kailali

Thursday 26 April 2012

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
कोमल मुटु छिया-छिया पारेर रोएँ॥
आँखा बाट तप्प आँशु झारेर रोएँ॥

जन्मौ को चोखो नाता टुटेर गयो
मन का रहर मनै भित्रै मारेर रोएँ॥
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
पर्दैन रोप्न भाला ,बीसै पिलाए हुन्छ! 
निमोठी घांटी नत्र मृत्यु दिलाए हुन्छ!

नमानी लाज तिम्ले ,खुल्ला भएर आफ्नो 
जवानी पोख्दै सारा, धर्ति हिलाए हुन्छ!!

अंगाल्दै झुटो खुशी,आत्मा बेचेर आफ्नै 
ब्यापारी बन्ने स्वार्थि,धन् मै बिलाए हुन्छ!!

बेचेर आफ्नो देह, हिरा मोतीमा सुति 
माटोमा मोली इज्जत् आफैं मिलाए हुन्छ!!
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

प्रदेशिको जिन्दगी पात झरेको डालिझै 
उजाड यो मरुभुमिमा एक्लाई तडपिएर 

सपना चाह सबै फुटेर सिशाको टुक्रझै 
उजाड यो मरुभुमिमा उस्कै यादमा जलेर