kailali

Tuesday 11 September 2012

पञ्चायतकालमा मृत्युदण्ड पाएका नेता रामराजाप्रसादको निधन

७७ वर्षको उमेरमा २०६९ भाद्र २७ (२०१२ सेप्टेम्बर १२) मा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको निधन भएको छ । वहाँप्रति हार्दिक श्रद्दान्जली सहित केही तथ्यहरूः
- सन् १९३६ मा सप्तरीमा जन्म,
- जुलाइ २००८ मा नेकपा (माओवादी) द्वारा राष्ट्रपति पदको उम्मेद्वारको रूपमा प्रस्तुत,
- दिल्ली विश्वविद्यालयमा कानूनशास्त्रमा अध्ययनको क्रममा ल्याटिन अमेरिकी नेता चे ग्वेभारासँग भेट,
- भेटमा ग्वेभाराले नेपालमा गुरिल्ला युद्ध गर्न सुझाव दिएका,
- चे ग्वेभारासँग भेट गर्ने सायद नेपालको एकमात्र राजनीतिज्ञ रामराजा प्रसाद सिंह हुन्,
- सन् १९८५ (वि.सं. २०४२) सालको काठमान्डु वमकाण्डको जिम्मेवारी रामराजा प्रसाद सिंहले लिएका थिए, तत्पश्चात सरकारद्वारा उनको सर्वस्वहरण भएको थियो । ....पुरा पढ्न तल क्लिक गर्नुहोस ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नेपालद्वारा अफगानिस्तान ७-१ ले पराजित सेमिफाइनलमा श्रीलंकाको सामना गर्ने

२७ भदौ, काठमाण्डौं । श्रीलंकामा जारी दोस्रो साफ च्याम्पिएनसिप महिला फुटबलमा नेपालले लगातार तेस्रो जीतसंगै समूह विजेता वन्दै सेमिफाइनल प्रवेश गरेको छ । वुधवार भएको खेलमा नेपालले अफगानिस्तानलाई ७-१ गोल अन्तरले पराजित गर्यो ।
नेपाललार्इ जित दिलाउन नीरु थापाले खेलको पाँचौ र पहिलो हाफको इन्जुरी समयमा गरी दूर्इ गोल गरिन । यस्भतै कप्तान जमुना गुरुङले खेलको १९ औ मिनेटमा अर्को गोल थपिन ।त्यस्तै साजना रानाले खेलको ४७ औँ र ७२ औँ मिनेटमा दुई गोल गरिन । साथै अनु लामाले खेलको ६९ र ८९ औ मिनेटमा गोल थपिन । अफगानिस्तानका लागि सान्तोना गोल खेलको पहिलो हाफको ४२ औँ मिनेटमा मर्जनले फर्काइन ।
लगातार तेस्रो जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रबेश गरेको हो । अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार श्रीलंकाको सामना गर्ने छ । समूह ए बाट भारत र घरेलु टिम श्रीलंका सेमीफाइनलमा पुगिसकेका छन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

जुर्यो शाहरुख र कटरिनाको फिल्मको नाम


अन्ततः शाहरुख खान र कटरिना कैफ अभिनित यश चोपडाको पछिल्लो फिल्मको नाम जुरेको छ । छायांकनकै क्रममा रहेको यो फिल्मको नाम र पोष्टर मंगलबार सार्वजनिक गरिएको हो । उक्त फिल्मको नाम जब त हे जान राखिएको छ भने यसको पोष्टरमा दाह्रीवाल शाहरुख सैनिक भेषमा देखिएका छन् । साथै शाहरुखको कटरिनाको प्रेमालापको दृश्य पनि पोष्टरमा समावेश गरिएको छ ।
जब तक हे जानमा शाहरुख र कटरिना सँगै अनुश्का शर्माको पनि अभिनय रहेको छ । यश चोपडाले ८ वर्षपछि निर्देशकको रुपमा पुनरागमन जनाएको यो फिल्म त्रिकोणीय प्रेम कथामा आधारित रहेको बताइन्छ ।
यो फिल्ममा ओस्कार विजेता संगीतकार एआर रहमानको संगीत रहेको छ । यो फिल्ममा शाहरुख दोहोरो भूमिकामा रहने छन् भने कटरिनालाई अप्राप्य सुन्दरीको रुपमा प्रस्तुत गरिएकी छिन् ।
पछिल्लो फिल्मको नाम जब तक हे जान राखेर ८० वर्षे निर्देशक चोपडाले गीतको बोलबाट फिल्मको नाम राख्ने आफ्नो परम्परालाई निरन्तरता पनि दिएका छन् । स्मरण रहोस् जब त हे जान कुनै बेलाको सुपरहिट फिल्म शोले को हिट गीत हो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

स्तनका मुन्टा नाप्ने प्रतियोगिता




यो दुनियामा प्रतियोगिता पनि कस्ता कस्ता ? सुन्दरी प्रतियोगिता त हुनेगरेको हामीले सुने देखेकै हो । तर हुँदाहुँदा सुन्दरीहरुबीच कस्का स्तनका मुन्टा बढी राम्रा भन्ने प्रतियोगिता हुन थालेको छ ।
चीनमा हालै भएको एक सुन्दरी प्रतियोगितामा सहभागी हुनेहरुलाई स्तनका मुन्टाको नाप लिएर मात्र सहभागी गराउने नियम तोकिएपछि त्यसले विवाद र चर्चा एकसाथ सिर्जना गरेको छ । प्रतियोगिताका आयोजकहरुले सहभागी कलेजका छात्राहरुको लागि यस्तो मापदण्ड तोकिदिएका छन् की दुइवटा स्तनका मुन्टाबीचको दुरी २० सेन्टिमिटर भन्दा कम भएका तरुनीहरुले मात्र सुन्दरी प्रतियोगितामा भाग लिन पाउँछन् ।
हुबेइ प्रान्तमा आयोजित कलेज सुन्दरी प्रतियोगितामा यस्तो नियम बनाइएको हो । स्थानीय बासिन्दाहरु आयोजकको यस्तो नियम तथा सोही नियमलाई मानेर सहभागी हुने तरुनीहरुप्रति आक्रोसित बनेका छन् । क्याम्पस मोडेल नामको वेबसाइट मार्फत प्रतियोगिताको बारेमा जानकारी गराउँदै आयोजकहरुले प्रतियोगीहरुका लागि नितम्ब, कम्मर तथा छातिको आकारका विषयमा पनि कडा मापदण्ड तोकिएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

गर्भवती प्रेमीकालाई काटेर कुकुरलाई मासु



असल प्रेमीले प्रेमका खातिर आफ्नै बलिदान दिनसक्छ । तर यो दुनियामा यस्ता कलंकित कथित प्रेमीहरु पनि हुँदारहेछन् जसले कुकुरलाई मासु खुवाउन प्रेमीकाको हत्या गर्छन् ।
ब्राजिलमा हालै यस्तै दर्दनाक घटना सार्वजनिक भएको छ । त्यहाँका एकजना फुटबल खेलाडीले आफ्नी प्रेमिकाको हत्या गरी उनको मासु कुकुरलाइ खान दिएको खबर सार्वजनिक भएको छ ।
ब्राजिलका स्टार गोलकिपर ब्रूनो फर्नान्डिजले आफ्नी गर्लफ्रेन्ड तथा मोडेल एलिजा स्यामुडियोको हत्या गरी उनको मासु घरमा पालेको कुकुरलाई खान दिएको बताइएको छ । ब्रूनो र एलिजाबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । तर जब एलिजाले ब्रूनोसँगकै सम्बन्धबाट गर्भवती भइन् तब ब्रूनो अताल्लिए । उनले प्रेमिकालाई गर्भ तुहाउन भने तर एलिजाले बच्चालाई जन्म दिने बताएपछि ब्रूनोले एलिजाको दर्दनाक तबरले हत्या गरे ।
समाचार अनुसार २५ वर्षीय मोडेल एलिजाले बच्चा जन्माएरै छाड्ने ढिपी गरेपछि उनको हत्या गर्ने योजना बनाएर ब्रुनोले अरु ८ जना साथीको सहयोग लिएर एलिजाको अपहरण गरे । अपहरण पछि एलिजालाई कुनै अर्को सहरमा लगियो र तडपाइ तडपाइ मारियो ।
मारेर मात्र पनि ब्रूनोको चित्त बुझेन । उनले एलिजाको शवलाई टुक्राटुक्रा पारेर काटे । केही टुक्रा घरमा ल्याएर कुकुरलाई खुवाए र बँचेखुसेका टुक्राहरु डढाइदिए । तर सान्तोष नामका एक निजि जासुसले भने यो अपराधको पोल खोलेपछि ब्रूनोको कर्तुत पर्दाफास भएको हो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

प्रेमको ताल्चामा सरकारी करौँती




इटलीको राजधानी रोम रहेको एक ऐतिहासिक पुलमा प्रेम जोडीहरुले लगाएको हजारौं ताला हटाइने भएको छ ।
टाइबर नदीमाथि बनेको पुलमा प्रेमका जोडीहरुले वर्षौदेखि प्रेमको प्रतिकका रुपमा ताला लगाउँदै आएका छन् । तालाले प्रेमलाई मजबुत बनाउने र एक अर्कामा आजीवन बाँधिने विश्वास गरिन्छ ।
यसको सुरुवात फेडि्रको मोकियाको एक उपन्यासपछि सुरु भएको हो, जसमा प्रेम गर्नेले उक्त पुलमा एक ताला लगाएको र साँचो नदीमा फलेको उल्लेख छ । उनीहरुको यो विश्वास थियो कि दुबै सदाका लागि एक अर्कामा समर्पित हन्छन् । उक्त उपन्यास लोकपि्रय भयो र प्रेम जोडीहरुले उक्त पुलमा रहेको लठ्ठामा ताला झुण्ड्याउने प्रचलन नै सुरु भयो ।
अधिकारीहरुका अनुसार तालाका कारण पुललाई नै खतरा भएपछि अब हटाउन लागिएको हो । रोमको नगर परिषद्ले तालाहरु काट्न आदेश दिएको छ र फलाम काट्ने मेशिनले तालाहरु काटिँदैछ । उक्त पुलमा रहेको ताला काट्न आदेश दिएको यो पहिलो पटक हो ।
यसअघि सन् २००७ मा रोमका मेयरले पुलमा ताला लगाए ५० युरो जरिवाना गर्ने निर्णय गरेपछि चर्को विरोध भएको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal