kailali

Friday 7 December 2012

अनुहार हेरेरै महिलाले पत्ता लगाउँछन् धोकेबाज पुरुष




धेरै युवतीहरुले पिरतीमा धोका खाएका दृष्टान्त हाम्रो सामु हुँदाहुँदै सायद यो कुरा पत्यार नलाग्न सक्छ । तर एक अध्ययनले के देखाएको छ भने महिलाहरुले कुनैपनि पुरुष धोकेबाज हो की होइन भन्ने कुरा उसको अनुहार हेरेरै पत्ता लगाउन सक्छन् ।
अध्ययन अनुसार पुरुषको दाह्री जुँगा, दाँत, चिउडो लगायतका अंग हेरेरै महिलाले पुरुष धोकेबाज हो की साँचो प्रेमी हो भन्ने कुरा पत्ता लगाउन सक्छन् ।
फराकिलो कुकुर दाँत भएको, चौडा चिउँडो भएको तथा भद्दा आँखिभौँ भएको पुरुषमा धोकेबाजी चरित्र हुने अध्ययनको निष्कर्ष छ र यिनै चरित्रका आधारमा महिलाले कुन पुरुष धोकेबाज हो र कुन साँचो प्रेमी हो भन्ने कुराको चाल पाउन सक्छन् ।
तर महिलाको अनुहार हेरेर धोका वा प्रेमको गन्ध पाउन पुरुष भने असमर्थ हुन्छन् । अस्ट्रेलियामा गरिएको अध्ययनका क्रममा झण्डै २ सय जना स्वयंसेवक परिचालन गरिएको थियो । त्यस क्रममा महिला तथा पुरुषहरुलाई उनीहरुले कहिल्यै प्रेमका धोका दिए वा पाए नपाएको तथा अहिलेको प्रेम सम्बन्धका विषयमा सोधिएको थियो । यसरी सोधेर तस्वीर समेत लिइएका ती व्यक्तिहरुको तस्वीर अरु व्यक्तिहरुलाई देखाइएको थियो र तस्वीरका ती व्यक्ति कत्तिको धोकेबाज हुन सक्छन् ? भन्ने प्रश्न सोधिएको थियो । त्यस क्रममा महिलाहरुले गरेको अनुमान तुलनात्मक रुपमा सही ठहरियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

महिलामा सेक्सको भोक शनिवार राति सबैभन्दा बढि

सायद यो समाचार पढ्दा तपाइँलाई अचम्म लाग्न सक्छ । एक अध्ययनले महिलाको यौन चाहनाको विषयमा निकै रोचक तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार शनिवार राति ११ बजे महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।
बेलायतको एक स्वास्थ्य म्यागेजिनले गरेको अध्ययनमा १ हजार महिलालाई सहभागी गराइएको थियो ।
स्मरण रहोस् झण्डै एक वर्षअघि गरिएको अर्को अध्ययनले भने बिहिबारको विहान सेक्सको लागि सबैभन्दा उत्तम रहेको र बिहिबार बिहान गरिने सेक्सबाट सेक्स पार्टनरले सबैभन्दा बढि यौन सन्तुष्टि लिने तथ्य पत्ता लगाएको थियो ।
तर पछिल्लो अध्ययनले भने शनिवारको राति ११ बजेको समयमा महिलामा यौन हर्मोनको मात्रा निकै बढी हुने भएकाले त्यस बेलामा महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

गायिकाको दावी- ‘हो, मैले भूतसँग सेक्स गरेँ’

तपाईको कहिल्यै भूतसँग जम्काभेट भएको छ ? भूतको अस्तित्व छ भन्ने कुरा नै अधिकांशलाई हावादारी लाग्छ । तर, प्रसिद्ध अमेरिकी पपस्टारले त भूत भेटेको मात्र हैन, भूतसँगै यौनलिला मच्चाएकोसम्म दावी गरेकी छिन् ।
एक टेलिभिजन अन्र्तवार्तामा पपस्टार केशाले आफूलाई छोएको र भूतसँगै ‘सेक्सी टाइम’ विताएको दावी गरेकी छिन् । ‘सुरुमा उसले मलाई प्रेमले स्पर्श गर्‍यो र मैले सेक्सी समय बिताए ।’ २५ बषिर्या केशाले दावी गरिन् । भूत आफ्नै घरमा आएर रात बिताएको केशाको दावी छ ।
कार्यक्रम प्रस्तोताले के तपाईले भूतसँग रात बिताउनु भएको छ भनि सोधिएको प्रश्नमा केशाले आफूले भूतसँग ‘बोन जाने’ भइसकेको बताइन् । आफूलाई उनको नाम जानकारी नभएको तर, आफ्नो घरमा आएको बताएको द सनले छापेको छ ।
बेलाबेला अनेक लफडा गरिरहने केशाले हालै बजारमा आएको एल्बम ‘वारियर’लाई चर्चामा ल्याउन यस्तो अनौठो दावी गरेको हुनसक्ने अमेरिकी संचारमाध्यमहरुले टिप्पणी गरेका छन् ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal