोस ।'

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जुन विकल्पमा सहमती भएपनि निर्वाचन सामुन्यमा आएको बताए । उनले संविधान संशोधन गरेर गएपनि संविधान जारी गरेपनि निर्वाचन चाडै हुने बताए । 'निर्वाचनलाई सामाना गरेर अघि बढ्नेनै अहिलेको चूनौति हो' उनले भने,'निर्वाचन हाम्रो सामुन्य छ । यसलाई हामी चिरेर अघि बढ्नुपर्छ ।'

कोषाध्यक्ष चित्रलेखा यादवले प्रधानमन्त्रीले मुलुकको चावी अन्त्यै छ भन्दापनि पार्टी र भातृसंस्था गंभिर भएर प्रतिवाद गर्न नसकेको बताईन । 'जुन चावीले उनी आए, अहिले त्यो चावी कहा छ उनलाई (प्रधानमन्त्री) थाह छ, तर कांग्रेस र नेविसंघले यसको प्रतिवाद गर्न जागेन' उनले भनिन,'अहिलेको मुख्य चूनौतिनै राजनीतिक डेडलक खोल्नु हो ।'

केन्द्रीय सदस्य बलहादुर केसीले राजनीतिक दल र तीनको नेतृत्व गर्ने नेताहरु कमजोर हुदा राष्ट्रियता कमजोर भएको बताए । 'पार्टीका नेताहरु कमजोर भएका छन । पार्टी कमजोर भएको छ । यो अवस्थामा एउटै मात्रै पार्टीले देश हाक्न सक्दैन' केसीले भने,'हामी एकताका साथ अघि बढन सकेनौ भने राष्ट्रियता बचाउन सकिदैन । अहिलेको सवैभन्दा बढी चूनोतिनै यहि छ ।'

कांग्रेस केन्द्रीय सदस्य गोपालराज पाहडिले माओवादीका कारण अहिलेपनि लोकतान्त्रिक गणतन्त्र धरापमा रहेको बताउदै त्यसको संरक्षणका नेविसंघ अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस सभापति सुशिल कोइराला लोकतन्त्र र राष्टिय अखण्डतामा संझौता नगर्नेमा विश्वस्त रहन आग्रह गर्दै उनले भने,'हामी परिवर्तनका पक्षधर हौ । अशोक पनि बुद्धिष्ट भएर निस्केका थिए, डाकु रत्नाकारपनि बाल्मिकी भएका छन, आशा राखौं हाम्रो गतिविधिले कमरेड प्रचण्डमा पनि परिवर्तन आउनेछ ।'

कांग्रेस संगठन विभागका प्रमुख आनन्द ढुंगनाले विगतका आन्दोलन नेविसंघको नेतृत्वमा सफल भएको भन्दै लोकतन्त्रको रक्षाका लागि फेरीपनि नेविसंघले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी, नेविसंघका अध्यक्ष रन्जित कर्ण, पूर्व अध्यक्ष महेन्द्र शर्मा, नेविसंघ केन्द्रीय सदस्य ऋसिकेशजंग शाहलगायतका नेताहरुले नेविसंघको भूमिकाका बिषयमा चर्चा गरेका थिए । दुई दिनसम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा नेविसंघका केन्द्रीय पदाधिकारी र सदस्य गरी १ सय २१ जनाको सहभागिता रहेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
केही समय अघि एमाओवादी अध्यक्षसंग नाचेर चर्चा बटुलेकी नायीका रेखा थापाले आइतवार अध्यक्ष प्रचण्डसंग गोप्य भेटघाट गरेको खबरले चलचित्र उद्योग तातेको छ।
रेखा र प्रचण्डको यसपटकको भेट कम्मर मर्काउनलाई नभएर गंभिर विषयमा केन्द्रित रहेको भएको बताइएको छ। स्रोतका अनुसार रेखाले यसपटक ठुलै पद ताकेकी छिन्। उनी चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने आकांक्षा बोकेर प्रचण्ड निवास छिरेकी हुन्। प्रचण्डले सिफारिस गरिदिए चलचित्रको अध्यक्ष बनिने लोभमा रेखा केही साथीहरु सहित प्रचण्डलाइ भेट्न पुगेको बताइन्छ । भेटघाटको विस्तृत विवरण भने गोप्य राखिएको छ। नायीका रेखाले बोर्डको अध्यक्ष भएपछि आफूले गर्ने सक्ने कामको पाँच बुँद फेहरिस्त नै तयार पारेर प्रचण्डलाइ बुझाएको बताइएको छ। रेखाका साथमा संगितकार चेतन सापकोटा लगाएका केही व्यक्ति समेत रहेको थाहा भएको छ।
गणेश भण्डारीले अध्यक्ष पदबाट राजिनामा दिएपछि केही समय यता बोर्डको अध्यक्ष बन्न केही व्यक्तिहरुविच खुलेरै लागेका छन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
हरपल नदेखेको मायाले गालो मलाई।
उनकै सम्झनाले सताउँन थालो मलाई।।

माया भन्ने चिज कस्तो नदेखे नभेटे पनि।
था नपाई मायाको जाल भित्र हालो मलाई।।

उनी को हो? कस्तो छीन? छैन भेटघाट हाम्रो।
तर पनि विस्तारै उतैतिर फालो मलाई।।

देख्या छैन गफ मात्र हुन्छ उनी सँग सधै।
नपत्याउँदो तरिकाले आज ढालो मलाई।।

तिम्रो यादमा तड्पिएर बसेको छु भन्छे।
फसाउँन लाई उनी फाल्छिन जालो मलाई।।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
भनिन्छ त माया मर्छ भनेर
तर माया कहीले पनी मर्दैन ||
सोच्छौ जिन्दगी झर्छ भनेर
फुल सरी कहीले पनी झर्दैन ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
♥♥कृष्णा♥♥ आपकी याद सताए तो हम क्या करे!
आपसे अगर दिल मिलना चाहे तो क्या करे!!
लोग कहते हैं की सपनो में भी होती हैं मुलाकात!
लेकिन नींद न आये तो क्या करे !!....♥♥जय श्री कृष्णा♥♥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
मलाइ छोडेर खुशीमा गयको तिमी
दुख पर्दा मलाइ सम्झिएर न रोए ||
मेरो माया त्यागेर पराई भयको तिमी
रुदै रुदै आफ्नै आसुले मुहार न धोए ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
Chalo Acha Hua Eid Ab
ke Bhi tanha Guzri
Galay Mil k Bohat Rote
agr Tum aa JatE

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
बेहाल रहेछ जिन्दगि पनि साथी
कसैको आसमा बाँच्न पनि साथी||

व्यर्थ रहेछ यो मुस्कान पनि साथी
कसैको खुसीमा हाँस्न पनि साथी||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
तिमी गयौ कहाँ कहाँ याद आउछ यहाँ
तिमी गयौ कहाँ कहाँ सम्झी रहे यहाँ||
आँसु मात्र झरे छैन तिम्रो सम्झनामा
घरि घरि रुन्छ मन तिम्रो यादले यहाँ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
एकिकृत नेकपा माओवादीका अध्यक्षा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कम्मर मर्काएर चर्चा र आलोचना उत्तिकै कमाएकी नायिका रेखा थापा विश्वस्त सुत्रका अनुसार चलचित्र बिकास बोर्डको अध्यक्ष बन्ने दौडमा मिसिएकी छिन् । अध्यक्ष बन्ने अभियानमा लागेकी रेखाले हिजो प्रचण्ड निवासमा पुगेर अध्यक्ष प्रचण्डसँग गोप्य भेटघाट समेत गरेकी थिइन ।

माओबादी अध्यक्ष प्रचण्ड पनि रेखालाई बोर्डको अध्यक्ष सिफारिस गर्न सकरात्मक रहेको निकट श्रोतले जनाएको छ । स्रोतका अनुसार हिजो प्रचण्डसँगको भेटघाटमा नायिका थापा बाहेक संगीतकार चेतन सापकोटा, केही सञ्चारकर्मी र थापा निकट व्यक्तिहरु सामेल थिए । बोर्डको अध्यक्ष बन्नका लागि रेखाले पाँच बुँदे प्रस्ताव समेत प्रचण्डलाई बुझाएकी छिन् ।

केही दिन अघि अध्यक्ष गणेश भण्डारीले राजिनामा दिए लगत्तै बोर्डको अध्यक्ष बन्ने दौडमा लक्ष्मण शेष, प्रदिप उदय र सञ्चारमन्त्रिका कानुनी सल्लाहकार सुरेश कार्की पनि रहेका छन् ।
Via merocinema.com

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
  • चन्द्रमाले बेसरम देख्यो हामीलाई
    के-के गर्यौ हरदम देख्यो हामीलाई

    अंधेरिमा नियालेर हेरी यौन क्रीया
    प्रकृतिमा अनुपम देख्यो हामीलाई

    अर्थहिन प्रतिस्पर्धा दिन रातै भोगी
    अलमल्ल बे-इलम देख्यो हामीलाई

    लजाउदै मिर्मिरेमा चन्द्र लुके पछी
    बिहानिले समागम देख्यो हामीलाई

    माया कैले नथाकेको भनी बेदनाले
    चाहानाको मलहम देख्यो हामीलाई

    जलाउने सुर्य देखी निस्की किरणले
    आफु जस्तै मुलायम देख्यो हामीलाई



Neeraj sapkota sahajpur 7 bayala kailali nepal
वीरगन्जमा शनिबार साँझ आयोजित मिसेज तीज प्रतियोगिताकी बिजेता काजल कोइराला (बीचमा) । साथै फस्ट रनर अप शिल चिपालु (दायाँ) र सेकेन्ड रनर अप सम्झना गुरुङ ...

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशमा उपचार गर्दा ३० लाख रुपैयाँ सकेका छन् । उपचार खर्च राष्ट्रको ढुकुटीबाट बेहोरिएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठको उपचार खर्च राज्यले बेहोर्ने प्रस्ताव उनले सीधै मन्त्रिपरिषद्मा लगेका थिए । तर, मन्त्रिपरिषद्को निर्णयमा श्रेष्ठले गरेको उपचार खर्चको विवरण हालसम्म संलग्न छैन । सरकारले सो निर्णयलाई हालसम्म पनि गोप्य राख्दै आइरहेको छ ।
अर्थ मन्त्रालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठलाई उपचारका लागि दुई किस्तामा गरी परराष्ट्र मन्त्रालयमार्फत ३० लाख रुपैयाँ निकासा गरिएको छ । पहिलो किस्तामा २८ लाख र दोस्रो किस्तामा दुई लाख रुपैयाँ औषधोपचारका लागि दिइएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
अर्थ मन्त्रालयका अनुसार श्रेष्ठले दुई किस्ता गरेर सो रकम लगेका थिए । श्रेष्ठको गत माघमा जापानस्थित होकाइडो युनिभर्सिटीमा अप्रेसन भएको थियो । श्रेष्ठका निजी सचिवालय स्रोतका अनुसार टाउकोमा नर्भको समस्याका कारण श्रेष्ठको टाउको राम्ररी हल्लाउन मिल्दैनथ्यो । जापानमा उनको सर्भाइकल स्पोन्डिलाइटिस -घाँटीको हड्
डीसम्बन्धी) अप्रेसन गरिएको थियो ।
अप्रेसनपछि भने टाउको हल्लाउन नमिल्ने समस्याबाट उनी मुक्त भएका छन् । नेपालमा उनको उपचार नहुने भएकाले जापानमा गएर उपचार गर्नुपरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल मेडिकल बोर्डको सिफारिस लिएर मात्रै उपचारका लागि विदेश जानुपर्ने कानुनी प्रावधानसमेत मिचेका थिए । उनलाई विदेश जाँदा मेडिकल बोर्डले सिफारिस गरेको थिएन । त्यति वेला वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले श्रेष्ठको उपचार नेपाल नै गर्न सकिने बताएका थिए ।
मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले हाल मन्त्री स्वस्थ रहनुभएको जानकारी दिए । मन्त्रीका स्वकीय सचिव शंकर दुलालले श्रेष्ठको नेपालमा उपचार नहुने भएकाले जापानमा गएर अप्रेसन गर्नुपरेको दाबी गरे । जापानमा अप्रेसन गरेर आएपछि उनको टाउकोको समस्या पूरै रूपमा समाधान भएको दुलालले जानकारी दिए । मन्त्री श्रेष्ठलाई हाल कहिलेकाहीँ उच्च रक्तचापको समस्या भने यथावत् रहेको उनीनिकट स्रोतले जानकारी दियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
रत्न राजमार्ग अन्तर्गत कोहलपुर सुर्खेत सडक खण्डको हर्रे डाँडाँमा पहिरो जाँदा कोहलपुर सुर्खेंत सडक खण्ड अबरुद्ध भएको छ । गएराति गएको पहिरोका कारण यातायातका साधन हर्रे डाँडामै अलपत्र परेका छन ।

पहिरोले पुरै सडक बगाएपछि यात्रुहरुलाई हिडडुलका लागि समेत समस्या परेको छ । पहिरोका कारण नेपालगञ्जबाट सुर्खेत गएका यात्रुबाहक बसहरु लामबद्ध रुपले रोकिएका छन भने सुर्खेत बाट छुटेका सबारी साधन भने हर्रे बाटै सुर्खेत फर्किएका छन ।

सडकमा ठुलो पहिरो गएपछि प्रहरी स्थानियबासीले पहिरो हटाउने कार्य बिहानैदेखि सुरू गरेका छन् । सुर्खेतको हर्रेमा रहेको नेपाली सेनाको टोलिले पहिरो गएको स्थानमा सुरक्षा दिईरहेको छ ।

क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले पहिरो गएको जानकारी प्राप्त हुदा साथ ईलाका प्रहरी कार्यालय छिन्चु बाट प्रहरी टोलि घटनास्थल तर्फ पठाएको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार सडक सुचारु गर्नका लागि कम्तिमा ३ दिन सम्म लाग्ने अनुमान गरिएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal