kailali

Monday 10 September 2012

गर्लफ्रेन्डलाई जाँच्ने खतरनाक काइदा



आफ्नो प्रेमी वा प्रेमिकाले आफुलाई कत्तिको माया गर्छ भन्ने कुरा जाँच्न तपाइँ के गर्नुहुन्छ ? यदि मायालुको परीक्षा गर्ने उपाय जान्नुभएको छैन भने तपाइँका लागि राम्रो टिप्स प्राप्त भएको छ । रुसका एक जना युवकले प्रेमिकाको परीक्षा लिन यस्तो अनौठो तथा मुर्खतापूर्ण शैली अपनाएका छन् जसले प्रेमका खातिर मान्छेले कतिसम्म जोखिम मोल्न तयार हुँदो रहेछ भन्ने कुरा प्रष्टै पारेको छ ।
रुसको ओम्स्क शहरमा बस्ने एलेक्सी बायकोब नामका युवकले आफ्नी प्रेमिकाले आफुलाई कति मायाँ गर्छिन् ? भन्ने कुरा थाहा पाउन आफ्नै ज्यान जोखिममा पारे । यदि धेरै माया गर्ने थाहा पाएमा बिहेको प्रस्ताव गर्ने निधो गर्दै उनले कार दुर्घटनामा परी मरेर मायालुको मनमा रहेको मायाँ जाच्ने कोसिस गरे र त्यसमा सफल पनि भए ।
३० वर्षीय बायकोबले यसका लागि एक फिल्म शुटिङ युनिटलाई भाडामा लिए । जसमा निर्देशक, स्टन्टमेन अर्थात् खतरनाक दृश्य गर्ने व्यक्ति तथा मेकअप आर्टिस्ट र स्त्रिmप्ट राइटर लगायतका थिए । उनलाई एक कार दुर्घटनाको दृश्य तयार गर्नुथियो, जुन दुर्घटनामा परी बायकोवको मृत्यु हुन्थ्यो ।
फिल्म युनिटले बायकोबको योजना मुताविक वास्तविक तरिकाबाट यस्तो दृश्य तयार पारे ता की बायकोबकी प्रेमिकालाई यो सबै बनाबटी र नियोजित हो भन्ने कुराको रत्तिभर पनि सुइँको नहोस् ।
योजना मुताविक दुइ कार एक आपसमा ठोक्किए । चारै तर्फ धुवाँको मुस्लो निस्कियो र दुर्घटनामा गम्भीर घाइते भएका बायकोबको मृत्यु भयो ।
घटनामा आफ्ना प्रेमीको निधन भएको देखेर प्रेमिका रोइकराइ गर्न थालिन् । उनी निकै नै रुन थालेपछि दुर्घटनामा परेर मरेका भनिएका बायकोब जुरुक्क उठेर उनलाई अंकमाल गरे । आफु मरेको नाटक गर्दा प्रेमिकाको बिलौना सुनेपछि उनलाई पक्का भयो की प्रेमिकाले उनलाई साँच्चीकै माया गर्दिरहिछन् । त्यसपछि उनी ढुक्क भएर प्रेमिकालाई बिहेको प्रस्ताव गरे ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

दिनभर यौन उत्तेजना, सयचोटी चरम आनन्द



अमेरिकामा एकजना यस्ती महिला छिन् जसलाई दिनभरी नै यौन उत्तेजना हुन्छ र सामान्य मैथुनबाटै उनले दिनमा कम्तिमा १ सय चोटी चरम आनन्द प्राप्त गर्न सक्छिन् ।
अमेरिकाको न्यू जर्सीस्थित मोन्टक्लेमा बस्ने ४४ वर्षकी किम राम्से नामकी महिला आफ्नो अविरल यौन चाहनाका कारण दिक्क छिन् । उनलाई सामान्य काम गर्दा पनि यौन उत्तेजना बढिहाल्छ र योनीमा अलिकति घर्षण हुने बित्तिकै चरम सुख अर्थात् क्लाइमेक्स प्राप्त हुन्छ ।
सामान्य व्यायाम गर्दा, गाडी चलाउँदा, बसमा चढ्दा तथा घरायासी काम गर्दा समेत उत्तेजना तथा चरमसुखको अनुभुति हुने उनी बताउँछिन् । यस्तो अनौठो यौन राक्षसी अवस्थाका कारण उनी निकै पीडित तथा थकित बनेकी छिन् भने जिन्दगीमा राम्रो जिवनसाथी पनि पाउन सकेकी छैनिन् ।
‘अरु महिलालाई कसरी चरमसुख प्राप्त गर्ने भन्ने चिन्ता हुन्छ, तर मलाई भने यस्तो क्लाइमेक्स कसरी रोक्ने भन्ने चिन्ता छ’, किमलाई उधृत गर्दै एक पत्रिकाले लेखेको छ ।
किमलाई वास्तवमा उपचार नै नभएको एक जन्मजात स्वास्थ्य समस्याका कारण यस्तो भएको हो । उनलाई पर्सिस्टेन्ट जेनिटल एरोउजल डिस्अर्डर भन्ने स्वास्थ्य समस्या छ, जसको उपचार सम्भव छैन । उनका स्नायुमा फोका जमेकाले यस्तो समस्या देखिएको चिकित्सकहरुको भनाइ छ ।
सन् २००८ देखि उनलाई यस्तो समस्या देखिन थालेको रहेछ । आफ्ना प्रेमीसँग सेक्स गर्दा खेरी उनले आफ्नो यस्तो समस्याका बारेमा थाहा पाइन् । त्यसबेला उनलाई ४ दिनसम्म लगातार यौन उत्तेजना तथा चरम आनन्दको अनुभुति भएछ । उनलाई त्यो बेला आफु बहुलाएको जस्तो भान भएछ । अरु नयाँ केटाहरुसँगको सम्बन्धमा पनि उनलाई त्यस्तै भयो, जसका कारण सबै केटाहरुले उनलाई छाडे । हुँदाहुँदा त भुइँमा बस्दा पनि उत्तेजनाले सताउँछ उनलाई आजकल । हरे शिव, कस्तो झण्झट ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नायिका नआउँदा नेतालाई खल्लो


सिनेमा रिलीजको समयमा कलाकारले साथ नदिादा निर्माणपक्ष निक्कै तनावमा पर्दै आएका घटना नेपाली चलचित्रका लागि नयाँ होईन । सोमबार काठमाण्डौमा आयोजना भएको चलचित्र ‘ब्ल्याक मेल’ को पत्रकार सम्मेलनमा पनि यही वास्तविकता दोहोरियो ।
साढे २ बजेका लागि आयोजना गरिएको पत्रकार सम्मेलन पौने चार बजिसक्दा पनि सुरु भएन । झण्डै डेढ घण्टा सबैले नायक, नायिकालाई पर्खेर बसे । जीवन लुईंटेल, सुमन सिंह, स्वेता भट्टराई कोही पनि कार्यक्रममा नआएपछि निर्माण पक्ष तनावमा परेको हो ।
‘सुमन सिंहले आउाछु भन्दै थिए, अहिले फोन नै उठाउन छोडे’ चलचित्रका निर्देशक मधुसुदन भट्टराई तनावमा भन्दै थिए । निर्माता शरद अधिकारी एक जना कलाकार बिना के पत्रकार सम्मेलन गर्नु भन्दै चिन्तित थिए । निर्धारीत समय भन्दा १ घन्टा ढिलो भएपछि पत्रकारहरुले निर्माणपक्षलाई कार्यक्रम सुरु गर्न आग्रह गरिरहेका थिए । निर्माता निर्देशक कलाकार बिना कार्यक्रम सुरु गर्ने पक्षमा देखिएनन् ।
निर्धारीत समय भन्दा झण्डै डेढ घन्टा ढिलो नायक जीवन लुईटेल आएपछि निर्माणपक्षले लामो सास फेर्यो । नायक आएपनि नायिका भट्टराई भने उपस्थित भइनन् । कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर यादवलाई नायिका छेउँमै नपाउँदा चिन्ताले सतायो । उनले मुखै खुलेर भने, ‘नायकलाई त छेउँमै पाए, नायिका नहुदा खल्लो लागिरहेको छ ।’
सिनेमा खेल्ने तर प्रचारप्रसारमा बेवास्ता गर्ने कलाकारको बानीले दुःख पाएको निर्माण पक्षको गुनासो छ ।
भदौ २९ गतेबाट रिलीजमा आउन लागेको यो चलचित्र मसलेदार रहेको निर्देशक मधुसुदन भट्टराईले जानकारी गराए । ‘मैले कुनै नयाा खालका विषयवस्तु रोजेको छैन, तर प्रस्तुतिमा नयाापन दिन खोजेको छु’ भट्टराईले पत्रकार सम्मेनलमा भने ।
निर्माता शरद अधिकारीले सिनेमाभित्र द्वन्द्व, थि्रलर, सस्पेन्स र प्रेमको मसला घोलिएको बताए । कार्यक्रममा चलचित्रको अडियो एल्बम पनि बिमोचन गरियो । अर्जुन पोखरेल र विपिन आचार्यले संगीत भरेको चलचित्रमा ४ वटा गीत समावेश छन् । चलचित्रका गीतसंगीतले बजारमा राम्रो चर्चा पाएकोमा संगीतकार पोखरेलले खुशी व्यक्त गरे ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बिपासालाई ‘किस’ भन्दा ‘सेक्स’ सजिलो


काली बिरालीको नामले समेत चिनिने बलिउडकी बिकिनी गर्ल अभिनेत्री बिपासा बसुले सेक्सको विषयमा आफ्नो चाहना खुलस्त पारेकी छिन् ।
एक अन्तरवार्ताको क्रममा बिपासाले आफुलाई चुम्बन गर्नभन्दा सेक्स गर्न सजिलो लाग्ने बताएकी हुन् । आफुलाई शारीरिक सम्बन्ध राख्न कुनै अप्ठेरो नहुने र आफुलाई शारीरिक सम्बन्धको कुराले कुनै फरक पनि नपार्ने भन्दै उनले चुम्बन गर्ने कुरा भने आफुलाई झण्झट लाग्ने बताइन् । सेक्स भन्दा चुम्बन बढि अन्तरंग विषय भएको भन्दै उनले आफुलाई फिल्ममा सेक्स दिन दिन अप्ठेरो नलाग्ने तर चुम्बनका दृश्य दिन भने निकै असजिलो हुने दाबी गरिन् ।
उनले फिल्म बचना ए हसिनोमा रणविर कपूरसँग चुम्बन गर्न नमानेको प्रसँग कोट्याउँदै त्यसबेला आफुले डाइरेक्टरलाई ‘बरु सेक्स सिन गर्छु तर चुम्बन गर्दिन’ भन्ने जवाफ दिएको बताइन् ।
तर हिरोइन भएपछि सबै कुरा आफुले चाहेजस्तो कहाा हुन्छ र उनले धेरै फिल्ममा प्रसस्तै चुम्बन दृश्य दिएकी छिन् ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

माधुरीलाई एक दिनको १ करोड


बलिउडकी भेट्रान अभिनेत्री माधुरी दिक्षितको भाउ छोइनसक्नु रहेको कुरा पछिल्लो घटनाले पुष्टि गरेको छ । उनले मात्र एक दिनको कामका लागि १ करोड भारु पारिश्रमिक पाउने भएकी छिन् ।
आखिर कस्तो कामका लागि होला यतिविधि धन ? भन्ने जिज्ञासा तपाइँमा उत्पन्न हुनु स्वभाविकै हो । सायद कुनै फिल्ममा अभिनय गर्नका लागि वा कुनै कार्यक्रममा नाच्नका लागि पो हो की भन्ने लख पनि काट्नुहोला । तर उनले यतिधेरै रकम पाउन लागेको न कुनै फिल्ममा अभिनय गर्नका लागि हो, न कुनै स्टेज कार्यक्रमका लागि हो । उनले त एक टेलिभिजन रियालिटी शो मा एक दिनका लागि जज बनिदिएबापत यत्रो रकम पाउने भएकी हुन् ।
कलर्स टेलिभिजनको डान्स रियालिटी शो झलक दिखाला जा मा निणर्ायकको कुर्सीमा बसिदिएबापत माधुरीले हरेक एपिसोडको १ करोड भारु पाउनेछिन् । हप्तामा २ दिन प्रशारण हुने यो नाच शो निकै चर्चित कार्यक्रम हो ।
नर्तकी परीको रुपमा चिनिने माधुरी दीक्षितले कुनै बेला बलिउडमा राज गरेकी भएपनि बिहेपछि भने उनले उत्कृष्ट पुनरागमन जनाउन सकेकी छैनिन् । उनको पछिल्लो बलिउड फिल्म सन् २००७ को आज नाचले हो ।
स्मरण रहोस् झलक दिखाला जा को अघिल्लो वर्षको चौथो संस्करणमा पनि माधुरीले निणर्ायकको भूमिका निर्वाह गरेकी थिइन् । उनी निणर्ायक मात्र नभएर बेलाबेलामा स्टेजमा आएर प्रतियोगी र पाहुनासँग समेत कम्मर मर्काएर नाच्ने गरेकाले चौथो संस्करणमा पनि निकै लोकपृय बनेकी थिइन् ।
माधुरीले एक एपिसोडको एक करोड पाउने चर्चा बजारमा चलेपनि कलर्स टेलिभिजन र माधुरी दीक्षित आफैले भने यसबारेमा केही पनि बोलेका छैनन् ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

रेखाको लविङमा सञ्चारमन्त्रीको हाँसो


चलचित्र विकास वोर्डको अध्यक्ष बन्नका लागी लविङ गरिरहेकी नायिका रेखा थापाको दौडधुप देखेर सञ्चारमन्त्री राजकिशोर यादव अचम्ममा परेका छन् । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्रि डाक्टर बाबुराम भट्टराईलाई रेखाले भेटेर लबिङ गरिसकेकी छिन् ।
तर संचारमन्त्रि रेखालाई विकास वोर्डको अध्यक्ष बनाउने सुरमा छैनन् । श्रोतका अनुसार रेखाको लबिङ देखेर सञ्चारमन्त्री राजकिशोर यादव छक्क छन् । श्रोतका अनुसार बिकास बोर्डमा अध्यक्ष आफुले पठाउँने भन्दै रेखाले प्रचण्ड र बाबुरामलाई भेटेर केही नहुने यादवको भनाई छ ।
अध्यक्ष प्रचण्डले रेखाको नाम सञ्चारमन्त्रीलाई सिफारीश गरेका थिए । तर संचारमन्त्रि यादव भने रेखाको नाममा सकारात्मक छैनन् । यस्तै बोर्डको अध्यक्ष पदका लागी सञ्चारमन्त्री का कानुनी सल्लाहाकार सुरेश कार्कीको नाम पनि सुचिमा नरहेको वुझिएको छ । यसैले पनि बोर्डको नेतृत्व कसले गर्छ भन्ने अन्यौल केही समय लम्बिने निश्चित छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

राजेश हमालको बैनीको निधन


नायक राजेश हमालले धर्म बैनी मान्दै आएकी मैनाको निधन भएको छ । उनको सोमबार बिहान १ बजे निधन भएको हो । निमोनियाबाट पिडित मैनाको शंकरापुर अस्पताल जोरपाटीमा निधन भएको हो ।
उनको सोमबार नै दाहासंकार गरिएको छ ।  चलचित्र ‘अपराध’ को छायांकनमा भेटेपछि हमालले मैनालाई धर्मबैनी बनाएका हुन् । हमालले १८ बर्षदेखि तिहारमा मैनाको हातबाट टिका लगाउँदै आएका थिए । यस्तै आफ्नो हरेक जन्मदिन पनि हमालले मैनाकै साथमा मनाउने गर्दथ्य । शारिरीक रुपमा कमजोर रहेकी मैनालाई हमालले खुबै ख्याल राख्ने उनका सहयोगी चिरञ्जिवी आचार्यले बताए ।
डब्लु.डब्लु.एफको कार्यक्रमका लागी नेपालगञ्ज पुगेकाले हमालले मैनालाई श्रद्धाञ्जली दिन पाएनन् । मैनाको निधनले हमाल चिन्तित बनेको सहयोगी आचार्यले बताए । आफु नेपालगञ्जमा भएकाले आउँन नपाएको जानकारी गराईदिन राजेशले चिरञ्जिवीलाई भनेका थिए ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal