kailali

Thursday 13 September 2012

अफ्रिकामा फेला पर्यो नयाँ बाँदर

जिव वैज्ञानिकहरुले अफ्रिका महादेशमा नयाँ प्रजातिको बाँदर फेला पारेका छन् । अफि्रकन राष्ट्र कंगोमा उक्त बाँदरको प्रजाति फेला परेको हो । स्थानीय भाषामा लेसुला भनिने उक्त बाँदर पछिल्लो २८ वर्षमा फेला परेको दोश्रो नयाँ प्रजाति भएको बताइएको छ ।

सुरुमा ओपालका सहरको एक विद्यालयका निर्देशकले घरमा पालेको नयाँ बाँदर देखेपछि जिव विज्ञहरु उक्त बाँदर नयाँ प्रजातिको हुनसक्ने भन्दै त्यसको खोजीमा लागेका थिए । स्थानीय अरु व्यक्तिहरुले समेत घरमा पाल्ने गरेको र सिकार समेत गर्ने गरिएको उक्त बाँदरको प्रजाति ६ महिनाको खोजपछि कंगो नदी बेसिन क्षेत्रको जंगलमा फेला पारिएको हो ।
यो नयाँ प्रजातिको बाँदरका लामा खैरा दाह्री हुने तथा नाकको आसपास तथा निधारको केही भाग रौँ वीहिन रहेकोले अरु प्रजातिभन्दा स्पष्ट रुपमै फरक देखिने वैज्ञानिकहरुको भनाइ छ ।
लोमामी नदी आसपासको क्षेत्रमा फेला परेकाले यसको वैज्ञानिक नाम सर्कोपिथेकस लोमामेन्सिस राखिएको छ । यो प्रजातिको बाँदर साढे ६ हजार बर्ग माइलको क्षेत्रमा फैलिएको अनुमान जिव विज्ञहरुको छ ।
यो प्रजातिको बाँदरलाई कंगोका स्थानीय बासिन्दाहरुले सिकार गरेर मासु खाने गरेकाले निकै जोखिममा रहेकोले यसको संरक्षण निकै चुनौतिपूर्ण रहेको जिव विज्ञहरुको भनाइ छ ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

विवादास्पद जेल अफगानलाई हस्तान्तरण

अमेरिकाले अफगानिस्तानको बग्राममा रहेको विवादास्पद जेल अफगानी अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
सन् २०१४ मा नेटो सेनाको फिर्ती अगाडि नै सबै जेलको नियन्त्रण स्थानीय प्रशासनलाई हस्तान्तरण गर्ने पूर्व सम्झौता अनुसार बग्राम जेलको अधिकार हस्तान्तरण गरिएको नेटो सेनाले जनाएको छ । राजधानी काबुलबाट ४० किलोमिटर टाढा रहेको जेलमा ३ हजार तालिबान लडाकु र शंकास्पद आतंकवादी रहेका छन् ।
गएको मार्चमा भएको अधिकार हस्तान्तरण सम्झौताले बग्राम जेलमा रहेका ५० जना विदेशी कैदीलाई भने समेटेको छैन । नेटो सेनाका प्रवक्ता जेमी ग्रेबियलले जेलमा रहेकाहरुलाई स्थानिय अधिकारीहरुलाई हस्तान्तरण गरिएको तर, अफगानिस्तानमा शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने र हिरासतमा राख्ने अधिकार भने अमेरिकासंगै रहने बताए ।
अफगानी राष्ट्रपति हामिद कारजाईले जेलको नियन्त्रण हस्तान्तरण गर्ने योजनालाई राष्ट्रिय सम्प्रभुताका लागि लागि ठूलो जीत भन्नुभएको छ ।
बग्राम जेल अफगानिस्तानमा रहेका जेलमध्ये सबैभन्दा विवादस्पद मानिन्छ ।गएको जनवरीमा अफगानी छानवीन टोलीले अमेरिकी सेनाले बगराम जेलमा रहेका कैदीलाई यातना दिने, बिना प्रमाण पक्राउ गर्ने र अपमानजनक रुपमा शरीर खानतलासी गर्ने गरेको गरेको भेटिएको भन्दै चर्को आलोचना गरेका थिए ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

‘तपाई जन्माउनुस्, बच्चा हामी सम्हाल्छौं’

डेनमार्कमा घट्दो जन्मदरको समस्या समाधान गर्न नर्सरीका कर्मचारीहरुले अनौठो तरिका अपनाएका छन् ।
उनीहरुले दम्पत्तिको बच्चालाई रातमा हेरचाह गर्ने प्रस्ताव अघि सारेका छन्, ता कि बाबुआमा थप बच्चा जन्माउन सकुन् ।
यस योजनाका काम गर्नेहरुका अनुसार उमेर ढल्कँदै गएकाहरुका संख्या डेनमार्कको हितमा छैन र बच्चा जन्माउनु राष्ट्रहितको काम हो । यद्यपी यस अफरलाई स्वीकार गर्नेहरुले आफ्नो काम भने निकै छिटो गर्नु पर्नेछ । किनकी नर्सरीले उनीहरुको बच्चालाई केबल २ घण्टा सम्हाल्ने छन् । २ घण्टापछि दम्पत्तिले बच्चालाई नर्सरीकबाट फिर्ता लैजानु पर्छ ।
अर्थात यो अफर स्वीकार गर्ने दम्पत्तिहरुलाई रोमान्टिक डिनरमा जाने समय हुने छैन र उनीहरुको भाषामा भन्दा राष्ट्रियहितको काम दुई घण्टामा गरिसक्नु पर्ने छ । डेनमार्कमा बच्चाको जन्मदर बढाउने जिम्मा ७ किन्डर गार्डन स्कुलले लिएका छन् र उनीहरु यस समस्या समाधानतर्फ देशबासीको ध्यानाकर्षण गराउन विभिन्न उपायहरु खोजिरहेका छन् ।
जन्मदरका अधारमा डेनमार्क विश्वका २ सय २१ देशमा १ सय ८५ औं स्थानमा छ । डेनमार्कमा उमेर ढल्कदै गएकाहरुको संख्या बढ्दो छ भने यो समस्याका रुपमा देखा गर्ने अनुमान गरिएको छ । उत्तरी जिल्ला फिनमा मात्र गत वर्षको तुलनामा यस वर्ष २ सय बच्चा कम जन्मिएका छन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

अब घर कुर्ने श्रीमतीलाई पनि तलब !!!


घरधन्दा गर्ने महिलाले दिनभरी घर कुरेर ठूलै परिश्रम गरेपछि उनीहरुको कामले मूल्य पाउँदैन । जागिर गर्ने श्रीमानले घरधन्दा गर्ने श्रीमतीले कामै नगरेको र त्यत्तिकै घरमा बसेको आरोप लगाउँछ र हेँप्छ । तर महिलालाई मात्र मात्र हुन्छ उनीहरुको काम कति हुन्छ ? दिनभरी घरधन्दा गर्दा एकरत्ति पनि फुर्सद नपाउने कुरा अफिसको कुर्सीमा बस्ने लोग्ने मान्छेलाई के थाहा ? बेलुकी सुइँय गर्दै घर फर्केर आदेश दिन पाए भयो ।
सायद त्यहीँ भएर होला भारतका एक जना मन्त्रीले घरधन्दा गर्ने महिलालाई समेत तलब दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । भारतका केन्द्रीय महिला तथा बाल विकाश मन्त्री कृष्णा तिरथले यस्तो प्रस्ताव ल्याएकी हुन् । उनका अनुसार महिलाले घरका सबै काम गर्नुपर्छ तर पनि महिलाको कामलाई काम मानिँदैन वा मूल्यांकन नै हुँदैन । त्यसैले आफ्नो मन्त्रालयले हालै एक सर्भेक्षण गरेको र त्यसले महिलाहरुको गर्ने घरायासी कामको मूल्य कति हुने ? भन्ने कुराको अध्ययन गरेको उनले जानकारी दिएका छन् ।
तीरथले उक्त सर्भेको नतिजाका विषयमा अहिले विचार भैरहेको र आउँदो १७ नोभेम्बरमा हुने राज्यका मन्त्रीहरुसँगको संयुक्त बैठका यस विषयमा कुराकानी हुने बताइन् । समाचार अनुसार महिलाहरुको घरायासी कामको मुल्यांकन गर्ने र सोही अनुसार श्रीमानले आफ्नो तलबबाट काटेर श्रीमतीलाई रकम दिनुपर्ने कानुन बनाउने सोँच मन्त्री तिरथले बनाएकी छिन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

ग्यारेजको कस्तो अफर ? ९ पटक कार धोएमा निशुल्क सेक्स

विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन बिकाउन वाहियात खालका अफर ल्याउँछन् जसको कुनै उपादेयता हुँदैन । तर मलेसियामा एक ग्यारेज र मसाज पार्लरले संयुक्त रुपमा यस्तो अफर ल्याएछन् जसको उपयोग गर्न ग्राहकको तछाडमछाड नै भएछ । साँच्चीकै उक्त अफर खोजी खोजी उपभोग गर्ने खालकै रहेछ ।
हो, मलेसियाको एक ग्यारेजले यस्तो रोचक अफर ल्याएको रहेछ जसमा नौ पटक उक्त ग्यारेजमा लगातार कार धुन ल्याउने ग्राहकले निशुल्क सेक्सको मज्जा लुट्न पाउने रहेछ । राजधानी क्वालालाम्पुरको एक ग्यारेजले स्थानीय एक मसाज पार्लरसँग मिलेर यस्तो अफर प्रदान गरिरहेको रहेछ । जुन अन्ततः प्रहरीको फन्दामा पर्यो ।
समाचार अनुसार पुरुष कारधनीले निश्चित समयभित्र उक्त ग्यारेजमा आफ्नो कार नौ पटकसम्म वास गर्न लगेमा यस्तो अफरका लागि योग्य मानिने रहेछ । दशौँ पटक कार धुन लग्दा कार धुवाइ सँगै उसलाई एउटा यस्तो कार्ड दिइने रहेछ जुन लगेर उसले उक्त मसाज पार्लरमा गएर त्यहाँका यौनकर्मी महिलासँग एकपटक फि्र मा सेक्स गर्न पाउँदो रहेछ ।

प्रहरीले ग्यारेजसँग पार्टनरमा बिजनेस गरेर कार धुने ग्राहकलाई निशुल्क सेक्स प्रदान गर्ने मसाज पार्लरमा छापा मार्दा समेत केही त्यस्ता ग्राहक फेला पार्यो जसले नौ वटा कार वास गरेको कार्ड लिएर उक्त पार्लरका यौनकर्मी महिलासँग सेक्स गर्न पुगेका थिए । त्यसक्रममा ५ जना पुरुष ग्राहकहरुले त्यस्तो अफरको फाइदा लुट्न लागेको पाइएको थियो । छापा मार्ने क्रममा १८ देखि २८ वर्ष उमेरका ९ जना भियतनामी यौनकर्मी महिला समेत पक्राउ परेका छन् । साथै त्यस्तो अवैध अफर प्रदान गरेर व्यापार गरिरहेका ४ जना शाहुहरुलाई पनि प्रहरीले पक्रेको छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

गिनिज बुकका पछिल्ला अनौठा किर्तिमान (फोटोफिचर सहित)

विश्वमा दिनदिनै नयाँनयाँ किर्तिमान बन्छन् र पुराना किर्तिमान तोडिन्छन् । हिम्मतीहरु ज्यान जोखिममा राखेर पनि रेकर्ड कायम गर्न कस्सिन्छन् । हामीले यहाँ गिनिज बुकको पछिल्लो अंकमा नाम समावेश गर्न सफल केही किर्तिमानी व्यक्तिहरुलाई तस्वीर सहित प्रस्तुत गरेका छौँ ।
१.सबैभन्दा मोटा पाखुरा : अमेरिकाका मुस्ताफा इस्माइल विश्वमा सबैभन्दा सुगठित वा मोटा पाखुरा अर्थात् बाइसेप हुने व्यक्ति बनेका छन् । यी २४ वर्षे पहलमानका पाखुराको गोलाई ३१ इन्च छ । उनले १० वर्षको अथक प्रयासपछि यस्ता पाखुरा बनाएका हुन् । उनका यी पाखुरा सामान्य मान्छेको टाउकोको गोलाई भन्दा ठूला छन् ।
२. सबैभन्दा वजनदार खेलाडी : बेलायतकी सुमो रेसलर शरान अलेक्जेन्डर विश्वको सबैभन्दा वजनदार खेलाडी हुन् । उनको तौल २०३.२१ किलो छ ।
३. विश्वको सबैभन्दा अग्लो घोडा : बेल्जियन प्रजातिको बिग जेक नामको यो घोडा ७ फिट अग्लो छ । अमेरिकाको विस्कन्सिनमा रहेको यो घोडा ९ वर्षको छ ।
४.सबैभन्दा होँचो बाच्छो : उत्तरी आयरल्याण्डको एन्टि्रममा रहेको आर्की नामको यो कालो बाच्छोको उमेर २९ वर्ष हो भने यसको उचाइ जम्मा ३० इन्च मात्र छ ।
५. सबैभन्दा अग्लो कुकुर : अमेरिकाको मिचिगनस्थित डेनिज डुर्लागले पालेको ग्रेट डेन जियस नामको यो कुकुर ७ फिट ४ इन्च अग्लो छ । ३ वर्षको यो कुकुर विश्वको सबैभन्दा अग्लो कुकुर हो ।
६. सबैभन्दा धेरै गुडिया संकलन गरेर जर्मनीकी बेटिना डोर्फम्यानले किर्तिमान कायम गरेकी छिन् । यी ५२ वर्षे महिलाले सन् १९९३ देखि यता १५ हजार गुडिया किनेर घरमा थुपारेकी छिन् । ती खेलौनाले एउटा कोठा पूरै भरिएको छ ।
७. जापानका हेयर डिजाइनर काजुहिरो वातातावेले सबैभन्दा लामो तिखे कपाल बनाएर किर्तिमान कायम गरेका छन् । जेल लगाएर ठाडो पारिएको उनको कपाल ३ फिट ८ इन्च अग्लो छ ।
८. सबैभन्दा तिब्र गतिको भेँडा : जिप्पी लाम्बर्गिनी नामको यो बेलायती भेँडाले अहिलेसम्म दौडेका १७९ दौडमध्ये १६५ दौड जितेको छ ।
यी बाहेक जापानका विद्यार्थीले बनाएको सबैभन्दा होँचो ४५.२ सेन्टिमिटर अग्लो कार तथा सबैभन्दा धेरै ३९,४३७ विद्यार्थी भएको भारतको लखनउ स्थित सिटी मन्टेश्वरी स्कुल पनि पछिल्लोपटक गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

गुपचुप झ्याइँ पार्ने बलिउडका हिरोइनहरु

बलिउडमा दुनियालाई पत्तो नदिइकन लगनगाँठो कस्ने अभिनेत्रीहरु धेरै छन् । त्यस्ता अभिनेत्रीहरुमध्ये धेरैको लभ चक्करको गाइँगुइँ त सुनिएकै हुन्छ । तर बिहे भएको कुरा भने लामो समयपछि मात्र पत्तो पाउँदा फ्यानहरु छाँगाबाट खसेझैँ हुन्छन् ।
अघिल्लो वर्ष यस्तै गुपचुप बिहे गरेर अभिनेत्री सेलिना जेटलीले सबैलाई छक्कै पारेकी थिइन् । बिहे गरेको एक महिनापछि मात्र उनले टि्वटर मार्फत आफुले ब्यायफ्रेन्ड पिटर हेगलाई जिवनसाथी बनाएको सार्वजनिक गरेकी थिइन् ।
सेलिना मात्र यसो गर्ने पहिलो तरुनी होइनन् । त्यसअघि जूही चावलाले त झन् जय मेहेतासँग बिहे गरेर पनि नगरेको भनेर ढाँटिन् । तर जब उनी गर्भवती भइन् तब मात्र थाहा भयो की उनी मेहेताको बाहुपासमा परिसके छिन् ।
बलिउडमा गुपचुप बिहे गर्नेमा अभिनेत्री अमृता सिंह पनि पर्छिन् । भलै अभिनेता सैफ अली खानसँगको बिहे बन्धन धेरै टिक्न सकेन । तर उनले परिवारको विरोधका बाबजुत आफुभन्दा ८ वर्ष जेठा सैफसँग गोप्य विवाह गरेकी थिइन् ।
सन् १९५५ मा गीता बालीले बलिउडमा संघर्ष गरिरहेकी थिइन् । त्यसबेला उनीभन्दा एक वर्ष जेठा शम्मी कपूर पनि बलिउडमा चम्किँदै थिए । एक अर्काको मन मिलेपछि गीता र शम्मी घरबाट भागे र मन्दिरमा गएर गोप्य रुपमा विवाह गरे ।
बलिउडमा गुपचुप बिहे गर्नेमा हेमा मालिनी पनि एक हुन् । उनले दुइ बच्चाका बाउ बनिसकेका धर्मेन्द्रसँग गोप्य रुपमा बिहे गरेकी थिइन् ।
बलिउडमा रानी मुखर्जीले पनि गुपचुप बिहे गरेको हल्ला चलिरहेको छ । यदि फेहरिस्त नै प्रस्तुत गर्ने हो भने यी मात्र होइनन् अरु धेरै नै छन् जसले गुपचुप बिहे गरेर लामो समयसम्म बिहे नगरेको भनेर दुनियालाई ढाँटे । तर ढाँटेर कतिञ्जेल सम्म चल्थ्यो र ? आखिर सही कुरो दुनियालाई थाहा भैहाल्यो । हरे भगवान, बिहे जस्तो शुभ कुरा पनि किन ढाँट्नु परेको होला ?


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

भुपु श्रीमतीलाई ४४ लाख डलरको बंगला

हलिउड अभिनेता जोनी डीपले आफ्नी भुतपूर्व श्रीमती भेनेसा पाराडिसका लागि ४४ लाख अमेरिकी डलरको बंगला किनिदिएका छन् । क्यालिफोर्नियाको मलहोल्याण्ड ड्राइभ क्षेत्रमा डीपले भुपु मायालुका लागि महंगो बंगला खरीद गरेका हुन् ।
गएको जुनमा सम्बन्ध विच्छेद गरेपछि छुटि्टएका भेनेसा र जोनीका एक छोरा र एक छोरी छन् । छोराछोरी आमा भेनेसासँगै बस्ने भएपछि जोनीले उक्त घर किनिदिएका बताइन्छ ।
पाँच बेडरुम सहितको झण्डै ६ हजार वर्गफिट क्षेत्रमा बनेको उक्त बंगला निकै सुविधासम्पन्न रहेको बताइन्छ ।
यता डीपलाई छाडेपछि दुइ सन्तानकी आमा भेनेसा फ्रेन्च लखपतीसँग सल्किइसकेकी छिन् । तरपनि उनले सन्तानको हेरचाहका लागि उक्त बंगलामै बस्ने निर्णय गरेकी छिन् । सायद अर्को केटासँग भेनेसा रोमान्समा भुलेपछि छोराछोरीले दुख पाउँछन् भन्ठानेर होला जोनीले उक्त घर किनिदिएका ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

यसरी निहुरिए रेखाको अघि छवि

निर्माता छविराज ओझा नायिका रेखा थापाको अघि नमझाले निहुरिएका छन् । जति सुकै ठुला गरेपनि छविलाई रेखाले आफ्नो बशमा ल्याएर नै छोडेकी छिन् । छवि र रेखा हाल सँगै बस्दैनन् । रेखा मित्रपार्कमा फ्ल्याट लिएर बसेकी छिन् भने छवि आफ्नो पुरानो निवास गुहृश्वरीमा बस्दै आएका छन् ।
डिभोर्सको हल्ला चलिरहदा निर्माता छविराज ओझाले रेखा फिल्मस्बाट सिनेमा निर्माण नगर्ने भन्दै छविराज प्रोडक्शन दर्ता गरेका थिए । छविराज प्रोडक्शनको व्यानरमा तयार हुन लागेको चलचित्रको नाम ‘हमेशा’ राखियो ।
‘हमेशा’ छविराज प्रोडक्शनको पहिलो सिनेमा हुने भनाई छविले संचारमाध्यममा राखे । चलचित्रमा रेखा फिल्मस्को कुनै नाम उल्लेख नहुने खालका भनाई छविको थियो । तर, निर्माता छविराज ओेझा नायिका रेखा थापासँगे निहुरिएका छन् । चलचित्र ‘हमेशा’ लाई छविराज प्रोडक्शनले मात्र नभई रेखा फिल्मस्को व्यानरले संयुक्त रुपमा निर्माण गर्ने भएको छ । चलचित्रको प्रस्तुतकर्ताको रुपमा नायिका रेखा थापा नै रहने छिन् । रेखा फिल्मस्को व्यानरमा छविले बनाएका अघिल्ला ५ सिनेमामा पनि रेखा नै प्रस्तुतकर्ताको रुपमा रहेकी थिईन् ।
रेखा फिल्मस्बाट सिनेमा बनाउँदा सबैलाई समेट्न नसकेको भन्दै छविराज प्रोडक्शन दर्ता गरेका छवि अन्ततः रेखाको अघि झुकेका हुन् । चलचित्रमा नायिका रेखा थापाको मुख्य भुमिका हुने पक्का छ । यसरी रेखालाई नै नलिने र रेखा फिल्मस्को व्यानरमा सिनेमा नै नबनाउने छविको भनाई नौटंकी र रंगमञ्चको नाटक जस्तो देखिएको छ । चलचित्रको छायांकन असोज १ गतेबाट सुरु हुदैछ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

१२ बर्षपछि श्रीमतीले समलिंगी भनेपछि …

बिहे गरेको १२ वर्षपछि श्रीमतीले आफू समलिंगी भएको बताइन् भने श्रीमान्ले के गर्लान् ? स्वयम्भू–१५ का प्रदीप शाहीले श्रीमतीलाई ‘उपचारका लागि’ पुन:स्थापना केन्द्रमा राखेका छन् ।
१० वर्षीया छोरीकी आमा रजनीले एकाएक आफूलाई समलिंगीका रूपमा प्रस्तुत गरेपछि उनका श्रीमान् र माइती स्तब्ध बने । पछिल्लो समय प्रेमकुमारी नेपाली नामकी युवतीसित अन्तरंग सम्बन्ध बढाएकी रजनीले श्रीमान्सित सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । तर, अहिले उनलाई श्रीमान् र माइती पक्षको आग्रहमा धुलिखेलस्थित सरकारी पुन:स्थापना केन्द्रमा राखिएको छ । परिवारको निरन्तर दबाबपछि राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग र अधिकारकर्मीहरूको रोहबरमा रजनीलाई गत २२ गते पुन:स्थापना गृहमा लिइएको हो ।
‘१० वर्षकी छोरी छ, बिहे गरेको १२ वर्ष भयो । अहिले आएर कसरी समलिंगी हुन्छे ?’ रजनीका श्रीमान् प्रदीपले सौर्यसँग भने, ‘रिहावको परामर्शले कन्भिन्स हुन्छे कि भनेर केही समयका लागि त्यहाँ राखेका हौँ ।’ श्रीमतीसँग कहिल्यै झगडा नभएको तथा श्रीमतीले पनि कहिल्यै समलिंगीको जस्तो व्यवहार नगरेको उनी बताउँछन् । ‘एक्कासि उनले समलिंगी हुँ भन्दै हिँडेको देख्दा अचम्मित भएँ,’ उनले भने ।
श्रीमान्ले शारीरिक र मानसिक यातना दिएको भन्दै रजनीले जेठ २२ गते सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । सम्बन्धविच्छेदको मुद्दामा पहिलो तारिख धाउन २० असारमा काठमाडौं जिल्ला अदालत पुगेकी रजनीलाई अदालत परिसरबाटै घर र माइती पक्षले मिनिबसमा हालेर गौशालास्थित टेकबहादुर रायमाझी आरोग्य केन्द्रमा पुर्‍याएका थिए । रजनीले आफू समलिंगी भएको बताउँदा आफन्तले उनलाई पागल भएको आरोप लगाएको सौर्य दैनिकमा खबर छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

धोका

तिमीले धोका दियो भने झुन्डिएर मर्छु भन्ने
आज उनी अर्कैको हात समाती हिड्छे अरे ||
तपाइको हरेक दुख सुखमा साथ दिन्छु भन्ने
आज मलाई दुख पर्दा खुशीले ताली पिट्छे अरे

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

चोखो माया

 हार्दा रैछन चोखो माया गर्नेहरु यँहा,
धोका पाउँछन मायामा मर्नेहरु यँहा,
बौलाएर आत्तिएर हिँडने गर्छन रुँदै,
दुख अनि सङघर्ष मा पर्नेहरु यँहा,
कठिन हुन्छ बुझाउन माया के हो भनी,
डुब्छन एक्लै सागर तर्नेहरु यँहा,
झुक्काएर भाग्ने गर्छन मुटु साटेपछी,
अमृत भनी बिषको बोट छर्नेहरु यँहा
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

स्तनबाटै किन प्राप्त हुन्छ .....?

स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन हुनत यो यथार्थ जान्ने भोग्नेहरुले थाहा पाएकै कुरा हो तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो। योनी भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् उनलाई योनी लिंगको मिलन आवश्यक पर्दैन


Neeraj sapkota sahajpur 7 bayala kailali nepal