kailali

Saturday 8 September 2012

http://www.youtube.com/watch?feature=player_detailpage&v=5Om3viNkz2I
<iframe width="640" height="360" src="http://www.youtube.com/embed/5Om3viNkz2I?feature=player_detailpage" frameborder="0" allowfullscreen></iframe>
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

nepali teej song

Neeraj sapkota sahajpur 7 bayala kailali nepalhttp://www.youtube.com/watch?v=5Om3viNkz2I

चीनमा भूकम्पमा परि मर्नेको संख्या ८० पुग्यो


चीनमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या ८० पुगेको छ । दक्षिण पश्चिम चिनको युनान र गुन्जीहाओ प्रान्तको सिमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ७ सय ३० जना घाइते भएका छन् ।
भूकम्पका कारण हिमाली क्षेत्रमा गएको पहिरोले सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । भुकम्पका कारण युनान प्रान्तमा मात्र करिब ७ हजार घरहरुमा क्षति पुगेको छ भने करिब ७ लाख मानिस प्रभावित भएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको र १ लाख मानिसहरुलाई उद्धार गरि सुरक्षित स्थानमा स्थानान्तरण गरेको अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

होसियार ! ट्वाइलेट भन्दापनि फोहोर हुन्छ मोबाइल फोन


तपाइँको मोबाइल फोन वा ट्वाइलेट मध्ये कुन बढि फोहोर होला ? वास्तवमा यो प्रश्न झ्वाट्ट सुन्दा कुनै वाहियात कुरा वा जोक्स जस्तो मात्र लाग्छ । मोबाइललाई ट्वाइलेटसँग दाँज्न कुनै हालतमा मिल्दैन भन्ने हामी सबैले सहजै भन्न सक्छौँ । अर्थात् हामी सबैले सहजै भन्न सक्छौँ मोबाइल होइन ट्वाइलेट फोहोर हुन्छ ।
तर पछिल्लो एक अध्ययनले के देखाएको छ भने हामीले प्रयोग गरिरहने मोबाइलफोन ट्वाइलेट भन्दापनि फोहोर हुन्छ । मोबाइलबाट ट्वाइलेटमा जस्तो दुर्गन्ध आउँदैन तर एउटा ट्वाइलेट सिटमाभन्दा मोबाइल सेटमा किटाणुको संख्या बढि हुन्छ ।
अमेरिकाको एरिजोना विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मोबाइल विभिन्न मानिसको हातमा पर्छ र बेलाबेलामा विभिन्न ठाउँमा राखिन्छ पनि । यसो गर्दा हरेक पटक मोबाइल सेटमा नयाँ किटाणु संक्रमित हुने मौका पाउँछ । विद्युतिय सामान भएकाले यसलाई धोइपखाली गर्ने कुरो भएन । त्यसैले मोबाइल सेटमा दिनदिनै किटाणुको संख्या बढिरहन्छ, अर्थात् मोबाइल सेट किटाणुहरुको घर बन्नपुग्छ ।
पटकपटक हात सफा नगरीकनै मोबाइल समाउँदामात्र होइन फोनमा कुरा गर्दा स्वासको माध्यमले मुखबाट समेत किटाणुहरु मोबाइल सेटमा सरिरहेका हुन्छन् । यसरी मोबाइल सेटमा करोडौँको संख्यामा विभिन्न किटाणुहरु रहेका हुन्छन् जो मध्ये कतिपय हानिकारक समेत हुन्छन्
मोबाइल फोन ट्वाइलेट भन्दापनि फोहोर हुने यो अध्ययनको निचोडपछि अब विश्वमा मोबाइल लगायतका ग्याजेटहरु धुनमिल्ने वा सफागर्न मिल्ने कुनै क्लिनिङ प्रडक्टको उत्पादनमा सम्भवतः केही कम्पनीहरु लाग्ने विश्वास गरिएको छ । केही समयअघि पानीले धुनमिल्ने किबोर्ड उत्पादन भएजस्तै अब पानीले नै सफा गर्न मिल्ने मोबाइल फोनको पनि उत्पादन नहोला भन्न सकिन्न ।
हो, मोबाइल फोन हाम्रो जिवनशैलीको एक अभिन्न हिस्सा बनिरहेको छ । तर यो अभिन्न अंग यतिधेरै फोहोर हुँदोरहेछ की यसले हामीलाई नै गिज्याइरहेको र रोगको खतरा बढाइ रहेको हुँदोरहेछ । तर हामीलाई यो कुराको हेक्का हुँदैन । मोबाइल फोनलाई साँगोपाँगो सफा गर्न मिल्ने कुरो भएन तर बेला बेलामा यसको खोल फेरिरहने, बाहिरी भागमा ओसिलो कपडाले पुछ्ने तथा भित्रीभागमा समेत ब्रसले सफा गर्नु उपयुक्त हुन्छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

तीजको गीतमा यसरी कम्मर मर्काए हमालले (भिडियो र फोटो सहित)


अविवाहीत नायक राजेश हमाललाई यसपालीको तीज मझैले लागेको छ । आमा सरस्वती मुभिजले आयोजना गरेको तीज विशेष कार्यक्रममा हमाल कम्मर मकाई मकाई नाचेका हुन् ।
तीज विशेष कार्यक्रममा अतिथि बनेर पुगेका हमालले उपस्थित महिलाहरुसँगै कम्मर मर्काए र नाँचे । हमालसँग नाच्नका लागी महिलाहरुले पनि तछाडमछाड नै गरे। कार्यक्रमको सुरुवातदेखि नै विभिन्न गायक तथा गायीकाको भाकामा थपडी बजाउदै रमाएका हमालको मन थामिन सकेन ।
यसपछि स्टेजमा उक्लीएर उनले आफ्नो नृत्यको रहरलाई पुरा गरेका हुन् । कार्यक्रममा नायक राजेश हमालले आफ्नो विहे नहुनको कारण पनि खोले । उपस्थित महिलाहरुलाई दिदी बहिनी भनेर सम्बोधन गरेपछि उनले भने, पुर्वदेखि पश्चिमसम्मका सबै महिलाहरुलाई दिदी बहिनी भनेकै कारणले होला मेरो हालसम्म बिहे हुन नसकेको । तर हमालले बिहे कहिले हुन्छ भनेर कुनै मिति भने खुलाएनन् ।
आखीर हमाल कसरी नाचे त, हेर्नुहोस् यो भिडियो :


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

चम्ल्याहा चिन्ने चिनियाँ काइदा (फोटो फिचरसहित)


धिकांश मानिसहरु जुम्ल्याहा भाईलाई चिन्न नसकेर झुक्निछन् । नेपालमा जुम्लाह छोरा भए राम-लक्ष्मण त छोरी भए गंगा-जमुना जस्ता नाम राखिन्छ । तै पनि कुन राम र कुन लक्ष्मण भनेर छुट्याउन कहिलेकाँही गाह्रो हुन्छ ।
चीनको शेनझेन शहरमा एक परिवारले आफ्ना चम्ल्याहा सन्तानलाई चिन्न नयाँ तरिका अपनाएको छ । ६ वर्ष उमेरका चार भईलाई चिन्न अभिभावकले कपाल कटाईमा यस्तो अनौठो तरिका अपनाएका छन् । चार भाईको नाम जिआंग युंलाँन्ग, जिआंग युंझिओ, जिआंग युहान र जिआंग यंलिन छन् ।
उनीहरुको अनुहार यस्तो छ क कहिले काहीं बाबु-आमाले धोका खान्छन् । जब उनीहरुलाई स्कुलमा भर्ना गरियो, शिक्षक र विद्यार्थीहरुले पनि छुट्याउन सकेनन् । त्यसपछि अविभावकले नयाँ तरिका निकालेका हुन् । अविभावकले उनीहरुको कपाल काट्दा १, २, ३ र ४ नम्बर बनाएका छन् । ता कि उनीहरुलाई नम्बर हेरेरै चिन्न सकियोस् ।
समाचारमा जनाइएअनुसार उनीहरुको परिवारको आर्थिक अवस्था त्यति राम्रो छैन् । तर, चार भाईलाई राम्रो शिक्षा दिने परिवारको चाहना छ । उनीहरुकी आमा भन्छिन्-’सबै बच्चा लेखपढ गरेर संसारमा नाम कमाउन् ।
 


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

गायिका अन्जु पन्त क्रिस्चियन बनिन्


चर्चित गायिका अन्जु पन्त उनको स्वरका कारणमात्र चर्चामा छैनन् । कहिले पतिसँगको सम्बन्ध, कहिले इन्टरेनटमा भेटिएका आपत्तिजनक तस्वीरको बिबाद त कहिले जाँडपानीका कुरा ।
पछिल्लोपटक अन्जुले आफुले धर्म परिवर्तन गरेको गुह्य खोलेकी छिन् । अन्जु क्रिस्चियन बनेको डेढ बर्ष भइसकेको आइतवार प्रकाशित नेपाल साप्ताहिकले छापेको छ । ‘सानैदेखि त्रिस्चियन धर्मप्रति रुची भएपनि अंगाल्न सकेकी थिइन’- अन्जुले भनिन- गीतसँगीतको सुरुवात नै मैले प्रभुका तीनवटा गीत गाएर गरेकी थिएँ ।’
उनी हरेक साताको शनिवार र बिहीवार वालाजु चर्चमा जान्छिन् । फुर्सद भयो भने यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सरिक हुन्छिन् । उनले आफ्नो सफलता र आत्मसन्तुष्टिको श्रेय पनि प्रभुलाई दिन्छिन् । अन्जुका सानाबा र सानीआमा बीरगंजस्थित चर्चका पास्चर बा र आमा छन् । उनैको प्रेरणाले अन्जु त्रिस्चियन बनेको हुन् । उनका दुई दिदी, दुई दाजु र आमा पनि त्रिस्चियन छन् ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नेपाली गायक गायिकाको आवाज भारतीय टेलिभिजनमा


भारतीय गायक तथा गायिकाको आवाजमा समावेश थुप्रै हिन्दी गीत नेपालका टेलिभिजनमा वर्षौ अघिदेखि घन्किरहेका छन् । तर अब नेपाली गायक तथा गायिकाको आवाज भरिएका गीत भारतीय टेलिभिजनमा पनि गुञ्जने भएको छ ।
राजु गिरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘पाण्डे द किलर’ नेपाली र हिन्दी भाषामा तयार हुदैछ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भर्ने पक्का भैसकेको छ ।चलचित्रका लागी हिन्दी र नेपाली दुवै भाषामा गीत तयार हुने जानकारी अर्जुनले गराए । दुवै भाषामा संगीत गर्न पाउँदा आफूलाई निक्कै खुशी लागेको संगीतकार पोखरेलले बताए । अजुर्नका अनुसार नेपाली भाषामा भारतीय गायक गायिकाको आवाज रहनेछ । यस्तै हिन्दी भाषामा तयार हुने गीतमा नेपाली गायक तथा गायिकाले आवाज भर्नेछन् ।
हिन्दी भाषामा तयार भएका गीतलाई भारतका चर्चित दुई कम्पनी टी सीरीज र ईरोजमध्ये एकले खरिद गर्ने पक्का भएको छ । चलचित्र ‘पाण्डे द किलर’ को हिन्दी संस्करण भारतका विभिन्न हलमा प्रदशन हुने निर्माणपक्षको भनाइ छ । हिन्दी भाषाको प्रोमो तथा गीत भारतीय संचारमाध्यममा समेत बज्ने निर्माणपक्षको भनाइ छ ।
चलचित्रको नेपाली संस्करणमा नेपाली कलाकार र भारतीय संस्करणमा भारतीय कलाकारको अभिनय रहनेछ । चलचित्रलाई भारतमा बस्दै आएका दिनेश अर्यालले निर्माण गर्न लागेका हुन् । चलचित्र ‘पाण्डे द किलर’ को छायांकन आगामी असोज २० गतेबाट  हुदैँछ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

काठमाडौँ-हेटौंडा सुरुङ मार्ग निर्माण कात्तिकबाट


२३ भदौ, काठमाडौं । सरकारले उच्च प्राथमिकतामा राखेको काठमाडौँ-हेटौंडा सुरुङ मार्ग निमार्ण आगामी कात्तिकबाट सुरु हुने भएको छ ।
सरकारले निजी क्षेत्रलाई आयोजना निर्माणमा लागि अनुरोध गरेबमोजिम काम अगाडि बढाउन लागिएको हो । केही समय पहिले मात्रै आयोजनाको स्थलगत अध्ययन सम्पन्न भएको हो । काठमाडौँ, भिमफेदी, कुलेखानी, सिस्नेरी हुँदै मकवानपुरको हेटौंडा जोड्ने सुरुङमार्ग बनाउने काम आउँदो कात्तिकदेखि सुरु हुने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जनाएको छ ।
सरकारले सुरुङमार्ग निर्माण गर्न निजी क्षेत्रलाई जिम्मा दिएपछि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काम सुरु गरेको हो । हेटौंडाबाट भिमफेदीसम्म २१ किलोमिटरको सडक, तीन किलोमिटरको सुरुङ र कुलेखानीबाट काठमाडौँसम्म २४ किलोमिटरको सडक निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिनुभयो । अहिले काठमाडौँ, भिमफेदी, कुलेखानी हुँदै हेटौंडा पुग्ने सडक मार्ग करिब ८० किलोमिटर लामो छ भने सुरुङमार्ग निर्माण भइसकेपछि ४८ किलोमिटरमा झर्नेछ ।
२० अर्बको लगानीमा निर्माण हुन लागेको सुरुङमार्ग निर्माणका लागि स्थानीय जनतालाई पनि निर्माणमा सहभागी गराउन सेयर जारी गरिने भएको छ । 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बस दुर्घटनामा १२ जनाको मृत्यु


२४ भदौ, गुल्मी । गुल्मीमा आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको  छ । गुल्मीबाट काठमाण्डौं आउँदै गरेको लु १ ख ५५८३ नम्बरको बस श्रृंगामा दुर्घटना भएको हो । मृतक मध्ये चार जनाको परिचय खुलेको छ । दुर्घटनामा गुल्मीका लालकुमार श्रेष्ठ र लक्ष्मी खनाल तथा अर्घाखाँचीका रणाबहादुर क्षेत्री र चन्दा भुसालको परिचय खुलेको प्रहरीले जनाएको छ । बस भिरमा अड्किएको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब दुर्इ सय मिटर तल खसेको छ । बसले २० जनाको चलान लिएर आउँदै गरेको बतार्इएको छ । घाइतेको उपचारका लागि पाल्पाको मिसन अस्पताल लाँदै गरेको पनि प्रहरीले जनाएको छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

चढ्ने होइन त विश्वको सबैभन्दा लामो बस ?

के तपाइँलाई विश्वको सबैभन्दा लामो बसमा यात्रा गर्ने मन छ । यदि छ भने तपाइँको इच्छा अब पूरा हुने भएको छ तर मनको इच्छा पूरा गर्न तपाइँ जर्मनी जानुपर्नेछ ।
हो दुनियाको सबैभन्दा लामो बस अब तपाइँलाई यात्रा गराउनका लागि तयार भएको छ । यो बस १ सय १ फुट लामो छ भने यसलाई बनाउन झण्डै ९० करोड रुपैयाँ खर्च भएको छ ।
यो बसमा एक चोटीमा २ सय ५६ जना यात्रुले यात्रा गर्न सक्छन् । असाध्यै लामो यो बसलाई सडकमा नियन्त्रणमा राख्नका लागि रेलजस्तै गरी तिन भागमा बाँडिएको छ । यी ३ डिब्बालाई यसरी जोडिएको छ की कुनै मोडमा यी छुट्टाछुट्टै गरी मोडिन सक्छन् ।
अझ अनौठो कुरा त के भने बसलाई नियन्त्रणमा राख्नका लागि ४ वटा स्टेरिङ राखिएको छ । यो बस जर्मनीमा तयार गरिएकेा हो र यसलाई परीक्षणका लागि जर्मनकी ड्रेसडेनमा चलाइँदैछ । चीनले पनि यस्तो बस चलाउने चाहना राखेर जर्मनीको उक्त बस निर्माता कम्पनीलाई केही बसको अर्डर दिइसकेको छ ।
बस बनाउने कम्पनीले आफ्नो यो लम्बेतान बसले ट्राफिक व्यवस्थामा कुनै असर नपूराउने दाबी गरेको छ । चालकको पुर्ण नियन्त्रण मा रहने गरी बसको डिजाइन गरिएको उसको दाबी छ । यसलाई सजिलैसँग मोड्न सकिने कम्पनीको दाबी छ ।
स्मरण रहोस् विश्वमा अहिलेसम्म ८२ फुट लामो चिनिया बस नै सबैभन्दा लामो बसको रुपमा रहेको छ ।  त्यसअघि लण्डनमा पनि त्यस्तो लामो बस चलेको थियो । तर लामो बसले दर्ुघटना बढि गराएपछि त्यस्ता लम्बेतान बसको संचालनमा रोक लगाइएको थियो । हेरौँ अब यो जर्मन बसले कत्तिको सफलता प्राप्त गर्नसक्छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बिहेका लागि नयाँ वर्ष कुर्दै राजेश हमाल

बिहे गर्नका लागि सबैका आआफ्नै रोजाईको महिना हुन्छ । नेपाली सिनेमाका चर्चित नायक राजेश हमालले चाहिँ वैशाख महिनामा बिहे गर्ने सोचाई राखेको बुझिएको छ ।
आफूलाई जाडो मौसम मन नपर्ने भन्दै हमालले गर्मी मौसममा बिहे गर्न लागेका हुन् । गर्मी महिनाको रुपमा उनले वैशाखलाई रोजेका छन् । गर्मीले मात्र साथ दिएर पुग्दैन, प्रेमिकाको पनि साथ चाहिन्छ । प्रेमिकाले धोका नदिए हमालले २०७० सालको बैशाखमा विहे गर्ने तयारी कसेका छन् ।
विराटनगरकी मधु भट्टराईसँग प्रेम चक्करमा परेका नायक हमाल बिस्तारै सिनेमा भन्दा सामाजीक कार्यमा सक्रिय हुन थालेका छन् । सिनेमाबाट विस्तारै विश्राम लिँदै हमाल घरजम गर्ने तयारीमा लागेका हुन् ।
तर विहेका लागी हमालले गर्मी मौसम खोज्नुको रहस्य भने अचम्मको छ ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

जुकरबर्ग विरुद्ध नक्कली फेसबुक पेज बनाएको आरोप


नक्कली पेज खोलिदिएर आफ्नो प्रतिष्ठामा ठेस पूराएको आरोप लगाउँदै एक जना भारतीय युवाले सोसल नेटवर्किङ साइट फेसबुकका संस्थापक मार्क जुकरबर्ग विरुद्ध अदालतमा मुद्दा हालेका छन् । आफ्नो फर्जी पेज बनाइदिएर प्रतिष्ठामा खेलवाड गरेको दाबी गर्दै प्रदीपले भारतीय अदालतमा मुद्दा दायर गरेका हुन् ।
३१ वर्षका प्रदीप उनै व्यक्ति हुन् जसमाथि जुकरबर्गलाई विभिन्न सन्देश पठाएर दुख दिएको आरोप लागेको थियो । प्रदीपले आफुलाई अनावश्यक सन्देश तथा इमेल पठाएर दुख दिएको भन्दै गएको फेब्रुअरीमा जुकरबर्ग स्वयं प्रदीप विरुद्ध अदालतमा गएका थिए । जुकरबर्गले अदालतसामु प्रदीप मनुकोँडाबाट आफ्नो सुरक्षामा खतरा पैदा भएको दाबी गरेका थिए । जुकरबर्गको उजुरी मुताविक अदालतले प्रदीपका नाममा निरोधक आदेश जारी गरेको थियो । अदालती आदेश पछि अमेरिकामा बस्दै आएका प्रदीप भारत फर्किनुपरेको थियो ।
सायद जुकरबर्गमाथिको रिस पोख्न वा बदला लिनका लागि होला अहिले प्रदीपले जुकरबर्ग विरुद्ध अदालतको ढोका ढक्ढकाएका छन् । प्रदीपका अनुसार जुकरबर्गले उनीविरुद्ध ‘युद्ध’ छेडेका थिए ।
वेबसाइट टिएमजेका अनुसार मनुकोँडाले जुकरबर्ग विरुद्ध घात गरेर पिठ्यूँमा छुरा धसेको आरोप लगाएका छन् । प्रदीपले दाबी गरेका छन् की जुकरबर्गले उनको फर्जी फेसबुक पेज बनाइदिएर उनी अलकायदाका सदस्य भएको कुरा पोष्ट गरिदिए । प्रदीपले जुकरबर्गबाट भैरहेको आफ्नो प्रतिष्ठामाथिको हमला रोक्न अदालतसमक्ष आदेशको माग गरेका छन् । प्रदीपको मुद्दामा आउँदो हप्ता सुनुवाइ हुनेछ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

टम क्रुजको होटलमै बेइज्जती

हलिउड अभिनेता टम क्रुज निकै ह्याण्डसम मात्र छैनन् निकै घमण्डी पनि छन् । उनले आफ्नो चकलेटी स्वरुप प्रसिद्धीको गलत प्रयोग गर्न समेत पछि पर्दैनन् । उनी यति घमण्डी छन् की उनले अरु मान्छेलाई आफुभन्दा सधै तल देख्छन् र आफ्नो दाँजोमा कोही पनि आउन नसक्ने ठान्छन् ।
सायद यस्तै घमण्डका कारण होला उनलाई र्सवसाधारणले उतिसारो रुचाउँदैनन् र उनका फ्यान पनि कम नै छन् । उनको स्वभाव यति विचित्रको छ की कहिलेकाहीँ कुनै होटलमा एक्लै खाना खान जाँदा त्यहाँका होटल मालिकलाई होटलभित्र रहेका सबै पाहुनालाई बाहिर निकाल्न निर्देशन दिन्छन्, र सबै मान्छेलाई बाहिर निकालिएपछि मात्र आफु भित्र छिरेर मस्ती गर्छन् ।

उनले धेरैपटक यस्तो गरिसकेका छन् । तर हालै भने उनको यस्तो हरकत असफल मात्र भएन उनको ठूलै बेइज्जती पनि भयो । हालै मोन्टेनेग्रोको एक होटलमा पाहुनालाई बाहिर धपाएर आफु भित्र छिर्ने टमको योजना निस्फल भयो । उनले आफु आउन लागेको भन्दै बुटिक फोर्जा मेयर होटलका म्यानेजरलाई होटलमा रहेका मानिसलाई बाहिर निकाल्न अह्राएका थिए । तर टमको उक्त निर्देशनलाई होटलका म्यानेजरले पूरै इन्कार गरे । म्यानेजरले टमलाई मुखमुखै जवाफ दिए र भने तिमी आखिर को हौ – र आफुलाई के सम्झन्छौ -
आफ्नो दम्भ तोडिएपछि टम हेरेको हेर्यै मात्र भएनन् लाजले रातोपिरो भए । होटलमा भरिभराउ रहेका पाहुनालाई निकालेर टम क्रुजलाई हुल्नु सायद उक्त होटलको लागि नैतिकताको विषय थिएन, त्यसैले टमको निर्देशनलाई लत्याइदियो ।
चर्चित हुँ र शक्तिशाली छु भन्दैमा जे पनि गर्न खोज्ने टम क्रुजको घमण्ड तोडिदिएकोमा होटलका म्यानेजरलाई धन्यवाद ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

गुलावको फूल टिपी दिन मन लागेको छ


गुलावको फूल टिपी दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ

डर लाग्छ सम्बन्ध नै टुटी जाने होकी त्यसै
तर कति राखुँ चाहा लुकाएर छोपी यसै

मनको यो गाँठो फुकाई दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ

दिलको ठाऊँ सजाएर तिम्रै निम्ति राखी सकें
थाहा पाको छकी छैनौ इसाराले डाकी सकें

धेरै धेरै धेरै माया दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ

गुलावको फूल टिपी दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ

Neeraj sapkota sahajpur 7 bayala kailali nepal


श्रीलंकामा जारी दोस्रो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । उपाधि जित्ने लक्ष्यका साथ कोलम्बेा पुगेको नेपालले आज भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ८-० गोल अन्तरले पराजित गरेको छ ।

सीआर एन्ड एफसी मैदानमा भएको खेलमा नेपालले पाकिस्तानमाथि गोलको वषर्ा नै गरेको थियो । नेपालका लागि कप्तान जमुना गुरुङ एक्लैले ५ गोल गरिन् भने अनु लामाले २ तथा दीपा अधिकारी र र सजना रानाले समान १-१ गोल गरिन् ।

समूह बीमा रहेको नेपालले समूह चरणमा माल्दिभ्स र अफगानिस्तानको सामना गर्नु पर्नेछ । प्रतियोगिता अन्तर्गत आजै हुने अर्को खेलमा अफगानिस्तानले माल्दिभ्सको सामना गर्नेछ ।


सीआर एन्ड एफसी मैदानमा कप्तान जमुना गुरुङ एक्लैले चार गोल गरिन् । उनले ३७ औं मिनेटमै ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो साफमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनले नेपालको लागि हालसम्म २१ गोल गरिसकेका छन् । यो गोल संख्या नेपाली फुटबलरले गरेको हालसम्मकै सर्बाधिक हो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

आमा,

हजुरलाई छोडी आए आमा, प्रदेशको यो ठाउँमा ,
मै गरिबको मर्म बुझेनन् कसैले, आफ्नै त्यो गाउँमा ,

निष्ठुरी रहेछन् दुनियाँ आमा, अहिले पो बुझ्दैछु ,
यही निष्ठुरी दुनियाँ संग, साहस जुटाई जुध्दैछु ,

मेरा यहाँ खाडीको बिचमा, बाँच्ने दिनहरु घट्दैछ ,
साहु संग लिएको, ऋणको ब्याज दिनहुँ बढ्दैछ ,

कस्तो रहेछ, मेरो जीवन, सधै दु:ख मै बित्ने होकी ?
डर लाग्छ यो शरीर पनि यही माटोमा मिट्ने होकी ? 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

फरक फरक आशसनमा सेक्स गर्दा स्वादिलो हुने


लोकगीतका म्युजिक भिडियोमा मात्र हैन उनको माग बिदेशका कार्यक्रमहरुमा पनि उत्तिकै हुन्छ । श्रीमानसँगको डिभोर्सदेखि नृत्य निर्देशकसँगका सम्बन्धका हल्लाले चर्चामा आइरहने उनै सम्झनाले सेक्सका आसनबारे खुलेर कुरा गरेकी छन् ।

लोकगीतकी मोडल सम्झनाले आफुले थुप्रै आसनमा सेक्सको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा सेक्स गर्दा स्वादिलो हुने बताएकी छन् ।

सेक्सलाई दुई आत्माको मिलन र शरिरले शरिरलाई स्पर्श गर्ने मिठो प्रकृया भएको बताउने सम्झना भन्छिन- ‘मन मिलेपछि सेक्स खासै ठूलो कुरा हैन, रिलेसनलाई पछिसम्म कायम राखिन्छ भने बिहेपूर्व पनि सेक्स गरे भइहाल्यो नी ।’

सेक्सबिनाको लाइफ कल्पना पनि गर्न नसक्ने सम्झनाले शरिरले मागेअनुसार सेक्स गर्नुपर्ने बताउँछिन् । तेस्रो लिंगीले गर्ने सेक्सलाई अप्राकृति भन्नेहरु प्रति पनि उनको गुनासो छ । भन्छिन- आत्मसन्तुष्टी ठूलो कुरा हो, अप्राकृतिक भन्न मिल्दैन् ।’

सम्झना ओरल सेक्स अर्थात मुख मैथुनमा पनि उदार रहिछन् । भन्छिन- ‘ओरल सेक्सलाई पोजेटिभली लिन्छु, जसरी सन्तुष्ट भइन्छ त्यसरी गर्ने हो सेक्स ।’

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

आसमान जितने सितारे हैं तेरी महफ़िल में
अपनी तक़दीर का ही कोई सितारा न हुआ

लोग रो-रो के भी इस दुनिया में जी लेते हैं
एक हम हैं कि हंसे भी तो गुज़ारा न हुआ

Neeraj sapkota sahajpur 7 bayala kailali nepal