kailali

Thursday 6 September 2012

चाहता हूँ


हजारों रात का जागा हूँ सोना चाहता हूँ अब ,
तुझे मिलके मैं ये पलकें भिगोना चाहता हूँ अब ,
बहुत ढूंढा है तुझ को खुद में,इतना थक गया हूँ मैं ,
कि खुद को सौंप कर तुझ को,मैं खोना चाहता हूँ मैं ...."

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नेपालले लगातार तेस्रो जित


 आईसीसी वर्ल्ड क्रिकेट डिभिजन फोरमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । विहीवार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । जितसँगै ३ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा रहेको नेपालको फाइनल प्रवेशको सम्भावना बलियो भएको छ ।

मलेसियाले प्रस्तुत गरेको ७० रनको लक्ष्य नेपालले १२ दशमलव २ ओभरमा विकेट नै नगुमाई भेट्टायो । नेपालका ओपनरद्धय अनिल मण्डल ४० र सुभास खकुरेल २४ रनमा अविजित रहे । यसअघि सेलाङ्गर टर्फ क्लबको मैदानमा टस जितेर व्याटिङ थालेको मलेशियाले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ६९ रन बनायो । नेपाली बलरहरुको कसिलो बलिङका सामू निरिह देखिएका मलेशियाका व्याट्सम्यानले खुलेर व्याटिङ गर्न सकेनन् ।

उसका लागि सफिग सारिफले २२ रन बनाउनु बाहेर अन्यले सम्झनालायक प्रर्दशज गर्न सकेनन् । नेपालका शक्ति गौचनले १० ओभरमा ८ मेडन राख्दै २ रन दिएर ३ विकेट लिए भने बसन्त रेग्मीले १२ रन दिएर ३ विकेट हात पारे । यस्तै अमृत भट्टरनाईले २ तथा संजम रेग्मी र विनोद दासले समान १-१ विकेट हात पारे । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले र दोस्रो खेलमा तान्जनियालाई ८ विकेटले पराजित गरेको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Na tasvir hai tumhari jo didar kiya jaye
na tum paas ho jo pyaar kiya jaye
ye kaun sa dard diya hai aapne
na kuchh kaha jaye, na tum bin raha jaye..

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

मलामी हिडेका २५ को हत्या

अफगानिस्तानको पुर्वी इलाकामा मलामी हिडेका मानिस माथि भएको आक्रमणमा परि कम्तिमा २५ जनाको ज्यान गएको छ भने ५० भन्दा बढि घाइते भएका छन्।
पाकिस्तानी बोर्डर नजिक भएको आत्मघाती बम हमला यति ठुलो संख्यामा हताहती भएको हो।
अफगानी अधिकारीको अन्तिमा संस्कारका लागि  गएकाहरुमाथि लक्षित गरि यो हमला गरिएको बताइएको छ।
विशेषत एक जिल्ला गर्भनरलाई मार्ने उदेश्यले हमला गरिए पनि उनि बाँचेका छन्। अधिकारीहरुले हमलामा मर्नेको संख्या अझैं बढ्न सक्ने बताएका छन्।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

जबरजस्ती बलात्कार गर्नेको टाउकोमा १० गोली हानेर हत्या

टर्कीमा एक महिलाले आफूलाई सामूहिक बलात्कार गरेको अभियोगमा एक पुरुषको टाउकोमा १० गोली हानेर हत्या गरेकी छन् । टाउकोमा गोली हानेर 
 
हत्या गरेपनि उनको रीस नमरेपछि ती महिलाले गोली लागेर ढलेका बलात्कारीको टाउको शरीरबाट अलग गरी सडकको चौबाटोमा राखि दिएकी संचारमाध्यमले जनाएको छ 
 
। प्रहरीले जनाएको अनुसार २ बच्चाकी आमा रहेकी ती महिलालाई जब प्रहरीले सुराक पाएर पक्राउ गर्यो तब ती महिलाले हत्या गरेको स्वीकार्दै वेवारिसे अवस्थामा 
 
भेटिएका पुरुष को टाउको आफूलाई बलात्कार गर्नेहरु मध्येकै एकको भएको बताइन् ।
 
पिडित महिलाले प्रहरीलाई दिएको बयान अनुसार बलात्कारी युवाले ती महिलाको नांगो फोटो खिचेका थिए र आफूहरु सँग शारीरिक सम्बन्ध राख्न नमाने उक्त फोटो 
 
परिवारका सदस्यहरुलाई देखाई दिने धम्की दिदै आएका थिए । युवकले दिएका धम्कीका कारण म तनावमा थिए, त्यसै क्रममा पुन जबरजस्ती गर्न आएपछि रिसमा गोली 
 
हानेर हत्या गरेको बयान महिलाले प्रहरीलाई दिएकी थइन् । 
 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

हेर्ने बहानामा लाखौको हिरा निलिदिए एक व्यक्तिले

shreeरीलंकाली प्रहरीले हिरा-मोति तथा अन्य गहान प्रदर्शनीका दौरान हिरा हेर्ने बहाना गरेर उक्त हिरा निल्ने एक चीनीयाँलाई पक्राउ गरेको छ । सो चीनीयाँ व्यक्तिले निलेको उक्त हिरा करिब १२ लाख नेपाली रूपैया पर्ने बताइएको छ ।
श्रीलंकाको राजधानी कोलम्बोमा भइरहेको एक प्रदर्शनीका क्रममा ३२ वर्षीय चीनीया नागरीकले सुरेश डि सिल्भा नामको स्टलमा यस्तो काम गरेका हुन् । उनले स्टलमा रहेको एक हिरा हेर्ने बहानामा मागेर निलेका थिए । उनले उक्त हिरा निल्ने बित्तिकै हिरा मालिकले प्रहरिलाई खबर गरेका थिए । प्रहरिले उक्त चीनीयाँ व्यक्तिलाई तत्कालै हिरा निकाल्न सकिने आशामा अस्पताल पुर्याएको थियो तर हिरा निकाल्न अस्पताल सफल भयो या भएन भन्ने खबर भने बाहिर आएको छैन् ।  
गहना मालिकका अनुसार चीनीयाँ व्यक्तिले अेरर्को एकजना साथीसँग मिलेर हिरा तता अन्य गहना चोर्ने गरेको छन् । उनीहरुले हिरा हेर्ने बहाना गरेर हिरा नक्कली हिरासँग साटिदिने काम गर्ने गरेको आरोप पनि गहना मालिकले जनाएका छन् । 
ती गहना मालिकले हिरा निल्ने ती व्यक्तिसँगै अर्को एक व्यक्तिपनि रहेको बताएका छन् । यी दुईले हिरा हेर्ने बहानामा सक्कली हिरासँग नक्कली हिरा साट्ने गरेको गहना मालिकको आरोप छ । 
हिरा निल्ने उक्त व्यक्तिले हिरा निल्ने बितिक्कै मुख छोपेका थिए भने केही हडबडाएका थिए । यसै हडबडीका कारण गहना मालिकले उक्त व्यक्तिले गहना चोरेको अर्थात् हिरा निलेको थाहा पाएका थिए । यसरी हिरा नै निल्नु शरिरका लागी निकै नै खतरनाक हुन्छ तर यी वक्तिले त्यसको कुनै परवाह नगरी हिरा निलेका छन् । 


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

पोर्न स्टार तथा बलिउडकी नवनायीका सन्नीविरूद्ध मुद्धा दायर

। बिग बोस हुँदै बलिउडमा छिरेकी पोर्न स्टार तथा नायीका सन्नी लियोनीमाथी समाजमा अश्लिलता फैलाएको भन्दै सिजेएम अदालतमा मुद्दा दायर गरिएको छ । केही पत्रीकामा नाङ्गो फोटो खिचेको र समाजमा यसले नकारात्मक असर गरेको भन्दै उनीमाथी मुद्धा दायर गरिएको हो । 
भारतको कानुनको धारा १५६(३) अनुसार एक वकिलले उनीमाथी मुद्धा दायर गरेका हुन् । वकिलले सन्नीसँगै डडेबोनियर, मेक्सिम, सरस सलिल र स्मार्ट लाइफ नामक पत्रिका माथी पनि उजुरी गरेका छन् भने उक्त पत्रिकामा नाङ्गो फोटो छाप्ने मोडेल तथा नायीकाहरूमाथी पनि मुद्धा दायर गरेका छन् । दायर गरेको मुद्धामा वकिलले यी पत्रीकाहरू हेर्दा मानिसमा कामोत्तेजना उत्पन्न हुने र युवापिडी भ्रष्ट र दुराचारी हुने आरोप लगाइएको छ। पत्रिकामा छापिने नाङ्गो फोटोले अश्लिलतालाई प्रसय दिने र महिमामाथी दुर्व्यवहार तथा अपाराधीक गतिविधी बढ्ने बताइएको छ । 
यता अदालतले प्रतिवादीसँग बयान लिनको लागी ११ अक्टुवरको मिति तय गरेको छ । 

रेखाले प्रचण्डसंग किन गरिन् गोप्य भेटघाट..


rekha thapaकेही समय अघि एमाओवादी अध्यक्षसंग नाचेर चर्चा बटुलेकी नायीका रेखा थापाले आइतवार अध्यक्ष प्रचण्डसंग गोप्य भेटघाट गरेको खबरले चलचित्र उद्योग तातेको छ। 
रेखा र प्रचण्डको यसपटकको भेट कम्मर मर्काउनलाई नभएर गंभिर विषयमा केन्द्रित रहेको भएको बताइएको छ। स्रोतका अनुसार रेखाले यसपटक ठुलै पद ताकेकी छिन्। उनी चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने आकांक्षा बोकेर प्रचण्ड निवास छिरेकी हुन्। प्रचण्डले सिफारिस गरिदिए चलचित्रको अध्यक्ष बनिने लोभमा रेखा केही साथीहरु सहित प्रचण्डलाइ भेट्न पुगेको  बताइन्छ । भेटघाटको विस्तृत विवरण भने गोप्य राखिएको छ। नायीका रेखाले बोर्डको अध्यक्ष भएपछि आफूले गर्ने सक्ने कामको पाँच बुँद फेहरिस्त नै तयार पारेर प्रचण्डलाइ बुझाएको बताइएको छ। रेखाका साथमा संगितकार चेतन सापकोटा लगाएका केही व्यक्ति समेत रहेको थाहा भएको छ।
गणेश भण्डारीले अध्यक्ष पदबाट राजिनामा दिएपछि केही समय यता बोर्डको अध्यक्ष बन्न केही व्यक्तिहरुविच खुलेरै लागेका छन् ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

राज-३ मा रहेको इमरान र ईशाको किस सिनले बनायो नयाँ रेकर्ड

महेश भट्टद्धारा निर्देशित नयाँ चलचित्र राज-३ को अहिले निकै चर्चा भइरहेको छ । प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको चर्चा हुनु स्वभाविक भएपनि चलचित्रले अन्य कारणले पनि चर्चा बटुल्न थालेको छ । कारण हो चलचित्रमा सिरियल किसरको नामले परिचित इमरान हाशमी र  ईशा गुप्ताको किस सिनको  । 
इमरान र ईशाले यो चलचित्रमा दिएको करिब २० मिनेट लामो किस सिनले रेकर्ड बनाएपछी झन् यो चलचित्रको चर्चा शिखरमा  पुगेको हो । उनले आगामी ७ सेप्टेम्बरमा प्रदर्शनमा आउने चलचित्र राज-३ मा दिएको उक्त किस सिनको दृश्य अहिलेसम्मकै लामो किस सिनेको दृश्य हो  । उनले यस्तै किस सिन 'तुम मिले' मा सोहा अलि खानसँग पनि दिएका थिए । यसरी चलचित्रको चर्चा भइरहँदा चलचित्र निर्दैशक महेश भट्टले उक् किससिनेले चलचित्र रूपी केकलाई थप सजाउने काम गरेको बताएका छन्  । 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नायीका कंगनाले विवाह र बच्चा नचाहेपछी छाडिदिए गोरे प्रेमीले Read more: http://nepaliheadlines.com/entertainment.html#ixzz25h45jNHJ

२१ भदौ, एजेन्सी । बलिउडकी नायीका कंगना रणावतको जीवनमा प्रेम र प्रेमीको लागी कुनै ठाउँ छैन् कि जस्तो लागेको छ । उनले आफ्नो अन्तिम अर्थात् ब्रिटिस डाक्टर निकोलस लैफटीसँग पनि आफ्नो प्रेम प्रसंगलाई पूर्ण विराम लगाइदिएकी छिन् । एक वर्षको प्रेमसम्बन्ध पछी पहिलोपटक गत जुनमा आफ्नो साथीको रूपमा चिनाएकी डाक्टर निकोलससँग अहिले उनको कुनै सम्बन्ध नरहेको बताइएको छ । 
यी दुई बिचको फुटको कारण भने भविष्यको चिन्ता बताइएको छ । कंगनाका नजिकका साथीले बताए अनुसार दुवैले आ-आफ्नो भविष्यबारे सोच्न थालेपछी दुईबिच कुरा नमिलेको र छुट्टिएका हुन् । निकोलसले कंगनासँग विवाह गरेर सन्तानसहित आफ्नो जीवन बिताउने सपना सजाएका थिए भने यता कंगनाले पहिले आफू बलिउडमा स्थापित भएर मात्र अन्य कुरा सोच्ने बताएपछी यी दुईको सपनामा आकाश-पाताल फरक परेको थियो र यही कारण यी दुईले आफ्नो करिव डेढ वर्ष लामो प्रेम सम्बन्धलाई पूर्णविराम नै लगाए । 
नायीका कंगनाका नजिकका मानिसहरूका अनुसार फिल्म क्षेत्रमा व्यस्त रहेकी नायीका कंगनाका प्रेमी डाक्टर निकोलस भने फिल्म क्षेत्रप्रति त्यति रूची नराख?ने व्यक्ति थीए । उनले फिल्म क्षेत्रलाई नरूचाउने र कंगनाले उक्त क्षेत्रमा नै आफूलाई स्थापित गराउने बताएपछी यी दुई सँगै जीवन बिताउन नसकिने निष्कर्षमा पुगेका हुन् । 


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

अगस्टमा मात्रै सिरियामा ५ हजार भन्दा बढीको मृत्यु

सिरीयामा जारी गृहयुद्धमा गत अगष्ट महिनामा मात्रै ५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एक सामाजिक संगठनले तयार पारेको प्रतिवेदनमा एक महिनामा नै पाँचहजार भन्दा बढी नागरिकको ज्यान गएको उल्लेख गरिएको छ ।
न्युयोर्क टाईम्सका अनुसार पछिल्लो महिना सिरीयामा लगातार हिंसा भैरहेको छ । सरकारले बिद्रोही दबाउन निरन्तर आक्रमण जारी राखेकाले मर्ने मानिसको संख्या दिनप्रतिदिन बढिरहेको छ । सिरीयामा रहेर मानब अधिकारको क्षेत्रमा काम गर्ने एक संस्थाले दिएको जानकारी अनुसार ५ हजार ४ सय ४० जनाको मृत्यु अगष्ट महिनामा मात्रै भएको छ ।
जसमध्ये ४ हजार १ सय १४ हतियार बिहिन सर्वसाधारण छन् । बाँकी हतियारधारी बिद्रोही र सरकारी सुरक्षाकर्मी रहेका छन् । सिरीयामा पछिल्लो १७ महिनामा सरकारी सुरक्षाकर्मी, हतियार धारी बिद्रोही र सर्वसाधारण नागरिक गरी २६ हजारको ज्यान गईसकेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

भारतको राज्यसभामा सांसदहरुबीच कुटाकुट

सरकारी जागिरको पदोन्नतिमा आरक्षण दिने मुद्धालार्इ लिएर भारतको राज्यसभामा सांसदहरुबीच कुटाकुट भएको छ ।
समाजवादी पार्टीका नरेश अग्रवाल र बहुजन समाज पार्टीका अवतार सिंहबीच ठेलमठेर र कुटाकुट भएको हो । अवतार सिंह सदनको केन्द्रतर्फ अघि बढ्दै गर्दा नरेशले बाटो छेकेका थिए । त्यसपछि आक्रोसित अवतारले हातपात गरेपछि कुटाकुट भएको थियो । केही सांसद छुट्याउन आए भने अधिकांश रमिते बने । सांसदहरुबीचको कुटाकुटपछि बैठक स्थगित भएको छ ।
समाजवादी पार्टी विरोधको विरोधमा उत्रिएको छ भने बहुजन समाज पार्टी समर्थनमा छ । भारतको क्याविनेटले मंगलबार विधेयक पारित गरेको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

गिनिज बुकमा चढ्यो एक टनको बर्गर

तपाइँले खाने बर्गर कत्रो हुन्छ ? हातमा अट्ने उक्त बर्गरको तौल कति होला ? के तपाइँले एक टन तौलको बर्गरको कल्पना गर्नुभएको छ ? छैन भने अब तपाइँले कल्पनै गर्न परेन, किनकी विश्वमा एक टन तौल भएको बर्गर निर्माण भैसकेको छ ।
अमेरिकाको एक क्यासिनोले विश्वकै सबैभन्दा ठूलो चिजबर्गर बनाएर किर्तिमान कायम गरेको छ । १० फिट ब्यास भएको यो चिजबर्गरको तौल एक टन रहेको छ । यो चिजबर्गर आइतबार कार्लटनस्थित ब्लायक बियर क्यासिनो रिसोर्टमा पाहुनाहरुलाई खुवाइयो ।
गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि फिलिप रोबर्टसनले यो बर्गरलाई विश्वकै सबैभन्दा ठूलो बर्गरको रुपमा गिनिज बुकमा नाम चढाएको प्रमाणपत्र प्रदान गरे । उनले यति ठूलो बर्गरको निर्माण हुनु समूह भावनामा काम गर्नुको परिणाम भएको भन्दै बर्गर निकै स्वादिष्ट रहेको पनि बताए ।
यो किर्तिमानी बर्गरमा २७ किलो मासु, २३ किलो सलाद, २३ किलो प्याज, १८ किलो अचार तथा १८ किलो चीज मिसाइएको छ । यो बर्गरलाई पकाउन झण्डै ४ घण्टा समय लागेको थियो । यो बर्गरलाई उठाउन क्रेनको सहायता लिनुपरेको थियो ।
स्मरण रहोस् यसभन्दा पहिले विश्वको सबैभन्दा ठूलो बर्गरको तौल ४ सय केजी थियो ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

२ वर्षे बालकको अजिंगरसँग हेलमेल

सर्प भनेपछि आङ नै सिरिंग हुन्छ । हामी उमेर छिप्पिएकाहरु त सर्पसित डराउँछौँ भने केटाकेटीहरु नडराउने कुरै भएन । तर यदि दुइ वर्षे बालक दश फुट लामो अजिंगर सँगै बसेको देख्नुभयो भने तपाइँ के भन्नुहुन्छ ? अवश्यपनि तपाइँको मुटुको चाल ह्वात्तै बढ्नेछ । किनकी त्यो बच्चाले अजिंगरलाई नचिनेर उसको नजिक गयो, अब उसलाई अजिंगरले आक्रमण गर्छ भन्ने अनुमान तपाइँको हुन्छ ।

तर अस्ट्रेलियामा एउटा यस्ता बच्चा छन् जसको उमेर २ वर्ष छ तर उनी आफुभन्दा ३ गुणा ठूलो दशफुटे अजिंगरसँग उठबस गरिरहेका हुन्छन् । यस अर्थमा चार्ली पार्कर नामका ती बालक विश्वका सबैभन्दा कम उमेरका वन्जयन्तुकर्मी समेत बनेका छन् र उनी आजभोलि सबैको आकर्षणको केन्द्र बनेका छन् ।
चार्लीलाई उक्त अजिंगरको डर पटक्कै लाग्दैन । उनी निश्चिन्त भएर अजिंगर सँग खेलिरहेका हुन्छन् । कहिले अजिंगरलाई सकी नसकी उठाएर काँधमा बेर्छन् अनी बल्लतल्ल हिँड्छन् ।
विक्टोरिया क्षेत्रमा एक वन्जयन्तु पार्क संचालन गर्ने चार्लीका पिता ग्रेग पार्करलाई आफ्नो छोराको सर्पप्रेम देखेर निकै चित्त बुझेको छ । आफ्नो छोरो सानैदेखि वन्जयन्तुप्रेमी भएकोमा उनलाई गर्व छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

राजाका अगाडि कुमारी कन्याहरुको नांगो परेड (फोटोफिचर सहित)


राजाका अगाडि कुमारी कन्याहरुको नांगो परेड (फोटोफिचर सहित)


आफ्नो देशका राजाप्रति सम्मान तथा एक्येबद्धता प्रकट गर्न त्यस देशका जनताले के गर्लान् ? यसको एउटै जवाफ नहुनसक्छ, किनकी देश गुनको भेष भनेझैँ सबैको आ आफ्नो तरिका हुनसक्छ ।
तर स्वाजिल्याण्ड भन्ने अफि्रकी देशमा भने राजाप्रति सम्मान तथा एकता पर््रदर्शन गर्न त्यस देशका हजारौँ महिलाहरुले हालै नांगो परेड देखाएका छन् ।
अफि्रकी महादेशकै अन्तिम सक्रिय राजतन्त्रको रुपमा रहेको स्वाजिल्याण्डका राजले बिहे गर्नका लागि केटी छान्न पनि देशभरीका तरुनी कन्याहरुलाई नांगै जुलुस निकाल्न लगाएको विषयले केही समयअघि चर्चा र विवाद उत्पन्न गराएको थियो । निरंकुश राजाले जबरजस्ती महिलाहरुलाई नंग्याएको आरोप लागेको थियो ।
तर यो पटक भने राजधानीस्थित राजदरबार बाहिरै आयोजित एक भव्य समारोहमा हजारौँ महिला तथा युवतीहरु स्वतःस्फर्ूत रुपमा टपलेस भएर राजका अगाडि परेड देखाए । परम्परागत पहिरनमा सजिएका महिलाहरुले तल्लो वस्त्र लगाएका भएपनि अधिकांसको सरीरको माथिल्लो भाग नांगो थियो । जसका कारण उनीहरुका स्तन देखिएका थिए ।
खासगरी राजारानीका आमाप्रति श्रद्धा प्रकट गर्न उनीहरुले महिलापन र कुमारीत्वका गाथा गाएर नाच समेत प्रस्तुत गरेका थिए । वास्तवमा महिला हुनु भनेको गर्वको विषय हो भन्ने कुरा देखाउन महिलाहरुले यसो गर्ने गरेका बताइन्छ ।
टपलेश परेडमा सहभागि एक १८ वर्षीया किशोरीले आफु स्वाजिल्याण्डको नागरिक तथा कुमारी केटी हुन पाएकोमा गर्व महसुस भएको बताउँदै आफु राजासँग एक्येबद्धता जनाउन त्यहाँ आएको बताइन् ।
स्वाजिल्याण्ड अफि्रकाको सबैभन्दा गरीब देश मध्येको एक हो । यहाँका राजाका मसवाती तृतीयका कम्तिमा एक दर्जन श्रीमतीहरु रहेको बताइन्छ । देश गरीब भएपनि राजा भने धनकुवेर नै रहेको र उनको २० करोड अमेरिकी डलर सम्पत्ति रहेको बताइन्छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

साङ्ला दौडने रेष्टुरेन्टलाई लाख डलर जरिवाना

हामीकहाँ गुँदपाकमा गुहु मिसाउनेलाई पनि खासै कारवाही हुँदैन । तर विकशित देशमा भने खाद्य पदार्थमा हुने मिसावट तथा सरसफाइमा गरिने हेलचेक्राइ अक्षम्य अपराध बन्दछ ।
अस्ट्रेलियामा एकजना भारतीय रेष्टुरेन्टका मालिकले रेष्टुरेन्ट फोहोर राखेको आरोपमा झण्डै एक लाख डलर जरिवाना तिर्ुनपरेको छ । किंग्स क्रस इलाकामा रहेको उक्त रेष्टुरेन्टलाई सफाइ तथा स्वच्छता उल्लंघन गरेको आरोपमा यतिधेरै रकम सजाइँ सुनाइएको हो ।
अनुगमनका क्रममा उक्त रेष्टुरेन्ट भित्र सरसफाइमा ध्यान नदिइएको तथा विभिन्न ठाउँमा मरेका मुसा पाइनुका साथै यत्रतत्र सांग्ला देखिएका थिए । सरसफाइमा हेलचेक्राइ गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै स्थानीय अदालतले खाद्य पदार्थ स्टार्न्र्डड ऐन अनुसार उक्त रेष्टुरेन्टका मालिकलाई साढे ९७ हजार डलर जरिवानाको फैसला गरेको हो ।
एक ग्राहकको उजुरीको आधारमा स्वास्थ्य अधिकारीहरुले उक्त रेष्टुरेन्टको नीरिक्षण गरेका थिए । त्यसक्रममा दराजहरुमा मुसाको लेँड पाइनुका साथै रछ्यानको नजिकै मरेको मुसा फेला परेको थियो । रेष्टुरेन्टका ढोका तथा काउन्टर लगायतका ठाउँमा सांग्लाहरु गर्ुर्रुर दौडेको देखेपछि अनुगमन अधिकारीहरुको पारो तातेको थियो । दराजको खापाहरुमा धूलो तथा माटो जमेको र त्यहीँमुनिका खापामा खाद्यपदार्थ राखिएको अनुगमनका क्रममा पाइएको थियो ।
के गर्नु, यतिविधि कडा कानुन हुन्छ र पो उपभोक्ताको अधिकार सुनिश्चित हुन्छ । हाम्रोमा कहिलो होला त्यस्तो ?



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

करीना कपूर संसारकै सेक्सी महिला

बलिउड अभिनेत्री करीना कपूर विश्वकै सबैभन्दा कामुक महिला बनेकी छिन् । चर्चित फेसन म्यागेजिन म्याक्सिमले करीनालाई वर्षकै सबैभन्दा कामुक महिला अर्थात् हटेस्ट वुमेन अफ दी इयरको उपाधि दिएको हो । हालै उक्त पत्रिकाको कभर पेजमा समेत छाएकी करीना विश्वव्यापी र्सर्वेक्षणका क्रममा सबैभन्दा सेक्सी महिलाको रुपमा चुनिएको पत्रिकाको भनाइ छ ।
संसारकै सबैभन्दा हट महिलाको उपाधि पाएपछि करीनाले खुसी हुँदै भनेकी छिन्, सेक्सी तथा हट भन्दा सबैलाई राम्रै लाग्छ । अझ यदि यस्तो तारीफ म्याक्सिमजस्तो पत्रिकाले गर्छ भने खुसी नहुने कुरै भएन ।
करीनाको भनाइमा महिलाको कामुकता भनेको पुरुषको हेराइमा भर पर्छ । कामुकता भनेको केवल छिनेको कम्मर र लामा खुट्टा हुनु मात्र होइन । यो भनेको सरीरको सबै कुरामा निर्भर हुन्छ । करीनाले आफु सबैको लागि हट बनेकोमा खुसी व्यक्र गर्दै यो आफ्नो लागि ठूलो कम्प्िलमेन्ट भएको बताएकी छिन् ।


  यसमा तपाइको मत


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

गुलावी र्स्कर्टमा कोकोको श्रम दिवस (फोटोफिचर सहित)

रियालिटी स्टार कोको आफ्नो अजंगको सरीरका कारण कहिल्यै पनि लाज मान्दिनिन् । उल्टै उनले आफ्नो सरीर र बडेमाका वक्षस्थललाई शो पिस बनाउँछिन् । कोकोले समय समयमा आफ्ना उत्तेजक तथा हट तस्वीर टि्वटरमा पोष्ट गर्छिन् र तहल्का पिटि्छन् ।
उनका यस्ता तस्वीरले तन्नेरी तथा फ्यानहरु पानीपानी हुन्छन् । यहीँ मेलोमा कोकोले हालै अमेरिकाको लस भेगासमा आफ्ना भिमकाय वक्षस्थल पर््रदर्शन गरी श्रम दिवस मनाइन् । एक नांगो नाच देखाउने रेष्टुरेन्टमा उनले दिवस मनाएकी हुन् । र्याप डान्सर आइस टी की श्रीमती कोकोले निकै उत्तेजक कपडा पहिरिएकी थिइन् जसबाट उनको छातिको अधिकांश हिस्साको दर्शन मिल्थ्यो । गुलावी रंगको र्स्कर्टमा हेरौँ कोकोको श्रम दिवस


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

संघीयताले राष्ट्रमा विकृति ल्याउँछः केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ले एमाओवादी, मधेसवादी र जातिवादीको हठका कारण संविधान बन्न नसकेको बताएका छन् । राष्ट्रिय जनमोर्चा चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

केसीले एकल जातीय राज्य बनाउन नसकेपछि तीनै दलले अहिले बहुजातीय प्रदेशको पक्षमा वकालत गर्न थालेको बताए । उनीहरुकै कारण संविधान बन्न नसकेको भन्ने जनताले बुझिसकेको बताउँदै केसीले बहुजातीय प्रदेशका पक्षमा समर्थन नगरे पनि सकारात्मक धारणा राखे । केसीले भने, ‘एकल जातीयभन्दा बहुजातीय प्रदेश सकारात्मक छ ।’

उनले चार वर्षदेखि लगातार एकल जातीय राज्य चाहिन्छ भन्नेहरुले अहिले बहुजातीय भन्न थालेको बताउँदै जातीयताकै कारणले राष्ट्रलाई विखण्डनतर्फ लैजाने विचार व्यक्त गरे । एकात्मक राज्य प्रणालीअन्तर्गत विकेन्द्रीकरण गर्नुपर्ने राष्ट्रिय जनमोर्चाको अडानमा कुनै परिवर्तन नभएको पनि केसीले स्पष्ट पारे ।

सङ्घीयताका आधारमा जातीय राज्य माग्ने नेपालीको माग नभई विदेशीको इसारामा यस्तो कुरा आएको बताउँदै नेता केसीले भने,‘सङ्घीयताले राष्ट्रमा विकृति ल्याउने छ ।’

एमाओवादी र तराईका दलका बीचमा सत्ता लम्ब्याउनका लागि अपवित्र गठबन्धन भएको छ भन्दै उनले राजनीतिक सहमतिको विकल्प नरहेको बताए । शतप्रतिशत समय थप गर्दा समेत नबनेको संविधान संविधानसभा ब्यँुताएर बन्न नसक्ने नेता केसीको ठोकुवा थियो । रासस

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बिनिता बराल अब एडल्ट नायिका

पाँच दर्जन भन्दा बढी म्युजिक भिडीयोहरुमा मोडलीङ्ग गरिसकेकी र चपली हाइट सिनेमा बाट हाईटमा पुगेकी नायिका बिनीता बरालले आफुलाई एडल्ट नायिकाको सँज्ञा दिएकी छिन्। बिनिता अभिनित चलचित्रहरु चपली हाइटु र भर्खरै रिलिज भएको फुल स्टप लाई चलचित्र सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएपछि उनले आफुलाई एडल्ट नायिका सँज्ञा दिएकी हुन् । कुनै सुन्दर पुरुषले सेक्सको प्रस्ताब राखेमा जुत्ता खान्छू भन्ने नायिका बिनिता ले कुनै मेगा प्रोजेक्ट बाट अफर आयो भने उक्त प्रोजेक्ट मा आफु वन पिस पनि लगाएर अभिनय गर्न तयार रहेको बताएकी छिन् ।

यसै बीच नेपाली चलचित्रहरु मोहनी, नेपाली बाबु, गोठालो, लगायत थुप्रै चर्चित नेपाली चलचित्रहरुको पटकथा सम्बाद लेखिसकेका ब्रजेश खनालको पहिलो चलचित्र ुएक तिन सात सुन्यु मा नायिका बिनिता बराल अनुबन्धित भएकी छिन्। अफ ट्रयाकमा बन्न लागेको उनको यो चलचित्र अहिले चलिरहेको ब्यबसायिक नेपाली सिनेमाको ट्रेन्ड भन्दा निक्कै फरक धारमा आफ्नो चलचित्र बन्ने भएको जानकारी प्राप्त भएको छ । चलचित्र फुल स्टप भन्दा अगाडी नै यो सिनेमा को लागि बिनिता बराललाई अनुबन्ध गरिएको थियो। विनिताले यो सिनेमामा आफ्नो अभिनाये डरलाग्दो क्यारेक्टरको रुपमा रहेको बतायिन। यस चलचित्रमा पारश्रमिक निक्कै राम्रो पाएको सुनाउदै उनले भनिन मैले सोचेको भन्दा पनि धेरै राम्रो पारश्रमिक पाएको छु । यति नै रकम पाएको छु भनेर नभने पनि आफ्नो पारश्रमिक दुइ लाख भएको सार्बजनीक गर्ने विनिताले यो सिनेमा मा दुइ देखि तोन लाख सम्म पाएको अनुमान लगाउन सकिन्छ । बिनिता को यो तेश्रो नेपाली चलचित्र हुने छ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

छुट्टदैनन् श्रीकृष्ण र स्वेता

चलचित्र ‘कहाँ भेटिएला’ मा सँगै काम गरेपछि नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको प्रेमसम्वन्धका चर्चा बजारमा आउन सुरु भएको थियो ।

यि दुईले भने आफुहरु साथी मात्र भएको बताउँदै आएका छन् । साथी मात्र भएको बताउने श्रीकृष्ण र स्वेता प्रायः कार्यक्रममा सागै पुग्छन् र एकै ठाउँमा वस्छन् । प्रायजसो सँगै देखिने भएकाले पनि श्रीकृष्ण र स्वेताको सम्वन्ध साथीको मात्र नरहेको विश्लेषण गरीन्छ ।
काठमाण्डौमा आयोजना गरिएको एक चलचित्रको पत्रकार सम्मेलनमा श्रीकृष्ण र स्वेतासँगै पुगेका थिए । कार्यक्रम सुरु भैसकेपछि पुगेकाले बस्ने ठाउँ पर्याप्त थिएन । यसैले कार्यक्रम अवधिभर श्रीकृष्ण र स्वेता छुट्टा छुट्टै स्थानमा बसेका थिए ।
तर कार्यक्रम सकिएपछि आयोजना भएको रात्रिभोजमो यि दुई सँगै बसे । सिनेमा क्षेत्रका कुनै व्यक्तिको आगमनमा यि दुई बसेको स्थानबाटसँगै उठ्थ्य र अंकमाल गर्दथ्य । रात्रि भोजमा केही समय बसेर यि दुई सँगै कार्यक्रम स्थलबाट बाहीरीए । श्रीकृष्ण र स्वेताको यस्तो व्यवहार देखेको कोही पनि यि दुईबिच साथीको मात्र सम्वन्ध भएको स्विकार्न तयार छैनन् ।
श्रीकृष्ण र स्वेता निकट व्यक्तिहरु पनि यि दुई बिच प्रेम सम्वन्ध रहेको बताउँछन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

सामसुङले अमेरिकामै पछार्यो एप्पललाई

स्मार्टफोनको बजारमा उथलपुथल मच्चिएको छ । अमेरिकी बजारमा पहिलो पटक सामसुङको ग्यालेक्सी एस थ्री स्मार्टफोन एप्पलको आइफोन फोर एसमाथि हावी भएको छ ।

आइफोन फोर एस अघिल्लो वर्षको अक्टोबरमा बजारमा आएको थियो । बजारमा आएलगत्तैदेखि नै त्यसले अमेरिकी स्मार्टफोनको बजारमा राज गरेको थियो । तर केही महिनाअघि र्सार्वजनिक भएको सामसुङको ग्यालेक्सी एस थ्री स्मार्टफोनले यो अगष्ट महिनामा अमेरिकी बजारमा आइफोनको प्रभुत्व तोड्दै सबैभन्दा बढि बिक्रि हुने स्मार्टफोनको पहिलो नम्बरमा आउन सफल भएको छ ।

अमेरिकामा फोन बजारमा निगरानी राख्ने एक वेबसाइटको तथ्यांकले अमेरिकी बजारमा बिक्रिको मामिलामा ग्यालेक्सी एस थ्री ले आइफोन फोर एसलाई पछाडि पारेको देखाएकोे हो ।

एप्पलसँगको बौद्धिक सम्पत्ति अधिकारको कानुनी लडाइँमा अमेरिकी अदालतबाट हालै ठूलै झट्का बेहोरेको सामसुङका लागि अमेरिकी बजारमा एप्पलमाथिको विजय निकै सुखद समाचार हुनसक्छ । तर ग्यालेक्सी स्मार्टफोनको अगुवाइ कतिसम्म दिगो रहन्छ – त्यो भने अहिल्यै आँकलन गर्न नसकिने प्रविधि सम्बन्धि वेबसाइट सिनेटको भनाइ छ ।

बजारमा आएको झण्डै एक वर्ष पुग्न लागेकाले आइफोन फोर एस प्रति उपभोक्ताको क्रेज घटेको तथा यो परिस्थितिलाई भर्खरै बजारमा आएको सामसुङको ग्यालेक्सी एस थ्री ले क्यास गर्दा सामसुङलाई फाइदा पुगेको विश्लेषण गरिएको छ । तर आइफोनले आउँदो सेप्टेम्बरमा बजारमा ल्याउन थालेको आइफोनको नयाँ भर्सनले एप्पलको स्थिति मजबुत बनाउने र त्यसले सामसुङलाई अमेरिकी बजारमा दोश्रो स्थानमा धकेल्ने अनुमान धेरैको छ ।

स्मार्टफोनको बजारमा केवल एप्पल र सामसुङबीच मात्र होइन अब अरु कम्पनीहरु पनि संर्घष्ामा उत्रिँदैछन् । पूरानै र्ढराका कारण घाटा बेहोरिरहेको नोकियाले आफ्नो सबैभन्दा अत्याधुनिक स्मार्टफोन बजारमा ल्याउँदैछ । नोकियाको नयाँ स्मार्टफोन बजारमा ल्याउनका लागि पूरै तयारी पूरा भएको बताइन्छ । माइक्रोसफ्टसँग मिलेर नोकियाले एप्पल, सामसुङ तथा गुगलको प्रभुत्व तोड्ने प्रयास गरिरहेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

एक्लै नांगै पौडी खेल्न खोलामा पुगेका यी महाशय झण्डै मरेनन्

लायतमा मन बहलाउन एक्लै खोलामा नांगै पोडी खेल्न गएका एक व्यक्ति बल्लतल्ल बाँचेका छन् । उनी खोलामा पौडी खेल्न गएका भएपनि खोलामा रहेको हिलो गाडिएपछि हलचल गर्न नसकी बसिरहेका थिए।

बेलायतको साउथ वेल्समा रहेको उस्क नामक खोलाबाट उनलाई उद्धारकर्ताले बचाएका हुन् ।

बेलायतमा बढेको गर्मी छल्न ती व्यक्ति खोलामा पुगेपनि हिलोमा गाडिन् पुगेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार उनी करिव २ घण्टासम्म हिलो गाडिएर बसेका थिए । उनलाई २० जना उद्धारकर्ताले बचाएका थिए।

तस्विरमा हेरौ..

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
सारकै पहिलो इलेक्ट्रिक सुपर कार यस्तो..

दिनानुदिन पेट्रोलको भाउ बढ्दै जान थालेपछी अब कार बनाउने कम्पनीहरूको ध्यान विद्युतिय कार बनाउने तर्फ मोडिएको छ । धेरै कार कम्पनीहरू पेट्रोलको विकल्पमा इलेक्ट्रिक कारको निर्माणमा लागेका छन् । यसैक्रममा रिमेक अटोमोबाइल कम्पनीले विश्वको पहिलो इलेक्ट्रिक सुपर कारको निर्माण गरेको छ ।
उक्त कम्पनीद्धार निर्मित सुपर कारले १ हजार ८८ हर्सपावरको उत्पन्न गर्न सक्छ । यो कार मात्र २.८ सेकेण्डमा ० किमीप्रतिघण्टाबाट ६० किलोमिटर प्रतिघण्टामा दौडन सक्छ भने यो कार प्रतिघण्टा १ सय ९० किलोमिटरको गतिमा दौडन सक्छ । यो कारमा विद्युतिय शक्ति उत्पन्न गर्न तिथियम आइरन फोस्फेटको प्रयोग गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी निर्देशकका अनुसार यो कार बनाउनका लागी कम्पनीले धेरै वर्ष मेहेनत गरेको थियो ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal
अर्धनग्न थियौ मलाई नाङगो बनायौ ।
सिधा हुँदा तिमीले मलाई बाङ्गो बनायौ ॥

बैशाखी त दिएकै हो हारें मैले तिम्रो लागी ।
दुनियाँको आँखाअघी उदाङ्गो बनायौ ॥

सहारा दिन्छु भनी मलाई बेसहारा पारी ।
भान्च्यौ खुट्टा दुवै मलाई अपांगो बनायौ ॥

मसंग त शरीर मात्र मन मुटु तिमीसित ।
इमान्दारी बन्न खोंजे लफङ्गो बनायौ ॥


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
छोराछोरीलाई आमाको न्यास्रो लागिरहेको थियो । तर उनको आइहाल्ने बेला भएको थिएन् । काम र दाममा समस्या भएको खबरले परिवारमा अलि चिन्ता बढाएको थियो ।मोरङ उर्लाबारी-२ की ४५ बर्षकी मुनादेवी दर्जीले एकाएक आफ्नो हत्या हुनै लागेको फोनबाट खबर गरिन् ।

गत बैशाखको तेस्रो साता मुनाले आफुले तलब माग्दा नदिएको र कुटेर हातको पाता खुस्काएको खबर रुँदै फोनमा सुनाइन् । ‘मलाई भोली मार्ने भएका छन्, के गरी हुन्छ बचाऊ भन्दै हुनुहन्थ्यो ।’ उनको जेठा छोरा अमनले सुनाए-’अन्तिम पटक परिवारसँग फोन गर भनेर फान गर्न दिएको कुरा ममीले रुदै सुनाउनुभयो ।’साउदी अरेवियाको दमामस्थित खोरारमा घरेलु कामदारका रुपमा गएको आठ महिनामा त्यस्तो पीडाको फोन सम्पर्क भएपछि परिवारको होसहवास उड्यो ।

उक्त फोन लगत्तै मुनालाई विदेश पठाउने झापा दमक १६ का एजेन्ट रामचन्द्र न्यौपानेकी श्रीमती रविना विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी गरे रविनाले मारेको छैन तीन महिना समय दिन म सम्पर्क गराउँछु भने पनि चार महिना वित्दा सम्म मुनाले फोन पनि गरेकी छैनन् भने रविना पनि फरार भइन् । अहिले उनको खोजी गर्दा उनीहरुले दमक नै छोडेर अन्तै बस्न थालेकोले पिडित परिवार थप समस्यामा परेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
स्याङ्जाको पेलाकोटमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । ४ जना घाईते भएका छन् । पिढीखोलाबाट गल्याङका लागि छुटेको लु ज १०५० नम्वरको महिन्द्रा जीप पेलाकोट गाविस ३ थुममा दुर्घटनाग्रस्त भएको हो ।

जीप सडकबाट झण्डै सय मिटर तल खसेको स्थानीयवासीले जनाएका छन् । दुर्घटनामा परी एक वृद्धाको घटनास्थलमा नै ज्यान गएको हो । मृतकको परिचय नखुलेको र प्रहरीको टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईते ४ जनालाई उपचारका लागि गल्याङ ल्याउने तयारी भईरहेको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
तिम्रो , मेरो मिलन पुरा होला जस्तो छैन
बढ्यो दुरी झन्झन पुरा होला जस्तो छैन

यौटा ताक्ने पश्चिम अर्को पुर्ब दोसाँधमा
अल्झ्यो बाचा बन्धन पुरा होला जस्तो छैन
...
अर्ति दिंदा तिम्लाई जर्ती हुने हुँदा उल्टै
हुन्न क़ुरा मनन पुरा होला जस्तो छैन

हरेक् पल मनमा बोकी शंका उपशंका
धड्की रा'छ धड्कन पुरा होला जस्तो छैन

भए पनि साथमा संगै हुँदा वैमनस्यता
बढ्दै छ याँ तड्पन पुरा होला जस्तो छैन


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
बाह्रमासे फूल बनि फुलें र त भमरा धाए!
यौवनको तरंगमा झुलें र त भमरा धाए!

जिन्दगीको बगैंचामा फक्रिएको यौवन बनि
इन्द्रेणीको रंग सरि खुलें र त भमरा धाए!!

...त्यागिवरी बालपन जवानीको सत्कार गर्न
समयको चक्र संगै घुलें र त भमरा धाए!!

प्रकृतिको रीत मान्दै सत्य तथ्य ग्रहण गरि
हाँसो आँशु एकै साथ तुलें र त भमरा धाए!!

सोह्र पुगी सत्र टेक्न लम्किएको जोवन संगै
चल्चले यो जवानीमा भुलें र त भमरा धाए!!

जति पियो पिउँ लाग्ने जवानीको अतृप्त रस
मायाँ प्रेम हृदयमा हुलें र त भमरा धाए!!


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
बाह्रमासे फूल बनि फुलें र त भमरा धाए!
यौवनको तरंगमा झुलें र त भमरा धाए!

जिन्दगीको बगैंचामा फक्रिएको यौवन बनि
इन्द्रेणीको रंग सरि खुलें र त भमरा धाए!!

...त्यागिवरी बालपन जवानीको सत्कार गर्न
समयको चक्र संगै घुलें र त भमरा धाए!!

प्रकृतिको रीत मान्दै सत्य तथ्य ग्रहण गरि
हाँसो आँशु एकै साथ तुलें र त भमरा धाए!!

सोह्र पुगी सत्र टेक्न लम्किएको जोवन संगै
चल्चले यो जवानीमा भुलें र त भमरा धाए!!

जति पियो पिउँ लाग्ने जवानीको अतृप्त रस
मायाँ प्रेम हृदयमा हुलें र त भमरा धाए!!

Asmi Gm

Neeraj sapkota sahajpur 7 bayala kailali nepal