kailali

Wednesday 12 September 2012

भैसींलाई बलात्कार गरेको आरोपमा ५ वर्ष जेल


महिलालाई बलात्कार गरेको आरोपमा केही जेल परेको त तपाई हामीले सुन्दै आएका हौं । तर, भारतमा भने भैसींलाई बलात्कार गरेको आरोपमा एक युवकलाई जेल सजाय सुनाइएको छ ।
राजस्थानको सीकर जिल्लामा स्थानीय अदालतले भौसींलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई ५ वर्ष जेल सजाय सुनाएको हो । अदालतले बजवारीलाल भनिने बन्नालाई हजार भारु जरिवानाको पनि लगाएको छ । जरिवाना रकम नतिरे उनले थप ६ महिना जेल बस्नु पर्नेछ ।
फैसलापछि बनबारीले भने आफू निर्देश भएको भन्दै फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । बनबारीविरुद्ध सन् २००७ मा भौसीसँग यौन सम्पर्क गरेको आरोप लगाएको थियो । तर, छानविनका क्रममा ५ वित्यो र हालै फैसला आयो ।
पशु चिकित्सकको रिपोर्टमा समेत भैसीमा मानव शुक्राणु भेटिएको उल्लेख रहेको छ । 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

चट्याङले लागेर एक जनाको मृत्यु


चट्याङले लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बुधबार परेको चट्याङले लागेर कैलालीको दरख गाविस वडा नम्वर ५ कौवा बस्ने ६५ वर्षका ईन्द्रलाल काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जामनको रुखमा परेको चट्याङबाट ७३ वर्षकी रत्ना बटाला, ६४ वर्षकी भागरतीदेवी काफ्ले र १२ वर्षकी दुर्गाचन्द्र घाईते भएका छन् । घाईते तीन जनाको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

किस खान अह्राउने उपकरण



सास गन्हाउने कारणले धेरै मान्छे हैरान हुन्छन् । कहिलेकाहीँ त सास गन्हाउने समस्याकै कारण बेइज्जती समेत भोग्नुपर्छ भने साथीसँगीबीच कुराकानी गर्दा समेत मुख लुकाउनुपर्छ । अझ आफ्नी कोही खास मान्छेलाई चुम्बन गर्दाखेरी सास गन्हायो भने त्यो भन्दा ठूलो वित्यास पर्ने कुरो अरु हुँदैन ।
त्यसैले अरु सँग कुरा गर्दा होस् वा खास मान्छेसँग चुम्बन गर्दा होस् जो कोहीपनि आफ्नो स्वास गन्हाउलाकी भन्ने कुरामा निकै चनाखो हुन्छन् । सास गन्हाएर आफुप्रति अरुको खराब इम्प्रेसन नपरोस् भन्ने चाहना सबैको हुन्छ । त्यहीँ भएर होला, धेरै मान्छेले हत्केलामा सास फुकेर गन्हाए नगन्हाएको पत्तो लगाउँछन् र नगनाएको निष्कर्षनिकालेपछि मात्र महत्वपुर्ण मुखे काममा हात हाल्छन् ।
तर अब सास गन्हाए नगन्हाएको थाहा पाउन हत्केलामा सास फुक्न नपर्ने भएको छ । हत्केलामा सास फुकेर चुम्बन गर्ने नगर्ने भन्ने कुराको निर्णय गर्नुपर्ने झण्झट अब नहुने भएको छ । किनभने वैज्ञानिकहरुले यस्तो उपकरण पत्ता पत्ता लगाएका छन् जसले तपाइँको सासको जाँच गर्छ र त्यो चुम्बनका लागि उपयुक्त छ की छैन भन्ने कुराको फैसला गरिदिन्छ ।
यो उपकरण मापसे जाँच्न प्रयोग गरिने ब्रेथलाइजर जस्तो छ । यसको प्रयोग पनि त्यसैगरी गरिन्छ । सास गन्हाए नगन्हाएको जाँच्न यसलाई मुखमा लगेर हा…. गर्दै सास फ्याँक्नर्ुपर्छ । त्यसपछि उक्त उपकरणले सास कत्तिको गन्हाएको छ भन्ने कुराको निर्ण्र्ाागर्छ । सासको गन्हाउने मात्राको आधारमा एक देखि ४ सम्म अंक उपकरणले देखाउनेछ । बढि अंक देखिएमा त्यस्तो सास हुने मान्छेलाई चुम्बनका लागि अनुपयुक्त घोषणा गरिदिन्छ ।
समाचार अनुसार यो उपकरण अन्तराष्ट्रिय बजारमा १९.९९ पाउण्डमा उपलब्ध छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

अविवाहित नायिकाको नजरमा राजेश हमाल


नेपाली चलचित्रमा २२ बर्षदेखि सक्रिय नायक राजेश हमालका लाखौ फ्यान छन् । उनलाई विभीन्न कोणबाट रुचाउनेहरुको संख्या धेरै नै छ । तर, नेपाली चलचित्रका अविवाहित नायिकाहरु हमाललाई कसरी चिन्छन् त ? आज हामीले यो बिषयमा वुझेका थियौ :
सुमिना घिमिरे
 हमालको श्रीमति बन्न मन छ
ओहो, राजेश हमालको कुरा त के गर्नु, म उहाको साह्रै ठुलो फ्यान हुँ । उहाको बोल्ने स्टाईलले त भुतुक्कै पार्छ मलाई । उहाँको बानी ब्यहोरा, समयमा छायांकन स्थलमा आउने बानी मनपर्छ । उहाँ निक्कै जेन्टल हुनुहुन्छ । उहाँको उचाई साह्रै सेक्सी छ । हेरेपछि हेरिरहुँ जस्तो । उहाँले अब बिहे गर्न लागेका खबरहरु पनि सुनिरहेको छु । सायद आजसम्म उहाँले बिहेको बारेमा सोच्न नै भ्याउनु नै भएन । सिनेमा क्षेत्रलाई हाँक्दा हाँक्दै बिहेलाई उहाँले आजसम्म टाढा नै राख्नु भएको होला जस्तो लाग्छ । राजेश हमाल सुट पाईन्टमा खुवै राम्रो देखिनुहुन्छ । नेपाली सिनेमामा उच्च योगदान गरेकै भएकाले उहाँलाई महानायक भनिएको जस्तो लाग्छ । अब उहाँले विहे गर्नुपर्छ । ३० बर्षको हारहारीको युवतीसँग बिहे गर्दा ठिक होला भन्ने लाग्छ मलाई । अब मलाई उहाँसग श्रीमतीको भूमिकामा काम गर्न मन लागेको छ ।
अनु शाह
हमालको प्रेमीका बन्ने मन छ
नायक राजेश हमाल मलाई एकदमै मनपर्ने कलाकार हुनुहुन्छ । उहाँले चलचित्रमा जसरी संवाद वोल्नु हुन्छ त्यसको त म फ्यान हुँ । सिनेमाको पर्दामा उहाँले देखाउने हाउभाउ पनि खुवै मनपर्छ । मलाई उहाँको व्यक्तित्वले खुवै आकर्षण गरेको । उहाको आँखा साह्रै सेक्सी छ । हेर्ने वित्तिकै मोहनी लगाउनुहुन्छ जस्तो लाग्छ मलाई त । राजेश हमाल आजसम्म किन विहे नगरी बस्नु भएको होला भनेर कहिलेकाही मैले पनि सोच्ने गर्दछु । सायद उहाँलाई बिहे नै नगरी बस्न मन लाग्यो होला । उहाँ सुट र पाईन्टमा खुवै ह्यान्डसम देखिनुहुन्छ । लामो समयदेखि नेपाली सिनेमा क्षेत्रलाई हाकेकोले उहाँलाई महानायक भनिएको होला जस्तो लाग्छ मलाई । उहाले अब विहे गर्नुपर्छ भन्ने लाग्छ । बिहे गर्दा उहाँलाई ३५ बर्ष सम्मकी युवती खुबै सुहाउछ । अब उहाँको प्रेमीका बनेर काम गर्ने खुबै ठुलो रहर छ ।

बेनिशा हमाल
हमालले केटी नपाएर होला
राजेश हमाल नेपाली सिनेमा क्षेत्रको धरोहर हो । उहाँको म सानैदेखिको ठुलो फ्यान हुँ । उहाँले सिनेमाको पर्दामा आफ्नो भुमिकालाई धेरै नै ख्याल गर्नुहुन्छ । उहाँलाई सुटिङमा आउँदा बाहीरी कुराले खासै प्रभाव पार्दैन । टेक नभएको समयमा पुस्तक पढेर बस्ने उहाँको बानी साह्रै राम्रो लाग्छ । उहाँको व्यक्तित्व, आम मानिससँग बोल्ने तरिका र आफुलाई जुन तबरबाट उहाँले मेनटेन गरीरहनु भएको छ, यसबाट म धेरै नै आकषिर्त रहेको छु । उहाँको आँखा साह्रै सेक्सी लाग्छ । उहाँ आजसम्म अविवाहीत रहनुको कारण सोचेजस्तो केटी नपाएकाले पनि होला । राजेश हमाललाई सेतो कुर्ता खुबै सुहाउँछ । तर, उहाँले आजसम्म यो पहिरन लगाएको मैले थाहा पाएको छैन । मन मिल्यो भने यही नै उमेर भएको केटी आवश्यक छ भन्ने पनि होईन । मलाई उहाँको प्रेमिका भएर काम गर्न मन लागेको छ । आशा छ यो मेरो सपना पनि चाँडै नै पुरा हुनेछ ।

बिनिता बराल
  हमाल मेरो आधुनीक ड्याडी
राजेश हमाल नेपाली सिनेमा क्षेत्रको महानायक हुनुहुन्छ । उहाँले धेरैलाई नायिका, निर्देशक र निर्माता बनाईदिनुभएको छ । सिनेमा क्षेत्रलाई २२ बर्षदेखि निरन्तर हाकेर आएकाले उहाँलाई महानायक भनिएको हो जस्तो लाग्छ । उहाँको पर्सनालिटी र व्यवहार साह्रै मनपर्छ मलाई । उहाँसँग बोल्न थालेपछि बोलेको बोलै गरुँ जस्तो लाग्छ । हमाल जीको सेक्सी अंग उहाँको उचाई हो । अग्लो ज्यानमा सुट वुट लगाएर सजिदा हेरेको हेरै हुन्छु म त । विहे किन गर्नु भएन त्यो त उहाँको निजी मामला भयो, तर आजसम्म नजुरेर नै होला । अब उहाँले बिहे गर्नुपर्छ जस्तो लाग्छ । मन मिल्यो भने उमेरले केही छेक्दैन । मेरो आधुनीक ड्याडि भनेर चलचित्रको पर्दामा म सबैलाई चिनाउन चाहन्छु ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

रेखा शाहको ज्यानले बेइमान गरेपछि


सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ । कुनैबेला राष्ट्रब्यापी लोकगीत प्रतियोगितामा प्रथम भएको यस गीतकी गायिका रेखा शाहले अर्को त्यस्तै चर्चित गीत गाउन नसकेपनि यही गीतका कारण लोकसंगीतका पारखीहरु उनलाई भुल्न सक्दैनन् ।
तीनै रेखा शाहको ज्यानले बेइमान गरेको चर्चा यतिखेर यतिखेर नागपोखरीतिर चल्न थालेको आज प्रकाशित ‘बुधबार’ साप्ताहिकले छापेको छ ।
घटना बिबरणअनुसार नागपोखरी छेउमा रहेको साइबाबा मन्दिरअघि केही दिनदेखि एउटा गाडी लामो समयसम्म रोकिने गरेको थियो । सधैजसो उस्तै गाडी आएर रोकिने तर मान्छे नओर्लिने तर भित्र महिला र पुरुषको आकृति देखिन थालेपछि नागपोखरीको आडमा पसल गरि बस्नेहरुले त्यसको चियो गर्न थालेका थिए । गत भदौ १६ गते स्थानीय वासिन्दाले घेरा हालेर पुलिसलाई खवर नगर्दासम्म उनीहरु रेखा शाह र गीतकार भुपेन्द्र खड्का हुन भन्ने जानकारी थिएन् । प्रहरीलाई पनि उनीहरु को हुन भन्ने जानकारी थिएन् ।
जव गाडीको सिसा खोलेर युवकले आफु कान्तिपुर एफएममा कार्यरत पत्रकार भएको र महिला चर्चित गायिका रेखा शाह भएको बताए । त्यति सुनेपछि प्रहरी निरिक्षक किरण कुवँर पनि हच्किए । स्थानीय वासिन्दाले उनलाई बाहिर निस्कन भन्दा नमानेपछि प्रहरीले बाहिर तान्न खोज्दा सर्ट पनि च्यातियो । त्यही निहुँमा भुपेन्द्रले प्रहरीविरुद्ध संचारमाध्यममा जाने भनेपछि प्रहरी डरायो र घटनाले अर्कै मोड लियो । सोही साँझ प्रहरीसँग मिलापत्र गरेर घटना गोप्य राख्ने सहमति सहित उनीहरु घर फर्किए ।
भुपेन्द्रले पुलिसबिरुद्ध संचारमाध्यममा जाने धम्की नदिएको प्रहरीले उनीहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलाप गरेको भन्दै मुद्दा चलाउने थियो । यसबारे बुझ्न खोज्दा कमलपोखरीका प्रहरी इन्चार्ज कुँवरसँग सम्पर्क गर्न पटक पटक प्रयास गरेपनि उनी सम्पर्कमा नआएको बुधबारले छापेको छ ।
भुपेन्द्र र रेखा दुवैले उक्त घटना भएको स्वीकारेपनि त्यो सामान्य घटना भएको बताए । रेखाले आफुले गाडीभित्र गीतको अन्तराको बिषयमा कुरा गरेको र त्यहाँ रहेको खाली जग्गा हेर्न गएको भएपनि स्थानीय वासिन्दाले गाडीबाट नओर्लिदै होहल्ला गरेर बिबाद झिकेको बताइन् । भुपेन्द्रले पनि कुनै ठूलो घटना नभएको र सादा पोशाकका प्रहरीले त्यसै होहल्ला गरेको बताए ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

यस्तो छ शाहरुख र कट्रिनाको रोमान्स (फोटो फिचर)


बलिउडमा बादशाहको उपनाम पाएका शाहरुख खान र सुन्दर नायिकाको उपाधी पाएकी कट्रिना कैफको जोडी अहिले चर्चामा छ । एसराज व्यानरको निर्माणमा तयार भएको चलचित्र ‘जब तक हे जान’ मार्फत यो जोडी पहिलोपटक चलचित्रको पर्दामा आउन लागेको हो ।
‘वीर जारा’ पछि एस चोपडाले निर्देशनमा हात हालेकाले पनि यो सिनेमा अहिले चर्चामा रहेको हो । चलचित्रमा शाहरुख र कट्रिनाको अलवा नायिका अनुश्का शर्माको पनि अभिनय छ । तिहारको अवसर पारेर रिलिजमा आउन लागेको यो सिनेमाले बक्स अफिसमा धमाका मच्चाउने अड्कल शुरु भैसकेको छ ।
छायांकन अवधिभर चलचित्रको नाम सार्वजनिक गरिएको थिएन । चलचित्रमा साहरुख र कट्रिनाको रोमान्स हेर्न सकिन्छ । डन २ पश्चात एक बर्षयता शाहरुखको कुनै पनि सिनेमा रिलीजमा नआएकाले पनि दर्शकले ‘जब तक हे जान’लाई व्यग्र प्रतिक्षा गरिहेका छन् ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

प्रकाश ओझाको फिल्ममा जीवनका भाई हिरो


बाउले विहे गर्देनन् पोर पनि, भत्काईदिन्छु वाख्राको खोर पनि’ बोलको गीत गाएर एकाएक चर्चामा आएका गायक प्रकाश ओझा अहिले सेलाए जस्तै देखिएका छन् । यसपछि यौन कान्डमा फसेकाले पनि प्रकाश ओझेलमा परेका हुन् ।
तर अब उनी सिनेमाको निर्देशनमा कम्मर कसेर लागेका छन् । प्रकाश ओझाले बनाउन लागेको नयाँ सिनेमाको नाम जुरिसकेको छैन । तर यो सिनेमामा नायक जीवन लुईटेलका भाई निराजन लुईटेल नायकको रुपमा रहने पक्का जस्तै छ । प्रकाशले सम्झौता भैनसके पनि निराजन नायक हुने पक्का भएको बताए । तर, निराजनलाई निरोजको नामबाट मिडियामा ल्याउने योजना निर्माणपक्षको छ । निराजनलाई सिनेमामा लिनुको कारणबारे निर्देशक ओझाले भने, ‘उ हरेक कोणबाट नायक बन्ने खालको छ । यस्तै, उसँग मेरो नजिकको सम्बन्ध पनि छ ।’ ६ महिना अघि देखि नै सिनेमा बनाउने योजना बनाए पनि सुरु गर्न नसकेको प्रकाशले बताए ।
चलचित्र बनाउनुको कारणबारे सोध्दा उनले भने, दमक, धरान, विर्तामोड लगायतका ठाउँहरुलाई चिनाउन सिनेमा बनाउन लागेको बताए । चलचित्र थि्रलर र कमेडि धारमा बन्न लागेको निर्माणपक्षको भनाई छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

ढाड दुख्छ ? त्यसोभए यसो गर्नुस्



ढाड दुख्ने मानिसलाई न उठे सुख न बसे सुख भन्ने उखानै छ ।
ढाड दुख्यो भने जसो गर्दा पनि आराम हुँदैन । ढाड दुख्ने कारण धेरै हुनसक्छन् ।
हामीले यहाँ ठाड दुखाइबाट मुक्ति पाउन अपनाउनुपर्ने केही उपाय प्रस्तुत गरेका छौँ ।
  •  एक अध्ययनले बिहान ओछ्यानबाट कसरी उठिन्छ भन्ने कुराले समेत ढाड दुख्ने कुरामा मलजल गर्छ । बिहान ओछ्यानबाट उठ्दा कम्मरलाई बढि नै मर्काउनु वा बढि कुप्रिनु भनेको ढाड दुखाइलाई बढाउनु हो । रातको समयमा सुताइका कारण पिठ्युँमा बढि तरल पदार्थ जम्मा भएको हुन्छ । यसरी सुसुम्नाको वरीपरी ढाडमा बढि तरल पदार्थ जम्मा भएको बेला बढि कुप्रिएर उठियो भने त्यसले सुसुम्नामा दबाब सिर्जना गर्छ जसले ढाड दुखेको महसुस हुन्छ । त्यसैले बिहान विस्तराबाट उठ्दा बढि कुप्रिएर उठ्नु हुँदैन ।
  • · नियमित व्यायाम गर्नु ढाड दुखाइबाट मुक्ति पाउने अर्को उपाय हो । युनिभर्सिटी अफ पिट्र्सबर्गका शोधकर्ताहरुका अनुसार ढाड दुखाइबाट पीडित मानिसहरु जो शारीरिक व्यायाम गर्दैनन् उनीहरु कहिल्यैपनि ढाड दुखाइबाट मुक्ति पाउन सक्दैनन् । ढाड दुख्ने मानिसहरुले ढाडमा बढि कसरत हुने खालका शारीरिक व्यायाम गर्नुपर्छ । यस्त्रा स्ट्रेचिङ व्यायाम गर्दाको समयमा दुखाई बढि हुने भएपछि पछि यसले फाइदा पूराउँछ ।
  • · पेनकिलर बाट बच्नुहोस् । ढाड दुख्यो भनेर दुखाइ कम गर्ने औषधि अर्थात् पेनकिलर नखानुस् । अमेरिकाको न्यू मेडिकल स्कुलका शोधकर्ताहरुका अनुसार ढाड दुख्ने मानिसहरुले दुखाइ कम गर्न पेन किलर खाँदा त्यसले झन् बढि नकारात्मक असर पूराउँछ र भविष्यमा दुखाइको मात्रा झनै बढ्छ । त्यसैले ढाड दुखेमा गरम पट्टी बाध्नु उपयुक्त हुन्छ । गरम पट्टी ढाडमा बाँध्दा दुखाइ २५ प्रतिशतले कम हुने पाइएको छ । यसले रक्तसंचार नियमित गर्नुका साथै तन्तुमा लचिलोपना पनि ल्याउँछ ।
  • · लामो समयसम्म कुर्सीमा नबस्नुस् । लामो समयसम्म कुर्सीमा बस्नुपर्ने खालका जागिर गर्ने मान्छेमा ढाड दुख्ने समस्या बढि हुन्छ । लामो समयसम्म कुर्सीमा बस्दा ढाड दुख्ने समस्या मात्र होइन पेटको क्यान्सर जस्ता स्वास्थ्य समस्या देखापर्ने र मानिसको आयु पनि घट्ने एक अध्ययनले देखाएको छ । बस्ने जागिर खानेहरुमा ढाड कुप्रिने समस्या पनि देखापर्न सक्छ । त्यसकारण ढाड दुखाइबाट मुक्ति पाउन तथा अन्य स्वास्थ्य समस्या पनि आउन नदिनका लागि कुर्सीमा बसेर जागिर खानेहरुले २०-२० को सुत्र अपनाउनु पर्छ । यसको मतलब हरेक २० मिनेटमा कुर्सीबाट उठ्नुहोस् र २० सेकेण्ड यताउता हिड्नुहोस् । यसले कम्प्युटर स्त्रिmनमा लगातार काम गर्दा हुने थकानलाई हटाउनुका साथै सरीरको रक्तसंचार पनि नियमित गर्छ र ढाड दुखाइलाई पनि कम गर्छ ।
  • यसका लागि पौडी, स्विमिङ तथा मर्निङ वाक पनि ढाड दुखाइबाट मुक्ति पाउने उपाय हुन् ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

घर पनि कस्ता कस्ता !!! (फोटोफिचर सहित)


घर चाहे महल होस् वा झुपडी त्यो बसोबास गर्ने काम मै प्रयोग हुन्छ ।
झुपडी नै किन नहोस् कतिपय मान्छेले त्यसलाई महल ठानेर सिँगार्छन् र कलात्मक बनाउँछन् ।
कतिपय मान्छे भने चाहे महल जत्रो घरमै किन नबसून् श्रीखण्ड नचिनेर खुर्पाको बिँड बनाएजस्तै आलिशान बंगला पनि कुरुप बनाएर बसेका हुन्छन् ।
घर सिँगार्नु एउटा पाटो हो । तर कतिपय मान्छे भने सामान्य सिँगार भन्दा पनि बेग्लै खालको अनौठो डिजाइनमा घर बनाउन चाहन्छन् ।
हामीले यहाँ त्यस्तै विचित्रका अनौठा घरका तस्वीरहरु प्रस्तुत गरेका छौँ जसलाई हेर्रदा यी संरचनाभित्र मान्छे बस्छन् भन्ने कुरा पत्याउन गाह्रो हुन्छ ।
यी संरचना बसोबासका लागि भन्दा पनि देखाउनका लागि प्लास्टिकबाट बनाइएको हो की भन्ने लाग्छ ।
तर यी साँच्चीकै घर हुन् ।










Neeraj sapkota sahajpur 7 bayala kailali nepal