kailali

Wednesday 5 September 2012

उनको सम्झनामा रुँदा रुँदै हाँस्न विर्सिएछु
झुठो कसम खाँदा खाँदै वाँच्न विर्सिएछु ।

निष्ठुरीको याद सँगै कैयौं विते वसन्तहरु
जिन्दगीका लागि खुशीहरु साँच्न विर्सिएछु ।।

कहिले निष्ठुरीका वचन, कहिले मिलनको धुन
आगमनकै खुशीयालीमा पनि नाँच्न विर्सिएछु ।

मिलन अनी विछोड, सँगालिये कति यादहरु
विश्वासको तराजुमा जीवनै जाँच्न विर्सिएछु

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

तिम्रो मुट र मेरो मुट, अव साटेकै राम्रो
भोली किन सार्नु पर्यो, आजै आँटैकै राम्रो

कहाँ गएकी तँ ? तिमिलाई आमाले सोध्दा
मलाई भेट्न आउदा, अरुलाई ढाँटेकै राम्रो

सधै भरी हराई रहने, तिम्रै ती मृग नयनमा
केवल मेरै लागि भएपनि, गाजल लाएकै राम्रो

विछोडको नमानी डर, तिम्रै लागि दिएका हात
सँगै मर्ने वाँच्ने वाँचा कसम, आजै खाएकै राम्रो

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
पैसा पाए मनै साटिन्छ, किनकी जवानी छ मसँग ।
धनै भए तनै पोखिन्छ, किनकी जवानी छ मसँग ।

सधै कहाँ रही रहन्छ, देख्दै रसाउने वैंशालु ओठ
पोखे धन सवै देखाईन्छ, किनकी जवानी छ मसँग ।

कुरा काट्नले काटी रहन्छ साराले, सकिन्न मुख थुन्न
योवनका तिर्खा पिलाईन्छ, किनकी जवानी छ मसँग ।

वुढेसकालमा तिर्थ वतृ, जवानीमा नै सारा मोजमस्ती
पैसा भए यहाँ सवै खुवाईन्छ, किनकी जवानी छ मसँग ।
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
सालका पात टिपी टपरी गाँस्न मन लाग्यो
जोई पोई दुवै सँगै वसी हाँस्न मन लाग्यो

छटपटि र एकलतामा नै कयौं विते रातहरु
पण्डित खोजी अव पिरती गाँस्न मन लाग्यो

पीडै पिडामा कति भुलाउ जीवन यो शहरमा
अग्नीसाक्षी राखी लगनगाँठो कँस्न मन लाग्यो

आँखा छली छली कति रमाउने माया पिरतीमा
दुनियाले देख्ने गरी छातीमा टाँस्न मन लाग्यो
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
मनका कुरा नखोली लुकाएझै गर्छौ किन ?
आँसु झारी सधै मन दुखाएझै गर्छौ किन ?

भेट हुने संयोग पर्दौ रहेछ खाली त्यस्तो
तडपिएर कयौं मुल्य चुकाएझै गर्छौ किन ?

महिनौं तडपिए पछि भेटका दिनमा पनि
पहिलो भेटमा शिर झुकाएझै गर्छौ किन ?

आँखाका ईशाराले वुझेकै थिए तिम्रो भाव
भोली थाती राखी रोकाएझै गर्छौ किन ?

मनका कुरा नखोली लुकाएझै गर्छौ किन ?
आँसु झारी सधै मन दुखाएझै गर्छौ किन ?
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
वनावटी दिलमा परेछ मेरो मन
अपुरो सपना भै टरेछ मेरो मन

आगमनकै प्रतिक्षामा रात काट्दा
विहानी नै नभई झरेछ मेरो मन

काँडा हटाई दिलमा राखी सजाउदा
फेरी नपलाउने गरी मरेछ मेरो मन

मुटु नै सम्झी धड्कनमै राखी दिदा
नफर्कने खोला वनी वगेछ मेरो मन
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
उजाड मेरो मन डुलाउन, कोही आए हुन्थ्यो
मुस्काउरादै दिल फकाउन, कोही आए हुन्थ्यो

दुःख जति मलाई दिई हाँसो जति आफै लिई
केही समय सम्म भुलाउन, कोही आए हुन्थ्यो

मरुभुमी उजाड वस्ती जस्तै मेरो जिन्दगीमा
योवनका तिर्खा मेटाउन, कोही आए हुन्थ्यो

अस्तित्व मेटन लागेको सुन्दर शहर पोखरामा
वहारको रंग लिई घुमाउन, कोही आए हुन्थ्यो

उजाड मेरो मन डुलाउन, कोही आए हुन्थ्यो
मुस्काउरादै दिल फकाउन, कोही आए हुन्थ्यो
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
जिन्दगीभरी सजाउछु भन्छौं लाग्छ फेरी शंका
छाती भित्रै अटाउछु भन्छौं, लाग्छ फेरी शंका

गन्तव्यविहीन रुमलिएको अन्धकार जीवनमा
मायाकै दीप जलाउछु भन्छौं, लाग्छ फेरी शंका

पाईलाहरु मोडी तिरस्कारको वचन दिएमा पनि
हजुरकै छातीमा रमाउछु भन्छौं, लाग्छ फेरी शंका

जिन्दगीकै ठुलो नाता गाँसी दिए तपाई देउतासँग
वहकिन खोजे सम्झाउछु भन्छौं, लाग्छ फेरी शंका ♥
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
हराई तिम्रै मायामा सास फेर्न भुली सकेँ
जीउनेछु तिम्रै लागि अव मन टाली सकेँ

बयेलिँदै बतासमा उड्यो मेरो मनको वह
तिमी विना रित्तो लाग्छ दिल खोली सकेँ

फुल्दैन धरतीमा चैतमास वसन्तको लाली
तिम्रो मायालाई स्वर्गनर्क मानी डुली सकेँ

रमितेलाई रमितैभो हाँस्नेलाई हाँसो मात्र
अँधेरीमा डरछैन मनको छाया छली सकेँ
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

एकान्तमा सधै तिम्रो हुन देऊ सानु
पीरको थोपा खसाली रुन देऊ सानु

कसम खाँदै नखाएपनि गर्ने छैन भुल
अन्धकार रुपी रातमा जुन देऊ सानु

तिम्रो आत्मा लुटी हुन सक्दीन खुशी
वैंशालु योवनका तिर्खा धुन देऊ सानु

जिन्दगी कै रंगिन दिन बनाएरै आजै
ओठले तिम्रा नसालु ओठ छुन देऊ सानु


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

पीडा कस्तो हुन्छ मैले जान्न सक्छु की
नछुट्ने गरी अंगालोमा वान्न सक्छु की
वैशालु ओठ देख्दा लोभाउदा मेरो मन
दुनियाकै एक अप्सरा छान्न सक्छु की

जति वयान गरेपनि अपुगै मेरा शव्दमा
गजलै वनाई मायालाई तान्न सक्छु की

पाउने छौंनौं कँही कतै सित्तै मुटु दिने
जीवन साथी जिन्दगीमा धान्न सक्छु की

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

पहिलो भेटमै आँखा मारी जाली भने मैले
धसेकी मात्र रैछ पाउडर काली भने मैले

साडीचोली सवै छाडी लगाउदी रैछ टालो
हातमा चुरा सिउँदो त्यसै खाली भने मैले

सरासिली रैछ मोरी कुराकानी गर्दै जाँदा
मोहनी रस चुहाउने मेरी साली भने मैले

रहरको सागरमा डुवी सक्यो अहिले मन
डाँडापारी हुँदै घाम अर्को पाली भने मैले ♥♥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
मलाई सम्झी एकान्त वसी टोलाउने दिन
सपनीमा मेरो राजा भनी वोलाउने दिन

मित्रताको हात लम्काउदै प्रेम भाव वाट
कसैको मनमा मेरो छाया मौलाउने दिन

उघ्रिएको मनलाई आकास वादलले छोपी
मेरो माया पाउनकै निम्ती बौलाउने दिन

भरोसा कलेजी प्राण मुटु सवथोक ठानी
फूलै फूलको थुँगाले हानी लोलाउने दिन ♥♥
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
मेरी प्रियसी तिम्रो जस्तै हाल भाछ
पीर व्यथाहरु वाट एउटै ताल भाछ

आधी ज्यानै सुक्यो तिम्रो कल्पनामा
आँखी डिल भरी नसुक्ने छाल भाछ

पिरतीको फुले पनि फुल आफै झर्छ
मनको साँघु तर्न खोज्दा जाल भाछ

सानु तिम्रै सम्झनामा पर्खि टोलाउदा
मिलनमा पनि पीडा जस्तै चाल भाछ ♥♥
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
चोखो माया लत्याईदिने पापीको संसारमा
कसरी जिउन सकिन्छ घातीको संसारमा

अति माया दिलाउदा अज्ञानी लाग्दो रैछ
वियोगान्त मात्र देखिने तातीको संसारमा

खुशी पनि अवसरवादीको ओठमा छाउदा
झुपडीको अर्थ रहदैन जातीको संसारमा

सञ्चो मानिएला झिकेपछि काँडा खिलवाट
चम्किएको हाँसो लुटिदा रातीको संसारमा ♥♥
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
वर्दिया निवासी "हरि कृष्ण पाण्डे" द्धारा एड्स रोगको औषधी पत्ता लगाई धेरै जनालाई सफल उपचार भएको र करिव १५ जना नेपाली जनतालाई एड्स रोगको औषधी वनाउने तालिम समेत दिई रहेको दावी पनि गरेका छन्....
http://www.youtube.com/watch?v=tNup8ViX560&feature=player_embedded
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

 यो भिडियोमा देखिएका मध्ये केही तपाइले चिनेका अनुहार हुनुपर्छ । जो कलेज पढ्ने उमेरका छन र सायद पढ्छन पनि होला । तर भिडियो हेर्नुस त । निर्लज्ज खोला किनारमा सामुहिक किस गरिरहेका छन ।

यति सानो उमेरमा एस्तो ताल छ भोलिका हाम्रा देशका भबिस्यहरु को ? यसमा आखिर कसको कमजोरी होला त ? एती सानो उमेर मा येसरी पद्नु छोडेर त्यो पनि पब्लिक ठाउँमा ? कुनै अस्लित चलचित्रमा सामुहिक सेक्स गरे जस्तै गरि खुल्लम खुल्ला । के थाहा यिनका हविगत र ब्यवहार त्यसो नहोला भन्न ।

बढी नै शंका भयो भन्ने तपाइलाई लाग्ला वा आरोप लगाउनु होला । तर के यो स्वतन्त्रता र तपाईका परिवारका सदस्यहरुमा भए सहज मान्नु होला ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

कम उमेरमा यौन सम्पर्क गरेको भन्दै माल्दिभ्सको एक अदालतले एक किशोरीलाइ १०० कोर्रा हान्ने आदेश दिएको छ | १६ बर्षीय उनले २९ बर्षीय युबक संग यौन सम्पर्क गरेकी थिइन |
किशोरी माल्दिभ्सको अर्को टापुमा एक्लै गएपछि परिवारका सदस्यले उनलाई पछ्याएका थिए |परिवारका सदस्यले युबक संग झाडीमुनी यौन सम्पर्क गरिरहदा नै उनलाई रंगेहात पक्रिएका थिए |



अदालतले किशोरीलाइ १८ बर्ष पुरा भएपछि १०० कोर्रा हान्न आदेश दिएको छ भने ६ महिनाको कैदको फैसला सुनाएको छ | यौनसम्पर्क गर्ने युवकलाई पनि दोषी ठहर्याई १० बर्ष जेल सजायको आदेश दिएको छ | माल्दिभ्समा १८ बर्ष भन्दा मुनिको केटि संग यौनसम्पर्क गर्नु कानुन बिपरित हुन्छ |


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बरु लैजाउ मुटु, योछाति फोडेर प्रिया।
तर नजाऊ कतै, मलाई छोडेर प्रिया॥

छटपटिमा बित्छ, मेरा दिन रातहरु।
कहाँ लाग्छर निन्द्रा, आकाश ओडेर प्रिया॥

आँशु थोपा झारेर, सिँचेका यि फुलहरु।
फुल्ने आशमा सँधै, बसेछु गोडेर प्रिया॥

किन अचेल योमन्, झस्केर दुखने गर्छ।
अत्तालिँदै जागेछु, सपना तोडेर प्रिया॥

सबेरै मन्दिर गै, तिमी लाई पाउँ भनी।
देबी देबता भाकेँ, यि हात जोडेर प्रिया॥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Mujhko rulaker dil uska b roya hoga

Chehra aansuo se usne b dhoya hoga

Na kiya hasil kuch humne pyar me

Kuch na kuch usne b to khoya hoga

Mahi

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

किन सताउछ विगतले धेरै हामीलाई अब
नखान मन लाग्छ नत काम गर्न सक्छौ ||
खोइ के के नाम दिउ यो जिन्दगी लाइ अब
नत जिउन सक्छ नत हामी मर्न सक्छौ ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

आफ्नै गाउ बेशी पाखा जान मन लाग्यो आज्

माया संग संगै हासेर रम्न मन लाग्यो ;आज!

त्यो हरियालीपाखा लालीगुरास फूल थुंगा चुडेर
मन्की रानिलाई उपहार दिन मन लाग्यो आज

प्रदेश मायाकैयादमा दु:खिदिन ढालेर बस्नु पर्द
उन्कै मुहार हेरी काखमा रुन मन लाग्यो आज

मन भरिका पिर ब्याथा माया संगै साटेर ;सबै
दुख्ने मुटुका घाउ आँसुले धुन मन लाग्यो आज


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

पोहोर साल घरमा जादा धेरैला देखेको थिए
..आफ्नै भनि माँयाले बोलाउने भेटेको थिए

अहिलेत छैननअरे आयो दु;खिखबर मलाई

धेरैमा भेट्दा हर्शाले त्रिसना मेटेको ;थिए

येस्तै रहेछ फूल सरि झरी जाने जिन्दजी
...फेरी भेटुला भनि कल्पना सोचेको थिए

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

वक़्त मेरी जिंदगी मैं दो ही गुज़रे हैं कठिन
इक तेरे आने से पहले एक तेरे जाने के बाद............

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

कहते हैं ये जो मोहब्बत है
इससे तो कोई भी बचता नहीं ,,,

अब मेरी आँखों को
तेरे सिवा कोई जंचता नहीं........ ♥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

स्वदेश फर्किने यो एउटा उनको प्रमाण पनि त्यसैले न्यूजहरुमा जे जस्ता आलोचना भए पनि त्यसको कुनै मतलव छैन अरुणिमालाई । किनकी उनले दश महिनाको काखे छोरीलाई नेपाल छाड्दै आज अमेरिका उडेकी छिन् । उनको भनाईलाई आधार मान्ने हो भने आजको ठीक ३२ दिनका उनी नेपाल फर्किने छिन् । उनी श्रीमानका साथ आज साँझ सात बजे अमेरिका उडेकी हुन । उनलाई एयरपोर्ट ड्रप गर्न उनका पिता एवं कलाकार समेत रहेकी आफ्नी आमा राधा लम्साल र गायिका सुनिता दुलाल पुगेका थिए ।

'अबश्य पनि म नेपाल फर्किन्छु किनकी म दश महिनाको छोरी छाडेर गएको जाँदैछु', एयरपोर्टमा फिल्मीखबरसंग गफिदै अरुणिमाले भनिन् । उनको छोरीलाई एक महिना उनको सासुले स्यहार्ने छिन् । सन्तान प्राप्ती पछि फिल्मी अभिनयबाट बाध्यात्मक टाढा रहेकी उनी न्यूर्योकमा रहेकी अभिनेत्री रन्जना शर्माको निवासमा बस्ने छिन् । विवाह पश्चात दिल खोलेर घुम्न नपाएकी अरुणिमाको यो घुमाई हनिमुन स्टाईलको हुने छ । यस्तै यो भ्रमणमा निकै महत्वपूर्ण स्थल चाहि हलिउड इन्डष्ट्री नछुटाउने उनको योजना छ ।

पहिलो पटक छोरी अमेरिका जाने भएपछि अरुणिमा मम्मी निकै दङ्ग थिईन् । उनले चाहने वित्तिकै अमेरिका घुम्न जान पाएकोमा छोरीलाई लक्की पनि भनेकी छिन् । एक महिनाको यो यात्राका लागि उनीहरुले निकै ठूलो लगेज लगेका थिए जसबाट केही आशंका ब्यक्त गर्न सकिन्छ कतै अरुणिामा सानी छोरी बिर्सिएर अमेरिकामै हराउने त हैन ?

नोट : अमेरिका पुगेपछि उतै हराउनेमा हिरोहरुको तुलनामा अधिकाश हिरोईनहरु छन् जसको नाम केलाउदा गौरी मल्ल, कृष्टी मैनाली, पुजा चन्द, सारङगा श्रेष्ठ, जल शाह, रन्जना शर्मा तथा यूना उप्रेती नाम आउछ । यस्तै हिरो तर्फ सरोज खनाल र रमेश उप्रेती पर्दछन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

निष्ठुरी भए आँसु झर्ने थिएन
सपना चाह मन्मै मर्ने थिएन

कमल मुटु छिया छिया पारि
निष्ठुरीको यादमा चर्ने थिएन

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

‎"Jan kar bhi tum mujhe jan na paye,
aaj tak tum mujhe pehchan na paye,
khud hi ki hai bewafai hum ne,
ta ki tujh pe koi ilzaam na aaye…"

Neeraj sapkota sahajpur 7 bayala kailali nepal