kailali

Sunday 9 September 2012

सबैभन्दा धेरै जँड्याहा एशियामा




अरु कुराले पछाडि रहेपनि एशियालीहरु रक्सी खाने मामिलामा भने युरोप तथा अमेरिकीभन्दा पनि अघि रहेको पाइएको छ । एक नयाँ अध्ययनले एशिया महादेशले रक्सी खपतको आँकडामा विश्वका अरु महादेशलाई निकै पछि छाडेको देखाएको छ ।
यूरोमनिटर नामको संस्थाले गरेको अध्ययन अनुसार प्रतिव्यक्ति खपतको हिसाबले नभइ कुल खपतको हिसाबले एशियालीहरु सबैभन्दा जँड्याहाको पहिलो नम्बरमा परेका हुन् । तर प्रतिव्यक्ति रक्सी खपतको हिसाबले भने युरोपेली मानिसहरु अगाडि छन् । विश्वमा प्रतिव्यक्ति सबैभन्दा बढि रक्सी खपत गर्नेमा चेक रिपब्लिकका जनता एक नम्बरमा पर्छन् । त्यहाँका हरेक मानिसले वर्षमा औषतमा १ सय ७४ लिटर रक्सी खान्छन् । दोश्रो नम्बरमा आयरल्याण्ड रहेको छ भने पहिलो दश मध्ये ८ स्थानमा युरोपेली देशले नै कब्जा जमाएका छन् ।
एशियाली देशको कुरा गर्दा प्रतिव्यक्ति रक्सी खपतको हिसाबले जापान एक नम्बरमा छ । एक जना जापानीले एक वर्षमा औषतमा ६४ लिटर रक्सी खान्छ ।
सायद जनसंख्या पनि धेरै भएर होला एसिया महादेशले रक्सीको कुल खपतको हिसाबमा सन् २००७ मै अरु महादेशलाई पछाडि पारेको हो । उक्त संस्थाका अनुसार सन् २०११ मा मात्रै एसियाका मान्छेहरुले ६७ अर्ब लिटर रक्सी खाए । जबकी सो एक वर्षमा अमेरिकनहरुले ५७ अर्ब तथा युरोपेलीहरुले ५१ अर्ब लिटर रक्सी सिध्याए ।
उक्त संस्थाका अनुसार युरोपेली तथा अमेरिकी देशहरुमा आर्थिक मन्दीका कारण पनि रक्सीको खपतमा कमी आइरहेको छ । तर एसियाली देशहरुमा भने रक्सीको खपत बढिरहेको पाइएको छ । आगामी ४ वर्षसम्म एशिया प्रशान्त क्षेत्रमा रक्सीको खपत ४.८ प्रतिशतले बढ्ने अनुमान छ ।
स्मरण रहोस् विश्वमा सबैभन्दा बढी वियर उत्पादन गर्ने देश पनि एशियाली मुलुक चीन हो । चीनले हरेक वर्ष झण्डै ४४ अर्ब लिटर बियर उत्पादन गर्छ । जबकी अमेरिकाले २३ अर्ब, ब्राजिलले १२ अर्ब तथा रुसले १० अर्ब लिटर बियर उत्पादन गर्ने गरेको छ ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

रुसी राष्ट्रपतिलाई ग्रुप सेक्समा रुची


हाम्रा देशका नेताहरु सार्वजनिक रुपमा सेक्सको विषयमा कुरा गरिहाल्न रुचाउँदैनन्, भलै निजि जिवनमा उनीहरुको चरित्र जस्तोसुकै होस् । सायद धेरै नेताहरु बुढा भएर पनि होला सार्वजनिक स्थानमा सेक्सको कुरा गर्दा लाज पनि लाग्दोहो । तर रुसी राष्ट्रपति भ्लादमिर पुटिनको उमेर छिप्पिएकै भएपनि सेक्सको बारेमा निकै खुलेर कुरा गरेका छन् ।
पुटिन पछिल्लो समय एक हट अभिव्यक्तिका कारण चर्चामा छाएका छन् । मात्र दुइ जनाबीचको सेक्स भन्दा ग्रुप सेक्स निकै राम्रो भएको भनेर पुटिनले सबैलाई आश्चर्यमा पारेका हुन् ।
दुइ जना मात्र सेक्स गर्नुभन्दा समूह सेक्स गर्नु उपयुक्त हुने भन्दै पुटिनले ग्रुप सेक्स गर्दा पालैपालो गर्न पाइने र त्यसो गर्दा थकाइ मार्दै मज्जा लिन पाइने बताएका छन् । एक संचारमाध्यम सँगको अन्तरवार्तामा उनले अरु काम जस्तै सेक्स पनि समूहमा गर्दा फाइदाजन हुने दाबी गरे ।
तर स्मरणीय कुरा के छ भने पुटिनकै कार्यकालमा सन् २००८ मा सार्वजनिक स्थानमा ग्रुप सेक्स गरेको आरोपमा ३ जना महिलालाई जेल सजायँ दिइएको छ । तत्कालिन सरकारको विरोधमा एक महिलावादी समूहका कार्यकर्ताले मस्कोमा सार्वजनिक ग्रुप सेक्स कार्यक्रमको आयोजना गरेका थिए ।
ग्रुप सेक्सका पारखी हुँदहुँदै पनि तपाइँले किन ग्रुप सेक्स गर्ने ती महिलाहरुलाई पक्राउ गरेर जेल हाल्नुभएको ? भन्ने प्रश्नमा पुटिनले भनेका छन्, ‘बन्द कोठाभित्र ग्रुप सेक्स गर्नु मान्छेको अधिकार हो, तर सार्वजनिक स्थानमा त्यसो गर्नु अवैध हुन्छ र कानुन अनुसार दण्डनीय हुन्छ ।’

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

छाति काटेका पहिरन रोज्ने हलिउड सेलिब्रेटी (फोटो फिचर सहित)


हलिउडका सुपर मोडेलदेखि लिएर गायिका तथा अभिनेत्री लगायत धेरै सेलिब्रेटी युवतीहरु हर तरहले आफ्नो जिउ एक्स्पोज गरेर चर्चामा आउने उपाय रच्छन् । जहाँतहीँ बिकिनी लगाएर जाने कुरो पनि भएन । धेरै छोँटा लुगा लगाउँदा पनि सबै ठाउँमा अमिल्दो हुने । त्यसैले होला अहिले धेरै तरुनीहरुको रोजाइमा कट आउट ड्रेस परेको छ ।
किम कार्दाशिन
पहिरन ग्वाम्लाङ्ग ठूलो देखिएपछि छातिमा तलसम्म काटिएका त्यस्ता पहिरनबाट वक्षस्थलको अधिकांश हिस्सा दुनियालाई देखाउन सकिन्छ र मज्जाले ग्लामरस भइन्छ भन्ने सोचाइमा उनीहरु हुन्छन् । यो कुरो सही पनि हो । यो मेलोमा ग्लामर गर्ल किम कार्दाशिन देखि लिएर गायिका लेडी गागा, मोडेल मिरान्डा केर समेत छन् । हेरौँ छाति काटिएका पहिरनमा रहेका केही हलिउड सेलिब्रेटी तरुनीहरु
ली मिचेल
क्याथेरिन जेन्किन्स
लेडी गागा


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बिपासाको ‘राज थ्री’ ले दुइ दिनमै कमायो २२ करोड


भट्ट क्याम्पको पछिल्लो फिल्म राज थ्री ले बलिउड बक्स अफिसमा गतिलो सुरुवात गरेको छ । शुक्रबार रिलिज भएको राज थ्री ले सुरुका दुइ दिनमा झण्डै २२ करोड कमाउन सफल भएको छ । शुक्रबार साढे १० करोड भन्दा बढि कलेक्सन गरेको फिल्मले शनिवार ११ करोड कमाएको छ ।
मुकेश भट्ट तथा महेश भट्टको निर्माण र विक्रम भट्टको निर्देशकमा रहेको हरर फिल्म राज थ्री मा बिपाशा बसु, इमरान हाशमी, इशा गुप्ता, मनीष चौधरी लगायतको अभिनय रहेको छ ।
इमरान खान र बिपासा बसुका लागि राज थ्री को सुरुवाती कलेक्सन के अर्थमा पनि महत्वपूर्ण छ भने यी इमरान तथा बिपासाले अभिनय गरेको फिल्मले सुरुवाती दिनमै ११ करोड कमाएको यो पहिलोपटक हो ।
राज थ्री ले भारतका मल्टिप्लेक्स भन्दा सिँगल स्त्रिmन चलचित्रघरहरुमा राम्रो कलेक्सन गर्न सफल भएको छ । यो फिल्म थ्री डी मा समेत रहेकाले थ्री डी सिनेमा घरहरुमा समेत दर्शकको राम्रो उपस्थिति छ ।
राज थ्री झण्डै दश वर्ष अघि रिलिज भएको फिल्म राज को सिक्वेलको रुपमा रहेको छ । यो फिल्ममा बिपाशा बसुको आधिपत्य रहेको छ र उनी भिलेनको रुपमा प्रस्तुत भएकी छिन् । इमरान फेरी एकपटक आफ्नो चुम्बनदार छवीका साथ प्रकट भएका छन् ।
सेक्स र थि्रलरलाई एकसाथ अगाडि बढाएको राज थ्री मा बिपासा तथा इशा गुप्ताले प्रसस्तै एक्पोज गरेका छन् ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

निखिलसँग ऋचाको मस्ती (फोटो फिचर)


नायक निखिल उप्रेती अहिले नेपाली सिनेमाबाट लगभग बाहिरिएका छन् । दोश्रो बिहे गरेपछि निखिलको करिअरमा उथलपुथल आएको हो । दोश्रो विहे गरेर मुम्बई पुगेका उनी नेपाली सिनेमा क्षेत्रमा प्रभुत्व जमाउने गरी फर्कन सकनेनन् ।
निखिल मुम्बई पुगेपछि अभिनय गरेको चलचित्र ‘न बोले नि हाँसीराख न’ रिलिजको क्रममा छ । आर.बी.के शरदको निर्देशनमा तयार भएको यो सिनेमा पुर्णतया लभस्टोरी र सांगितिक धारमा निर्माण भएको छ ।
चलचित्रमा नायक उप्रेतीले नायिका ऋचा सिं ठकुरी, शान्ति गिरीसँग रोमान्स गरेका छन् । चलचित्रबाट आफु निक्कै आशाबादी रहेको र व्यापार राम्रो गर्ने निर्देशक शरद बताउछन् । चलचित्रमा बसन्त सापकोटाको संगीत छ । चलचित्र ‘न बोले नि हाँसीराख न’ पुर्णतया पारीवारिक सिनेमा रहेको निर्माणपक्षको दाबी छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

TUMHE KOI DUA DETA


AHA THA NA KE YUN SOTE HOYE MAT CHOR KE JANA
MUJHE BESHAK JAGA DENA BATA DENA
TUMHE RASTA BADALNA HAI MERI HAD SE NIKALNA HAI
TUMHE KIS BAAT KA DAR THA
MAIN TUMHE JANE NAHI DETA
KAHIN PE QAID KER LETA
ARE PAGAL MUHABBAT KI TABIYAT ME ZABARDASTI NAHI HOTI
JISE RASTA BADAL NA HO USSE RASTA BADALNE SE
JISE HAD SE NKALNA HO USSE HAD SE NIKALNE SE
NA KOI ROK PAYA HAI
NA KOI ROK PAYE GA
TU TUMHE KIS BAAT KA DAR THA
MUJHE BESHAK JAGA DETE
MAIN TUM KO DEKH HI LETA
TUMHE KOI DUA DETA
KAM-SE-KAM YUN TU NA HOTA
MERE SAATHI YE HAQIQAT HAI
TUMHARE BAAD KHONE K LIYE KUCHBHI NAHI BAQI
MAGAR MAIN KHONE SE DARTA HUN
MAIN AB SONE SE DARTA HUN
KAHA THA NA YUN CHOR KE NA JANA

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

अहिले गुल्मी जिल्ला शोकमग्न वनेको छ


अहिले गुल्मी जिल्ला शोकमग्न वनेको छ । गुल्मी जिल्लामा भएको वस दूर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २९ जना घाईते छन् । मृत्यु हुनेहरु सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृत आत्माको चिरशान्ति तथा घाइतेहरुको सिध्र स्वास्थ्यलाभको मेरो जिल्ला डटकम परिवार कामना गदर्छ ।

यसै घटनालाई लिएर गुल्मी उद्योग वाणिज्य संघद्वारा आज जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय तथा कलकारखाना वन्दको घोषणा गरेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

प्रेमिकालाई कस्तो सरप्राइज, झण्डै ज्यान गएन


आफ्नो प्रेमिकालाई खुसी राख्ने प्रेमीले के के पापड बेल्दैन । तर, कहिले काँही यस्तो प्रयास निकै घातक समेत हुने गरेको छ । चीनका हू सेंगलाई यस्तै भएको छ ।

आफ्नो मेमिकालाई सरप्राइज दिन उनले आफैलाई बक्समा बन्द गरेर प्रेमिकाको अपिसमा पठाए कुरियर गरेर । तर, कुरियर कम्पनीले उक्त बाक्सलाई पठाउन केही ढिला गर्‍यो । झण्डै ३ घण्टापछि सेंग बन्द भएको बाकस कुरियर कम्पनीले उनको प्रेमिकाको अपिसमा पुर्‍यायो ।

तीन घण्टासम्म बाकसमा बन्द हुँदा सेंगको धुकधुकी मात्र बाँकी थियो । आफ्नो नाममा आएको कुरियर खोल्दा प्रेमी जीवन र मरनको दोसाँधमा पुगेको देखेपछि उनले साथीहरुसँग मिलेर तत्काल अस्पताल पुर्‍याए र धन्न सेंग बाँचे ।

उपचारपछि सेंगले कुरियर पुग्न यतिका समय लाग्छ भन्ने आफूलाई जानकारी नभएको बताए । उनले आफ्नो अपेक्षा विपरित निकै लामो समयसम्म बाकसमा थुनिएपछि चिच्याउने, बक्स फुटउने लगायतका प्रयास गरेको तर, असफल भएको समेत सुनाए ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

प्राण भन्दा


प्राण भन्दा पनी धेरै माया लाग्छ
ढुक ढुकिको माझमा बसेकोछ तिमी ||
संसारको सबै भन्दा धेरै माया लाग्छ
मेरो आखाको वोरी परी बसेको छ तिमी ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal