kailali

Friday 7 September 2012

निन्द्रामा सेक्स गर्नुहुन्छ ? सेक्ससोमनिया


जानकारहरुले वयस्क मानिसले दिनमा ७-८ घण्टा सुत्नै पर्ने बताउँछन्। किशोर-किशोरीले दिनमा ९ घण्टा र बच्चाहरुले १२ घण्टा सम्म सुत्नु स्वास्थ्यको लागि अति उत्तम मानिन्छ। धेरै वयस्क मानिसको निन्द्राको शत
्रु सेक्स भएको छ।

स्लिप सेक्स जसलाई सेक्ससोमनिया भनिन्छले धेरै वयस्काहरु प्रभावति भएका छन । यो रोग लागेपछी मानिसले निन्द्रामै पनि सेक्स गर्दछ र सुतिरहेको अचेत अवस्थामा पनि सेक्स सम्वन्धि क्रियाकलाप गर्दछ। नेपाली समाजमा सेक्सको बारेमा खुलेर कुरा गर्ने चलन नभएकाले धेरै मानिसले यो रोग र यसको परिणाम थाहा नपाएका हुन सक्दछन्।

यो रोग लागेका मानिसले संगै सुतेको व्यक्तिसंग अचेत अवस्थामै सेक्स सम्वन्ध राख्न सक्ने भएकाले सेक्स सम्वन्धी दुर्घटना जस्तै बलात्कार,दुर्व्यवहार समेत हुन सक्दछन्।

यदि तपाईले आफैलाई या आफ्नो सेक्स पार्टनरननाई यो रोग लागेको आंशका छ भने तत्काल चिकित्सककहाँ पुग्नु बुद्धमानी हुन्छ किन भने यसले खतरनाक रोगहरु पार्किनसन, डिमेन्टिया,न्याक्रोलेप्सी देखी ब्रेन ट्युमर सम्म पुर्याउन सक्दछ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

भूकम्पमा परी ५३ जनाको मृत्यु, १५० जना भन्दा बढी घाइते



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

‘मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ’

मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ’ यसो भन्ने ‘उनी’ हुन मोडेल स्मिता थापा । मोडेल थापा यौनमा पुरुषको होइन महिलाको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छिन् । नेपाली समाजमा पुरुषहरु महिलालाई यौनेच्छा शान्त पार्ने साधनका रूपमा प्रयोग गर्छन् भन्ने पुरानो मान्यताका विरुद्ध उनी खरो रुपमा उत्रन चाहन्छिन् । उनी जस्ता धेरै महिलाका कारण नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या बढ्दै गएको छ । त्यस्ता पुरुष प्रयोग गर्नेमध्ये युवतीमध्ये एक हुन्, मोडल स्मिता थापा ।

पत्रपत्रिकामा प्रकाशित हट पोज ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्विर छपाएकी स्मिता त्यस्ता युवतीहरुकी प्रतिनिधि हुन्, जो पुरूषलाई यौन साधन मात्रै मान्छन् । उनको विचारमा पुरूषले महिलामाथि मायाको नाममा यौन शोषण गरेको छ । अब पालो युवतीको हो । युवतीहरुले पनि पुरूषहरुलाई यौन साथीका रूपमा मात्र हेर्न सिक्नुपर्छ ।

भनिन्छ, केही पुरुषहरू महिलाहरूलाई खेलौनाका रूपमा हेर्छन्, उनीहरू खेल्छन् र उपादेयता सकिएपछि फ्याँक्छन् । के यस्तै कुरा महिलाहरू पनि सोच्छन् ?

सोच्छन्, किन सोच्दैनन् ? म त्यस्तै युवती हुँ । पुरूषहरु मेरा खेलौना हुन् । मेरो शरीरले इच्छा गर्दा उनीहरुलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि सकिन्छ ।



कति परुषसँग सगंत गनर्भुयो ?

मैले १६ वर्षदेखि पुरूषको संगत गर्दै आएकी छु । अहिलेसम्म कति पुगे होलान् भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके, कति भन्नु ? (लामो हाँसो ।)

भनेपछि ती सबै खेलौना नै थिए ?

पहिले त ती ड्रिम ब्वाई नै थिए । पछि-पछि मलाई पुरुष भनेका खेलौना हुन् भन्ने लाग्न थाल्यो ।

यस्तो सोच कहिलेदेखि आयो ?

पहिले शरीरको आवश्यकता पूरा गर्न यौन सम्बन्ध राखें । कहिलेकाहीं सम्बन्ध राख्दै जाँदा त्यो मायामा परिणत पनि भयो । जब मानिसको व्यवहार बुझ्दै जाँदा यो स्वार्थी जीव हो, यहाँ माया प्रेमको अर्थ छैन भन्ने थाहा पाएँ, त्यसयता मैले पनि पुरुषलाई ‘युज एन्ड थ्रो’कै व्यवहार गर्न थालेकी छु ।

पुरुष स्वार्थी कि महिला ?

म महिला भएकीले महिलालाई किन स्वार्थी भनौँ ? बरु पुरूष नै स्वार्थी हुन्छन् । महिलाहरु मायामा पग्लिन्छन्, तर पुरूष पग्लिएको मैले पाइनँ । म कुनै पुरूषको मायामा पर्दा उसले मलाई विवाह गरेन । मायामा पग्लिने भए त विवाह भैहाल्थ्यो नि !

विवाह गर्ने अनुकुल अवस्था नहुन पनि सक्छ नि, विवाह नगर्ने बित्तिकै पुरुषलाई स्वार्थी भन्न मिल्छ ?

पुरूषहरू विवाहअघि मजस्तै हट एन्ड सेक्सी गर्लफ्रेन्ड चाहँदा रहेछन् । गाडीमा राख्यो, घुमायो, अनि मोजमस्ती गर्‍यो । जब विवाहको कुरा आउँछ, उनीहरूलाई घर सम्हाल्ने, सिधा-सादा केटी चाहिन्छ रे ! विवाहअघि पनि गर्ने त्यही हो, पछि पनि त्यही हो । त्यसो भए व्यवहारचाहिँ किन फरक ?

किनभने तपाईंहरू जस्ता यवुतीलाई उनीहरूले खर्च गरेका हुन्छन, स्वार्थकै लागि सगंत गरेका हुन्छन्, होइन र ?

म कलगर्ल होइन । कतिपय अवस्थामा मेरै पैसाबाट उनीहरुले मोज गरेका छन् । त्यस्ता युवती पनि होलान्, जसलाई खान-लाउन पुग्दैन, उनीहरुलाई त्यसरी पैसा लिनु बाध्यता पनि होला । तर म त सम्पन्न घरकी युवती हुँ । मजस्ता खुला विचारका युवतीलाई देख्ने बित्तिकै समाजले गलत अर्थ लगाउने गर्छ । हाम्रो समाजको धारणा नै गलत छ ।

तपाईं गाडी चढ्नु हुन्छ, फ्ल्याटमा बस्नुहुन्छ, विचार र व्यवहार पनि त्यस्तै देखेपछि यस्तो सोच्नु स्वाभाविक नै हो, होइन र ?

म व्यक्तिगत जीवनमा फेमिली ब्याकग्राउन्डको कुरा गर्न चाहन्न । तर यति भन्छु, म महिनाको ४-५ लाख खर्च गर्ने क्षमता राख्छु । म बीटेक गरेकी शिक्षित एवम् सक्षम युवती हुँ ।

तपाईंको जीवनको उद्देश्य ?

राम्रो मोडल बन्ने । खुसीसाथ जीवन बिताउने । दुई-चार वटा एड (विज्ञापन) गर्दा बजारबाट जुन रेस्पोन्स पाएँ, त्यसले मलाई मोडलिङमा रूचि बढाएको छ । बाँकी जीवन आफूले चाहेको जस्तो गरी बिताउने । विशेष गरी नयाँ-नयाँ पुरूषसँग सङ्गत गर्ने ।

सबैभन्दा पहिले पुरुषको सङ्गत गर्नुभयो कि मोडल बन्ने चाहना राख्नुभयो ?

म स्कुलमा फरवार्ड थिएँ । राम्रो नाच्ने र एक्टिङ गर्थे । १६ वर्षको उमेरदेखि नै पुरूषको सङ्गत पनि गर्न थालेँ ।

पहिलोपल्ट सङ्गत गरेको पुरुषको सम्झना छ ?

छ । मैले डान्स क्लासमा भेटेकी हुँ । ऊ २७ वर्ष जतिको थियो । ऊसँग मेरो ‘ओरल सेक्स’ भएको थियो ।

त्यति सानो उमेरमा कसरी ओरल सेक्सको कुरा थाहा पाउनु भयो ?

त्यो आफैँ थाहा पाउने कुरा हो । सेक्स त प्राकृतिक कुरा हो नि, होइन र ? फेरि त्यो निकै अनुभवी मानिस थियो, उसले नै मलाई सेक्सको महत्व सिकाएको हो ।

त्यो एक प्रकारको शोषण थियो भन्ने लाग्दैन ?

अहिले आएर लाग्छ किनभने उसले मेरो चाहना पूरा गर्दैनथ्यो । तर मैले ओरल गर्दा ऊ जति खुसी देखिन्थ्यो, त्यो देखेर मलाई आनन्द लाग्थ्यो ।

दोस्रो पुरुष पनि सम्झनुहुन्छ ?

सम्झन्छु । त्यसबेला म १७ वर्षकी थिएँ । ऊसँग मेरो प्राकृतिक सम्पर्क भएको थियो । म पहिलो पटक साँच्चैकी युवती भएकी थिएँ । ऊ भने ३१ वर्षको थियो ।

तपाईंलाई सधैं पाको पुरुष नै मन पर्नुको कारण ?

किनभने उनीहरु अनुभवी हुन्छन् । अर्को कुरा पाको मानिससँग उठबस गर्दा अरुले अनावश्यक शंका पनि गर्दैनन् । मैले अहिलेसम्म आफू सेफ साइडमा बसेर जीवन बिताएकी छु ।

गलत गरेँ कि भनरे पश्चात्ताप लागेको छैन ?

एकपल्ट ४० वर्षको पाको मानिस मलाई यति मन पर्‍यो कि उसलाई फकाउने क्रममा उसको कारमै हाम्रो सम्बन्ध भएको थियो । त्यसबेला उसले मलाई के सोच्यो होला भन्ने पीर लागिरह्यो । मलाई लाग्यो, मेरो शरीर आवश्यकताभन्दा बढी भोको छ । यो राम्रो कुरा होइन भन्ने लागेको थियो ।

त्यो बानी परिवर्तन भएन ?

भएन । ऊ मबाट यति प्रभावित भयो कि मेरा लागि सबैथोक छाड्छु भन्न लाग्यो । उसको परिवार बिग्रने डर भएपछि म साइड लागेँ । किनभने उसका श्रीमती, छोरा-छोरी थिए । मेरो उद्देश्य ऊसँग सम्बन्ध राख्ने मात्रै थियो, परिवार बिगार्ने थिएन ।

कति समयमा तपार्इंले केटा फेर्नु हुन्छ ?

यति समय भन्ने छैन । एउटा पुरूषसँग सङ्गत गर्दा अरू पुरुषसँग उठबस गर्दिनँ । मलाई मनै लाग्दैन । अर्को पुरूषसँग उठबस गर्दा मेरो ब्वायफ्रेन्डमाथि अन्याय भएजस्तो लाग्छ ।

माया र सेक्स फरक कुरा हुन् । तर सेक्समा प्रेम भयो भने त्यो सुनौलो हुँदोरहेछ । नेपालीमा उखान छ नि, सुनमा सुगन्ध, प्रेम भएको अवस्थामा सेक्सको त्यही महत्व छ ।

यति लामो यौन जीवनमा कतिपटक सुनमा सुगन्ध महससु गर्नुभयो ?

एक पटक । केही वर्ष पहिले एकजना सञ्चारकर्मीसँग मेरो संगत भएको थियो । आफू सेफ हुन ऊसँग संगत गरेको थिएँ, तर एक वर्ष नबित्दै ऊसँग मेरो प्रेम हुन गयो । म उसको मायामा यति धेरै पग्लिएछु कि ऊसँग मात्र तीन वर्ष संगत गरेँ । त्यसबेला मलाई लाग्यो, सेक्सको आनन्द प्रेममा रहेछ । तर के गर्नु उसले मसँग विवाह गर्नै मानेन ।

उसले विवाह गर्न नमान्नुको कारण के होला ?

म उमेरले सानी भएँ रे । सङ्गत गर्दा चाहिँ सानी नहुने, विवाह गर्दाचाहिँ सानी हुने ? म त्यतिबेला खुब रोएकी थिएँ ।

त्यसो भए विवाह गरेर लाइफ सेटल गरे भइहाल्यो नि ?

प्रेममा उसले धोका दिएपछि प्रेमप्रति मेरो विश्वास रहेन । त्यसपछि मैले पुरूषको भावनामा बग्नुहुन्न, बरु पुरुषलाई युजचाहिँ गर्नुपर्छ भन्ने कुरा बुझेँ । त्यसैले अब मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ ।


सधैंभरि यस्तो जीवन चल्न सम्भव छ ?

मलाई थाहा छ, मोडलिङको पनि आफ्नो उमेर हुन्छ । यसरी रमाइलो गर्नुको पनि एउटा समय हुन्छ । त्यसैले धर्मपुत्री पाल्दै छु । १ करोडको लगानीमा एउटा बिजनेस सुरु गर्दैछु । आम्दानी भएको पैसाले समाजसेवा गर्छु । जसरी होस्, जीवन मोजमा बिताउँछु । अहिले मोडलिङमा मेरो चर्चा छ, भोलि समाजसेवामा मेरो नाम रहनेछ ।

विवाह नगरेपछि आफ्नो सन्तान हुँदैन, यसले एउटी महिलाको जीवन अपूरो भयो नि ?

सन्तानका लागि विवाह किन गर्नुपर्‍यो र ? मलाई एउटा यस्तो लोग्नेमानिस चाहिएको छ, जो हेण्डसम होस्, असल व्यवहारको होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ ।
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

७८ प्रतिशत पुरुषहरु अन्य स्त्रीहरुसँग यौन सम्वन्ध राख्छन्


 हालै गरिएको एक अध्ययन अनुसार पुरुषहरु पत्नी हुँदा हुँदै पनि अन्य स्त्रीहरुसँग यौन सम्वन्ध राख्छन् । उनिहरु न त पत्नीलाई छोड्न चाहन्छन न अन्य महिलाहरुसंग सेक्स सम्वन्ध राख्
न छोड्न चाहन्छन् ।
अध्ययन अनुसार धेरैजसो पुरुषहरु आफना साथीहरुसंग समय विताउन चाहन्छन् र उनिहरु अधिक यौन सम्पर्क कायम गर्न चाहन्छन् । परिवर्तित समय अनुसार मानिसहरु बढीमात्रामा खुला यौन सम्पर्क प्रति आकर्षित हुँदैछन् । यसैका लागि शोधकर्ताहरुले सर्वेक्षण गरेका छन् । सर्वेक्षणको नतिजाले ७८ प्रतिशत पुरुषहरु आफनी पत्नीलाई धोका दिएर परस्त्रीसंग यौन सम्वन्ध स्थापित गर्छन् भन्ने देखाएको छ ।
शोधकर्ताहरुका अनुसार पुरुषहरु भावनात्मक रुपबाट एकै महिलासंग जीवन विताउन चाहन्छन् तर यौन सम्वन्ध भने कैयौँ महिलाहरुसंग राख्न चाहन्छन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

राष्ट्रपति हटाउन सेक्स हडताल


अफि्रकी मुलुक टोगोका महिलाले राष्ट्रपटि हटाउने अनौठो आन्दोलन उद्घोष गरेका छन् । ‘नागरिक अधिकार समूह’ अन्तर्गत राजनीतिमा सक्रिय महिलाहरुले राष्ट्रपतिको राजीनामा माग्दै सातदिन यौन सम्बन्ध नराख्ने सेक्स हड्तालमा सरिक हुन आम महिलाहरुलाई आव्हान गरे ।
‘टोगो बचाउ’ समूहकी महिला नेतृ इसाबेल आमेगानभीले महिलाहरुलाई आफ्ना पति वा यौन पार्टनरसँग सोमबार बाट एक हप्तासम्म सेक्स नगर्न आग्रह गरेको बताइन् । उनले यस हड्तालले टोगोका पुरुषहरुलाई राष्ट्रपति फाउनरे ग्नासिङबे विरुद्ध आन्दोलन गर्न दवाव दिने विश्वास गरेकी छन् ।
राजधानी लामेमा शनिबार आयोजित हजारौ महिलाको र्‍यालीमा सेक्स हडताल घोषणा गरिएको खबर नागरिक दैनिकमा खबर छ । अक्टोबरमा हुन लागेको संसदीय निर्वाचनमा ग्नासिङवेको पार्टीलाई पुनः विजयी गराउने गरी हालै भएको निर्वाचन सुधार विरुद्धको एउटा गठबन्धनले विरोध प्रदर्शन आयोजना गरेको थियो ।
३८ बर्षदेखि पश्चिम अफि्रकी मुलुक टोगोमा शासन गर्दै आएका बाबु इयाडेमा ग्लासिङवेको २००५ मा निधन भएपछि ग्नासिङवे सत्तामा आएका हुन् । ग्लासिङवे र उनकी पत्नीले भने सेक्स हड्तालका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

स्लिम जिउ बनाउन शिल्पा कसरत गर्दै


बलिउड अभिनेत्री शिल्पा शेट्टी फेरी आफ्नो उहीँ पुरानो स्लिम जिउमा फर्किन हतारमा छिन् । केही महिनाअघि छोरा पाएर अहिले सुत्केरी अवस्थामा रहेकी शिल्पा अब छिटै जिउ बनाएर क्यामराको अगाडि आउन चाहन्छिन् । गर्भवती भएको बेला शिल्पाको वजन झण्डै १९ किलो भएको थियो । तर सुत्केरी भएपछि उनले जिउडालमा विशेष ध्यान दिन थालिन् र अहिलेसम्म १० किलो वजन घटाइसकेको बताइन्छ । उनले अझै तोल घटाएर स्लिम बन्ने धूनमा छिन् । संजय दत्तको एक्शन रियालिटी शो सुपर फाइट लिगको लागि एक प्रमोशनल भिडियोमा अभिनय गर्नका लागि समेत उनी वजन घटाउन हतारिएकी हुन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

रेखा थापाको मिनिस्कर्ट कथा (गाइजात्रा विशेष )


एक दिन सुटिङमा जानेबेला रेखा थापा आफ्नो मिनिस्कर्ट खोज्दै थिइन् । नभेटेपछि श्रीमान् छवि ओझालाई सोधिन्, ‘डयाडी, (रेखा आफ्नो श्रीमान्लाई डयाडी भन्छिन्) तपाईंले मेरो गुलाबी कलरको मिनिस्कर्ट देख्नुभयो ?’
छवी : ए, त्यो त मैले धोएर थन्क्याइदिएको छु ।
रेखा : कहाँ छ त ?
छवि : ऊ त्यो सलाइको बट्टाभित्र !
आफ्नो नयाँ फिल्म ‘सालीको पोइ’ को प्रिमियर हेर्न हल गएकी रेखालाई बेस्सरी पिसाबले चाप्यो । हाफ टाइम हुनासाथ उनी दौडिँदै शौचालयभित्र छिरिन् । तर, त्यो परेछ पुरुष शौचालय । आफ्नो पछिपछि धेरै पुरुषको भिड लागिसकेको उनले मेसो पाइनन् । हतार–हतार पिसाब गर्न बस्न खोज्दा टाइट मिनिस्कर्टले दिएन ।
मिनिस्कर्टको पछाडिपट्टि फस्नर थियो । पछाडि हात लगेर फस्नर अलिकति उघारिन् र फेरि बस्न खोजिन् । तर, अझै भएन । फेरि फस्नर अरू धेरै उघारिन् र बस्न खोजिन् । यसपालि पनि सकिनन् । आखिर पूरै फस्नर उघारिन् र बस्न खाजिन् । यति गर्दा पनि भएन । यत्तिकैमा पछाडिबाट एक सज्जनले उनलाई जुरुक्क बोके र खुट्टा फट्याइदिँदै भने– लौ पिसाब फेर्नुस् । अत्तालिएकी रेखाले पिसाब गरिसकेर पछाडिको मान्छेलाई हेर्दै भनिन्, ‘तपाईं को हँ ? नचिनेकी केटीलाई यसरी बोकेर पिसाब फेराउन लाज लाग्दैन ।’
सज्जनले विनम्र हुँदै भने, ‘तपाईंले मेरो पाइन्टको फस्नर खोलिदिएर सहयोग गरेपछि मैले यति गर्न केको लाज ?’
छवि ओझा आफ्नी हिरोइन श्रीमतीका लागि मिनिस्कर्ट सिलाइदिन टेलरकहाँ पुगे । उनले रुमाल जत्रो कपडा टेलरवालालाई दिँदै भने– दुईवटा मिनिस्कर्ट सिलाइदिनु है ?
टेलर : तर, यत्रो कपडा…
छवि : (कुरा काट्दै) बाँकी रहेको कपडा तपाईंलाई नै भो ।
रेखा थापालाई एकजना फ्यानले विदेशबाट साइनिङ अन्डरवेयर (चम्किने कट्टु) उपहार पठाइदिएका थिए । अमेरिकाबाट पठाइदिएको भनेपछि त्यो लर्तरो कट्टु थिएन । प्राय: हलिउड सेलिब्रिटीले लाउने त्यो कट्टु यति चम्किलो थियो कि धेरै बेरसम्म हेर्‍यो भने जो कोही पनि त्यसको प्रकाश धान्न नसकेर बेहोस हुनसक्थ्यो । रेखालाई कट्टु साह्रै मनपर्‍यो तर आखिर पर्‍यो कट्टु । अरूलाई कसरी देखाउने भनेर समस्या पर्‍यो उनलाई । तर, उपाय सुझ्यो । राति साइनिङ अन्डरवेयर लगाएरै सुतेकी रेखा भोलिपल्ट बिहानै आफ्नो सबैभन्दा खुकुलो मिनिस्कर्ट भिरेर सुटिङमा हिँडिन् । उनले सुटिङमा कुनै जुक्ति निकालेर अन्डरवेयर देखाउने विचार गरिन् ।
नभन्दै एक दिन ‘मान्छेभन्दा भुँडी ठूलो’ नामक फिल्मको सुटिङमा उनले रूख चढ्नुपर्ने दृश्य थियो । गाउँले केटीको रोल भए पनि रेखाले मिनिस्कर्ट नै लगाएर रूख चढ्ने अडान लिइन् किनकि उनलाई साइनिङ अन्डरवेयर जो देखाउनु थियो ।
निर्देशकको के जोर चल्थ्यो, उनले चोली र मिनिस्कर्ट लगाएर रूख चढ्न रेखालाई अनुमति दिए । यता क्यामराम्यान मुन्तिरबाट क्यामेरा सोझ्याउँदै थिए । रूखमा अलि माथि पुगेपछि रेखाले नियतवश आफ्ना दुई खुट्टा अलिकति फट्याइदिइन् । रूखमुनि रहेका क्यामराम्यानले दुईचोटि वाह, वाह भने र त्यहीँ बेहोस भए ।
के भएछ भनेर निर्देशक उनको ठाउँमा आएर माथि हेरे । उनलाई पनि रेखाले खुट्टा फट्याएर देखाइन् । निर्देशक पनि धेरै बेर टिक्न सकेनन् र वाह ! वाह !! भन्दै भुक्लुक्क भए । एवं रितले सुटिङ युनिटका सबैजना पालैपालो वाह ! वाह !! भन्दै त्यहीँ ढले । अन्तत: त्यस दिन सुटिङ नै हुन सकेन ।
यता, रेखा आफ्नो साइनिङ अन्डरवेयरको करामत देखाउन पाएर गदगद हुँदै घर फर्किइन् । घर आउनासाथ उनले श्रीमान् छवि ओझालाई बेलिबिस्तार लगाइन््, साइनिङ अन्डरवेयरको चमत्कारको । तर, छवि त टाउको समातेर रुन पो थाले । एकछिनमा फुलिएपछि उनले भने, ‘म बिहान उठ्दा तिम्रो साइनिङ अन्डरवेयर त मैले लगाएर हिँडेको थिएँ ।’
छविले रेखाको मिनिस्कर्ट धोएर छतमा सुकाएका थिए तर उठाउन जाँदा मिनिस्कर्ट त भँगेराले टिपेर उडिरहेको देखे । हत्तेरी भन्दै उनले ओर्लेर रेखालाई भँगेराले मिनिस्कर्ट चोरेको सुनाए । रेखाले निर्धक्क हुँदै भनिन्, ‘ढुक्क हुनुस्, डयाडी † त्यसले मिनिस्कर्ट फिर्ता ल्याइदिन्छ ।’
नभन्दै भोलिपल्ट त मिनिस्कर्ट छतमा ल्याएर मिल्काइदिएको रहेछ भँगेराले । उठाउन खोज्दा छविले मिनिस्कर्टसँगै एउटा सानो चिठ्ठी देखे । त्यसमा लेखिएको थियो, ‘साह्रै टाइट भयो, त्यसैले फिर्ता ल्याइदिएँ ।
पत्रिकाहरूले साह्रै खेदो गरे भनेर एक दिन रेखाले आयन्दा मिनिस्कर्ट नलाउने निधो गरिन् । उनले यो कुरा श्रीमान्लाई सुनाइन् । ‘डयाडी ! म अबदेखि मिनिस्कर्ट लाउँदिन, पत्रिकाहरूले साह्रै खेदे ।’
छवि गदगद भए उनको कुरा सुनेर । भने, ‘मैले जुन कुरा वर्षौंदेखि भन्न चाहेर पनि भन्न सकेको थिइनँ । आज तिमी आफैँले भन्यौ । यो मेरो सबैभन्दा खुसीको दिन हो ।’ छवि भावुक भएर रुन थाले ।
तर, रेखाले भनिन्, ‘त्यति धेरै खुसी हुनुपर्दैन, डयाडी । मैले मिनिस्कर्ट लाउँदिनँ मात्र भनेकी हुँ, त्यसको ठाउँमा अर्थोक लाउँछु त भनेकी छैन नि †’
छवि फेरि रुन लागे ।
रेखा थापा फिल्मको सुटिङमा थिइन् । भिलेनलाई उनले किक हानेर ढाल्नुपर्ने दृश्य थियो । रेखाले मिनिस्कर्ट लगाएरै किक हान्न चाहिन् । दुवै जना तयार भए । निर्देशकले एक्सन भन्दै खुट्टा उज्याएर भिलेनलाई बजाउन रेखालाई इसारा गरे । रेखाले दायाँ खुट्टा उचालिन् तर मिनिस्कर्ट निकै टाइट भएकाले खुट्टा धेरै माथि उठेन । खुट्टा टेकिन् र फेरि अर्को खुट्टाले प्रयास गरिन् । यसपटक पनि उनको खुट्टा भिलेनको घुँडाभन्दा माथि पुग्न सकेन । उनले अलि बल लगाइन् । ला…, मिनिस्कर्ट नै ध्यार्र गर्‍यो ।
सुटिङ युनिटका सदस्यहरू मुखामुख गर्न थाले । अर्को मिनिस्कर्टको जोगाड गर्न निर्देशकले सहायकलाई इसारा गरे । तर, रेखाले भने मिनिस्कर्ट बदल्न कुनै चासो देखाइनन् । बरु अलि लजाएजस्तो गरी मुसुक्क हाँस्दै सरी भनिन् । उनी टेक दिन फेरि तयार भइन् र खुट्टा उचालिन् । यसपटक अलि माथि पुर्‍याइन् । तर, मिनिस्कर्टको पछाडि भागमा झन् बेसरी ध्यार्र गर्‍यो । यसपटक भने रेखा पनि लाजले पानी–पानी भइन् । ‘हिजो मासु धेरै खाएकी थिएँ,’ रातो–पिरो अनुहार लगाएर उनले भनिन् । त्यतिबेलासम्म वरिवरि रहेका सबै नाक थुनिरहेका थिए ।
रेखा थापालाई कामको व्यस्तताबाट फुर्सद मिलाएर एक्लै गाउँतिर डुल्न मन लाग्यो । माथि सानो स्लिभलेस टिसर्ट र तल आफ्नो भएसम्मको छोटो मिनिस्कर्ट लगाएर उनी काठमाडौंनजिकैको एउटा गाउँमा पसिन् । आफूलाई कसैले नचिनून् भनेर उनले अनुहारको मेकअप नगरी हिँडेकी थिइन् ।
तर, गाउँ पस्नेबित्तिकै रेखा विपत्तिमा परिन् । गाउँका भूराहरू उनको छोटो लुगालाई औँल्याउँदै कुरीकुरी भन्दै पछि दगुर्न थाले । जति हप्काउँदा पनि नटेरेपछि रेखाले तिनीहरूलाई स–साना ढुंगा टिप्दै हान्न थालिन् । यत्तिकैमा केही गाउँलेले देखे । एउटी अर्धनग्न आइमाईले केटाकेटीहरूलाई ढुंगाले हान्दै गरेको देखेर उनीहरूले बहुलाही भन्ठाने । कसैले प्रहरीमा मोबाइलबाट फोन गरेर बढाईचढाई गर्दै भन्यो एउटी बहुलाही गाउँमा नांगै घुमिरहेकी छ ।
केहीबेरमा पुलिस आयो र ‘नांगी बहुलाही’ लाई एउटा ठूलो कम्बलले घर्लप्प छोपेर गाडीमा हालेर लग्यो । रेखा केही भन्न खोज्दै थिइन् तर मौका पाइनन् । पुलिसचौकीमा लगेपछि भने उनले ठूलै आक्रोश झिकिन् । तिमीहरूले मलाई यहाँ ल्याउने हिम्मत कसरी गर्‍यौ ? म को हुँ, थाहा छ ? म हिरोइन रेखा थापा हुँ, रेखा थापा ।
उनको कुराले प्रहरीहरू पेट मिचिमिची हाँस्न थाले । प्रहरी निरीक्षकले उनलाई पहिले मानसिक अस्पताल लैजान आदेश दिए । मानसिक अस्पतालमा जाँच्ने डाक्टरलाई पनि उनले पटकपटक आफू हिरोइन रेखा थापा भएको बताइन् तर डाक्टरले के पत्याउँथे, बहुलाही नै भन्ठाने । डाक्टरले निधो गरिदिए, उहाँले रेखा थापाको फिल्ममा कुनै डरलाग्दो दृश्य हेरेर उहाँलाई मानसिक दौरा परेको देखिन्छ । सामान्य उपचारले हुँदैन । इलेक्ट्रिक सक नै दिनुपर्छ ।
अन्तत: उनलाई बाँधेर इलेक्ट्रिक सक दिइयो । सकले गर्दा रेखाको मगज साँच्चिकै असन्तुलित भयो । पछि उनी मानसिक अस्पतालबाट भागेर त निस्किन् । तर, उनको मानसिक अवस्था अहिले पनि ठेगानमा आउन नसकेको बताइन्छ ।
(स्मरणीय रहोस्, यही बिमारीले चापेका बेला रेखाले रामनामीलाई लगौँटी बनाएर नाचेकी थिइन् । छविले रेखासित छुट्टिने निर्णय लिनुमा पनि यही बिमारीको कारण रहेको बताइन्छ ।)


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

प्रेम गर्ने शैलीमा पनि प्रविधि हाबी, फेसबुकमा पिरती

 फुर्सद हुने बित्तिकै सन्दीप थापाका औँला मोबाइल या कम्प्युटरका किप्याडमा हुन्छन्। फेसबुक चलाइहाल्छन्। रुकुमबाट पढ्न पोखरा आएका उनी फूलबारीमा बस्छन्। टाइमपासका लागि दुई वर्षअघिदेखि फेसबुक चलाउन थालेका उनको फेसबुकबाटै 'लभ' परेको छ। अनलाइनमा हुनेबित्तिकै धेरैजसो केटी साथीसँग कुरा गर्ने उनले ख्यालख्यालमै लभ परेको किस्सा सुनाउँछन्। 'फेसबुकमा धेरैजसो केटीसँग मात्रै कुरा हुन्थ्यो, नदेखिने भएपछि जे कुरा पनि खुलस्त राख्न पाइने,' उनी भन्छन्, 'यत्तिकै मजाक गरेर प्रपोज गरेको एक जना केटीसाथीले स्वीकार रेपछि अहिले चक्कर चलिरहेको छ। '


अहिले युवायुवती फेसबुक, मिग ३३, ट्वीटर, निमबुजमा मस्त र व्यस्त छन्। कक्षाकोठामा पढ्दापढ्दै, सडकमा हि"ड्दाहि"ड्दै, मोटरमा यात्रा गर्दागर्दै वा घरमा बसेका बेला एकोहोरो बनेर युवायुवती मोबाइलमा औला चलाइरहेका भेटिन्छन्। रातभर फेसबुक, मिग अनि निमबुजमा व्यस्त भएर केटाकेटी विपरीत लिंगी साथीसँग कुरा गर्छन्। साथीभाइसँग घुमफिर गर्नेहरू अहिले कम्प्युटर र मोबाइलबाटै संसार घुम्छन्। फेसबुक, निमबुज, र मिगले 'लभ' गर्न सजिलो बनाइदिएको छ। 'प्रत्यक्ष भन्न नसक्ने धेरै कुरा फेसबुकमा सजिलै भन्न सकिन्छ,' फेसबुकमै 'लभ' पारेका भीम खड्का भन्छन्, 'मैले पनि फेसबुकबाटै एकदुई जनासँग लभ पारेको छु।'
सिर्जना गुरुङ निर्धक्क भन्छिन्, 'फेसबुकमा धेरैजसो केटाहरूसँगै कुरा हुन्थ्यो, केटाहरूको प्रपोज पनि धेरै आउँथ्यो। सेलेक्ट गरेर मलाई मन पर्ने एक जनाको प्रपोज स्वीकार गरेपछि अहिले चक्कर चलिरहेको छ। उसले भेट्नका लागि धेरै पटक आग्रह गरे पनि अहिलेसम्म भेट भने भएको छैन।' आजका युवा यति प्रविधिकेन्द्रित भइसक्यो कि प्रेम गर्ने शैलीमा पनि प्रविधि हाबी भइसकेको छ।

अधिकांशले मोबाइलमा फेसबुक, निमबुज र मिग चलाउ"छन्। फेसबुकबाट लभ मात्रै गर्दैनन्, केही युवाले फेसबुक लभबाटै सेक्सको आनन्द समेत लिइसकेका छन्। पोखराका प्रभु पौडेल (नाम परिवर्तन) करिब छ महिनाको फेसबुक लभपछि आफ्नो केटीसाथीसँग यौनसम्पर्क गरेको सुनाउँछन्। 'फेसबुकमा बस्यो कि सुरुमा हालखबर सोध्यो, त्यसपछि छिल्लिएर अनेक कुरा हुन्थे,' उनी भन्छन्, 'त्यसपछि फोनमा पनि कुरा हुनथाल्यो, भेटघाट पनि भयो। मन मिलेपछि सेक्स गर्नु कुन ठूलो कुरो भयो र?'
नेपालका पोखरा, काठमाडौँ, दमक, चितवन, बुटवल, धरान, दमक, नेपालगञ्जमा मिग र निमबुजका प्रयोगकर्ता धेरै छन्। विशेश गरी प्लस टुका विद्यार्थी राती १० बजेपछि निमबुज, फेसकुब अनि मिगमा झुम्मिन्छन्। निमबुज, फेसबुक र मिगकै माध्यमबाट ब्वाईफ्रेन्ड, गर्लफ्रेन्ड र साथी बनाउनेहरू बढ्दै गएका छन्।

 
धुम्रपान पीडितPDF | Print | E-

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

tujhe pyar


Main lafzo se kuch b izhaar n.kerta
Iska matlab ye n.ke mai tujhe pyar n.kerta
chahta hun tumhe aj b per
Teri soach me apna waqt bekar n.kerta
Tamasa na ban jaye kahin mohbat me mera
Isliye apne dard ko byan n.kerta
Jo kuch b mila usi me khus hun
Mai tere liye khuda se taqrar n.kerta
Per kuch to baat h teri fitrat me zalim
Werna tujhe chahne ke khata baar baar na kerta


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

राजेश हमालले विराटनगरलाई ससुराली बनाउने


नायक राजेश हमालले विराटनगरलाई ससुराली बनाउन लागेको बताएका छन्।

यो साता विराटनगर पुगेका हमालले पत्रकारहरुसँग कुरा गर्दै आउँदो वैशाखमा बिहे गर्ने बताए। उम्मेदवार खडा भइसकेकाले बिहे गरिहाल्न लागेको उनको कथन थियो।
प्रेमिकाको नाम बताउन भने उनले इन्कार गरे। मैले बिहे गर्न लागेको केटी फिल्म क्षेत्रका भने होइनन्, उनले भने।

वैशाखमा बिहे गर्ने सोच भए पनि प्रेमिकाले धोका दिने हो कि भन्ने चिन्ता चाहिँ उनमा रहेछ। त्यसैले उनले भने, बिहे हुने वा नहुने भन्ने विषय प्रेमिकामा पनि भर पर्छ। प्रेमिकाले धोका नदिए मात्र बिहे हुन्छ।






Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नेपालद्धारा अमेरिका ३२ रनले पराजित,सुवास र बसन्त हिरो


मलेसियामा जारी डिभिजन फोर क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकालाई ३२ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गर्दे नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २५८ रन बनाएको थियो। भने २५९ रनको लक्ष्य सहित मैदानमा उत्रिएकोअमेरिका ४८.२ ओभर खेल्दै २२६ रनमा समेटिएको थयो।

यसअघी पहिले ब्याटिङ गर्ने कप्तान पारस खड्काको निर्णयलाइ सहि ठहराउँदै नेपाली ब्याट्सम्यानहरुले अमेरिकी बलरहरुको खिल्ली उडाएका थिए। रनको वर्षा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुमा आक्रमकता र संयमताको उत्कृष्ट संयोजन देखिएको थियो । इनिङको अन्त्यतिर धेरै रन बनाउने चक्करमा धेरै विकेट गुमाएपनि नेपालको ब्याटिङले प्रशंकसहरुको मुहारमा चमक ल्याइदिएको छ।

आजको नेपाली ब्याटिङको नायक रहे ओपनर सुवासखकुरेल। उनले १४२ बलमा ११५ रनको शतकिय पारी खेलेका थिए।
उनका अलावा ज्ञानेन्द्र मल्लले ४६ रन, पारस खड्का ४१ रन, अनिल मण्डल २० र प्रदिइ एरैले १४ रनको योगदान दिएका थिए ।
२५९ रन बनाउन मैदान उत्रिएको अमेरिकी ब्याटिङलाई तह लगाउन स्पिनर बसन्त रेग्मीले ५ विकेट लिए ।
त्यसैगरि शक्ति गौचनले २ विकेट,सञ्जम रेग्मीले २ विकेट, अमृत भट्टराईले १ विकेट लिए।
अमेरिका ४८.२ ओभरमा २२६ रन बनाउँदा सम्पुर्ण विकेट गुमाएर रित्तो हात पेभेलिएन फर्किएको थियो।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

झटारो-ओलीको जवाफ


यतिखेर कमरेड खड्ग ओलीको दिल्ली यात्रा आश्चर्यजनक ढंगले बढिरहेको पाइन्छ । उहांको दौड देखेर कतिलाई त लाग्न सक्छ, उहां कतै नयांदिल्लीका लागि नेपालको आवासीय राजदूत त नियुक्त हुनुभएन ? अस्ति भर्खर उहां दिल्ली जानुभएको थियो । फर्किन पाएको छैन फेरि गइसक्नुभएको छ ।
त्यसो त सबैलाई थाहा छ उहां दिल्ली किन जानुभएको हो ? उहां नेपालको अर्को प्रधानमन्त्री बन्ने लाइनमा भएबाटै थाहा हुन्छ, उहांको दिल्ली दौडको मकसद के हो ? नेपालको प्रधानमन्त्री बन्ने हो भने दिल्लीमा एकपटक ननुहाई धरै छैन । अतः उहां प्रधानमन्त्रीका लागि नुहाउन दिल्ली जानुभएको हो । त्यो सबैलाई थाहा छ ।
तर, बीचमा कहांनिर अड्कियो थाहा भएन । उहां दिल्ली त धेरैपटक जानुभयो तर प्रधानमन्त्री भने अझै बन्नुभएको छैन । प्रधानमन्त्री बन्न पनि धेरै गाह्रो रहेछ । कतिपटक दिल्ली जांदा पनि प्रधानमन्त्री बन्न पाइएको छैन । मलाई त लाग्छ, प्रधानमन्त्री बन्न उहां दिल्ली धाइरहेको देखेर भारतको प्रधानमन्त्री नै दिक्क भइसक्यो होला । ओलीजी आइरहेको छ आइरहेको छ । तर, प्रधानमन्त्री बनाउन भने पाएको
 छैन । उहां लगातार दिल्ली आएको आयै भएको देखेर एक दिन भारतको प्रधानमन्त्रीले नै यस्तो प्रस्ताव राख्न बेर छैन– आप ऐसा किजिए, आप बहुत बार दिल्ली आए । अगर आपको जल्दी है तो कुछ टाइम के लिए आप इन्डिया के ही प्राइममिनिस्टर बन जाइए । मैं छोड डुंगा । चलेगा ?’
सांच्चै भारतीय प्रधानमन्त्रीले यस्तो प्रस्ताव हाल्यो भने हाम्रा कमरेड ओलीको जवाफचाहिं के हुन्छ होला हगि ?
एउटा कविता
कमरेड,
यतिखेर मेरो देश हराएको छ ।
बिप्पातिर हराएको हो
वा विदेशीले सञ्चालन गरेको
स्वदेशी विमानस्थलतिर हराएको हो ।
अतः म म हराएको देश माग्न आइरहेको छु
तर तपाईं भने मलाई
अध्यादेश दिइरहनुभएको छ ।
मासुको पूरै डल्लो त तपाईंले खाइहाल्नुभयो
म त बांकी बचेको शेष मागिरहेको छु
तर तपाईं भने अध्यादेश दिइरहनुभएको छ ।
कमरेड,
तपाईंसंग अध्यादेशै अध्यादेश मात्र छ कि
कुनै देश पनि छ ?

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

जीवन


सांसारिक माया जालमा जेलीएको जीवन ।
चोट पिडा र समस्यामा पेलिएको जीवन ॥

मनमा पस्न को सक्छर के छ भनी जान्न ।
अन्याय र झुटै झुटमा खेलीएको जीवन ॥

बाँचुन्जेल माया लाग्छ भन्छन तेरो मेरो ।
साना ठुला समस्यामा झेलिएको जीवन ॥

अभाव नै रैछ यहाँ एक छाक टार्न गार्हो ।
चामलको बियाँ सरी केलीएको जीवन ॥

कुन बेला के हुन्छ कसलाई थाहा हुने यहाँ ।
धकेलेर नहुने कुनासम्म ठेलीएको जीवन ॥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

किसानले फलाए नास्पातीको बोटमा बुद्ध


किसानले नासपाती फलाउनु नौलो कुरा होइन । तर चीनका एक किसानले भने आफ्नो बारीमा भगवान बुद्धको आकारका नासपाती फलाएका छन् ।

हुबेइ प्रान्तस्थित हान्दन सहरका हाओ जियांघाङ नामका ती किसानले आफ्नो बगैँचामा यो सिजनमा झण्डै १० हजार दाना बुद्ध आकारका नास्पाती फलाएका हुन् । उनले ती नास्पातीलाई युरोपमा निर्यात गरेर नाम र दाम दुबै कमाउने सोँच बनाएका छन् ।


उनले वर्षको अथक मिहिनेतपछि बुद्धको आकारका नास्पाती फलाउन सफल भए । वास्तवमा ती नास्पाती आफै बुद्धजस्ता भएका होइनन् । उनले नास्पाती चिचिला लाग्दैमा बुद्धको आकारको प्लास्टिकको खोल भिराइदिने गरेका थिए । जसबाट नास्पातीको गेडाको आकार बढ्दै जाँदा बुद्धको मुर्ती जस्ता बन्दथे ।

अहिले ती बुद्धजस्ता नास्पाती किन्नका लागि उनको घरमा स्थानीय बासिन्दाको घुइँचो नै लागेको छ । उनले एउटा नास्पातीको मूल्य झण्डै ६ सय रुपैयाँ तोकेका छन् । स्थानीयलाई थोरै बेचेर बाँकी नास्पाती विदेश निर्यात गर्ने उनको सोँच रहेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

पैसाको अभावमा टाउकोको खप्पर पेटमा ,क्यानाडाबाट ५० हजार सहयोग


पैसा अभावमा उपचार हुन नसकेपछि टाउकोको खप्पर पेटमा राख्ने बाध्य भएका पोखराका कमल क्षत्रीलाई ५० हजार सहयोग प्रदान गरेको छ । क्यानाडा नेपाल डट नेटले क्यानाडामा बस्ने नेपालीहरु सगँ उठाएको ५० हजार सहयोग रकम विहिबार कमल र उनका बाबुलाई हस्तान्तरण गरेको हो । उनलाई एभिन्युज टेलिभिजनका पोखराव्युरो प्रमुख रामकृष्ण ज्ञवालीले सहयोग रकम हस्तान्तरण गरेका थिए । एभिन्युज टेलिभिजनको चर्चित कार्यक्रम अफ द विटमा खबर प्रसारण भए पछि क्यानाडाबाट सन्चालीत क्यानाडा नेपाल डट नेटले सहयोग रकम संकलन गरेको थियो । क्यानाडामा बस्दै आएका ३० जना नेपालीहरुले सहयोग गरेका थिए ।
उपचार गर्ने पैसाको अभावमा पर्वत घर भै पोखरा बस्दै आएका क्षत्रीको टाउकोको खप्परलाई पेटमा राख्न बाध्य भएका छन् । उनको उपचारका लागि करिब ३ लाख लाग्ने भए पछि अहिले सम्म विभिन्न संघ सस्थाले एक लाख २० हजार मात्रै संकलन भएका बताउदै उनका बाबु श्याम बहादुर क्षत्रीले अझै एक लाख ८० हजार रुपैया उपचारका लागि आवश्यक रहेको बताए । उनीक
ो टाउकोको दुइ तर्फो खप्परलाई पेटमा राख्न बाध्यत छन् त्यसमाथी पनि उसको अधिकांश अंगले काम गर्दैन । उनी न हिड्न सक्छन न त वोल्न । पर्वत जिल्ला तिलाहार गाउँ विकास समिति ७ का २५ वषिर्य कमल क्षेत्री १४ महिनाबाट यस्तो अवस्थामा रहेका छन् । क्षेत्री अघिल्लो वर्षो श्रावण ११ गते मोटरसाइकल दुर्घटनामा परे देखि यस्तै अवस्थामा छन् । कमलका वावु ले ५ महिना न्यूरो अस्पतालमा राखेपछि आफुले पैसा पुर्‍याउन नसकेपछि अस्पतालबाट निकाल्नु परेको बताए । क्षत्रीले छोराको उपचारका लागि १० लाख रुपैया खर्च गरिसेका छन् । क्षेत्रीले छोराको उपचारको लागी आफुले गाउँमा भएको ७ रोपनी जग्गा सहित घर तथा गरगहना विक्री गरिसकेको वताए । उनले सबैलाई सहयोगको लागी आग्रह समेत गरे । दुर्घटनामा परेपछि पश्चिमाञ्चल अस्पताल पोखरा, काठमाण्डौ न्यूरो अस्पताल र विर अस्पतालमा उपचार भएपनि रकम अभावका कारण उनको उपचार हुन सकेको छैन । उपचारको क्रममा बरिष्ठ न्युरो र्सजन डाक्टर उपेन्द्र देवकोटाले टाउकोको खप्पर पेटमा लगेर राखिदिए । उपचार खर्च नहुदा उनको खप्परलाई बचाइ राख्न पेटमा राखिएको हो । उपचारपछि क्षत्री होस आएपनि उनको दिमागे राम्रो संग काम गर्न सक्दैनन ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

वेरुतमा दुई नेपाली महिलाद्वारा आत्महत्या


लेवनानस्थित वेरुतमा एक साताभित्र दुई नेपाली महिलाले आत्महत्या गरेका छन् ।

घरेलु कामदारका रूपमा बेरुत पुगेका सोलुखुम्बु सल्यान ४ की २५ वर्षीया शान्ति राई र काभ्रेपलान्चोक पनौती ९ की रेनुका जर्घामगरले घरभेटीले दिएको पीडा खप्न नसकेर आत्महत्या गरेका हुन् । ४४९४४५२ राहदानी भएकी राईले मंगलबार र मगरले आइतबार आत्महत्या गरेको सम्बन्धित घरधनीले दाबी गरेका छन् । बेरुतको यन्तीजेस जदैहमा घरेलु कामदार रहेका यी दुई महिलाको हत्या हो कि आत्महत्या यकिन गर्न नसकेको बेरुतमा कार्यरत वैदेशिक रोजगार सामुदायिक संस्थाका विनोद उप्रेतीले बताए ।

२ वर्ष अघिदेखि यहाँ कार्यरत यी दुई महिलाको मृत्यु रहस्यमय भएको छ, उनले भने । घरमा काम गर्ने राईले पसलमा आत्महत्या गरेको देखाइएको छ । मगरको शव बुधबार नेपाल पठाइसकेको छ भने राईको शव अहिलेसम्म पठाउन सकिएको छैन, उनले भने । हत्यालाई आत्महत्या गरेको भन्ने र आत्महत्या गर्न बाध्य गराउने दुई घर धनीलाई कारबाही गर्न त्यहाँ कार्यरत नेपालीले माग गरेका छन् । मानसिक, शारीरिक र यौनशोषण तथा दुर्व्यवहारका कारण नेपाली महिला आत्महत्या गर्न बाध्य भएको बताइएको छ ।

उप्रेतीका अनुसार महिनामा १० भन्दा बढी यौनदुर्व्यवहारका निवेदन संस्थामा पर्ने गरेका छन् । ती मध्ये पीडा सहन नसकेर महिनामा २ जनाको मृत्युसमेत हुने गरेको छ । वेरुतमा ८ हजार ३ सय ३३ जना नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । वैधानिक, अवैधानिक दुवै तरिकाबाट यहाँ आएका छन् । अधिकांशले मासिक सयदेखि १ सय ५० डलरसम्म पाउँछन् । मासिक तलब पनि उनीहरूले भनेका बेला पाउँदैनन् अर्कोतिर घरधनीले राहदानी खोसेर राख्ने गरेकाले चाहेको बेला नेपाल फर्कन पनि पाउँदैनन् ।

बेरुतमा आत्महत्या गरेकी भनिएकी शान्ति राईको राहदानीको फोटो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

खाना खान घर आइपुग्छु भनेको दुई घण्टामा मृत्युको खबर


 नवलपरासीको नयाँ बेलानी गाविसस्थित अरुणखोलाका हिमाल सापकोटा र सूर्यप्रसाद पाण्डे सानैदेखिका मिल्ने साथी थिए। उनीहरुले व्यवसाय पनि एउटै गरेका थिए। दुबै जनाको फेन्सी पसल छ अरुणखोलामा। बुधबार बिहान पसलको सामान किन्नसंगै घरबाट विदा भएर काठमाडौँ हिँडेका दुई भाइ घर फर्कने क्रममा भोलिपल्ट धादिङमा सडक दुर्घटना परेको खबरले उनीहरुको परिवारमा शोकले छाएको छ।

घरबाट एउटै मोटरसाइकलमा हिंडेका उनीहरु काठमाडौँको पसलको किनेर ट्रान्सपोर्टको जिम्मा लगाएर घर फर्कने क्रममा दुर्घटना भएको हो।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाविस-९ ज्यामिरेघाटमा बिहीबार साँझ साढे ६ बजेतिर ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा सापकोटाको घटनास्थलमै र पाण्डेको उपचारका क्रममा गजुरी असपतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमन्त थापाले जानकारी दिए।

घटना लगत्तै टेलिभिजनले दुर्घटनाको खबर प्रसारण गरेपछि परिवारले जानकारी पाएका थिए। स्थानीय स्तरमा सहयोगी र सामाजिक काममा सक्रिय उनीहरुको निधनले अरुणखोला बजार शोकमा डुबेको छ।

घरबाट आमाले लामो बाटो मोटरसाइकलमा नजाउ भन्दा नायारणगढमा राखेर बसमा जान्छौं भनेर हिंडेका थिए हिमालका काका तामेश्वर सापकोटाले गजुरीमा पोष्टमार्टमका क्रममा भने। ढाँटेर आएका हिमालको मोटरसाइकल दुर्घटनामै मृत्युको खबर पाएपछि उनकी आमाको शोकविह्वल छन्। एक छोरा र एक छोरी सहित फेन्सी व्यवसाय गर्दै आएका उनले श्रमिति कोपिलालाई घरमै खाना खान आइपुग्ने भनेर फोन गरेका थिए।

केही समय अघि फोन गरेर घर आउँदै गरेका श्रीमानलाई खाना तयार गर्दै गर्दा दुई घण्टा पछि दुर्घटना भएको खबर सुन्दा पत्याउनै सकिन अन्तिम पटक मुख हेर्न गजुरी आइपुगेकी कोपिलाले भनिन्। पसलको सामान किन्न हिंडेका श्रीमानको मृत्यु भएपछि छोरा छोरी र परिवारको चिन्ताले झन पिडामा परेनी उनी भाववेह्वल अवस्थामा छिन्।

३६ वर्षीय सुर्यप्रसाद पाण्डेले मोटरसाइकल चलाएका थिए। सापकोटा पछाडी बसेका थिए। ‘एक्कासी ज्यामिरेघाटको मोडमा ट्रकसंग ठोक्किएपछि पछाडि बसेका सापकोटालाई ट्रकको टायरले पेल्यो’, ट्राफिक प्रहरी प्रमुख थापाले भने। सापकोटको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइक चालक पाण्डेको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो।

पाण्डेको परिवारमा विहानसम्म घाइते अवस्थामा उपचार गराइरहेको खबर गरिएको मृतकका मामा केशवराज अधिकारीले जानकारी दिए। दुई छोरीका बाबु पाण्डे स्थानीय संघ संस्थामा सक्रिय सामाजिक कार्यकर्ता पनी थिए। उनको मृत्युको खबर विहान अवेर मात्र गरिएको अधिकारीले बताए। उनीहरु एकदमै मिल्ने साथि थिए, संगै खाने संगै हिंड्ने एक अर्कालाई सहयोग गर्ने पसल पनि संगै र व्यावसाय पनि एकै किसिमको गरेका थिए संगै अस्ताए मृतक सापकोटाका काका तामेश्वरले पोष्टमार्टम पछि गजुरीमा शव बुझ्ने क्रममा भने। मृतक दुवैको शव देवघाटमा अन्तिम संस्कारका निम्ति लगिएको छ।

चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ४ ख ४२२२ नम्बरको ट्रकले काठमाण्डौबाट नवलपरासी तर्फ जाँदै गरेको बा ४९ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रक चालक र ट्रक इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

तिमिले धोका दिदैमा के भयो त


तिमिले धोका दिदैमा के भयो त
मेरो भाग्ग्ये रेखा त मेटिएको छैन||
तिमीले साथ छोडदैमा के भयो त
किस्मतले मलाई साथ छोडेको छैन||


तिमीले मुन्टो मोडदैमा के भयो त
मुन्टो घुमौनेको पनि कमि छैन एहा||

तिमीले दुस्मनी गर्दैमा के भयो त
मेरो खातिर मर्ने पनि कम छैन एहा ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal