kailali

Thursday 12 April 2012

रुँदै रुँदै बित्यो साल

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

रुँदै रुँदै बित्यो साल, नयाँ साल कस्तो होला।
हाँसी खुशी बस्न चाहन्छु, आउने साल जे-जस्तो होला॥
जति दु:ख आई लागे पनि, ओठमा मुस्कान छर्नेछु।
हाँसी-हाँसी सबै कष्ट , खुशीसँग स्वीकार गर्नेछु॥

सम्झना उनको मनमा आए, फोटो हेरि बसुँला।
एकान्तमा मन रुँदा, मुटु मेरो कसुँला॥
यस्तै रहेछ परदेशी जीवन, दु:ख र पीडाले भरिएको।
देख्दैनन् स्वार्थी मान्छेहरु, भोक भोकै जागिर गरेको॥
शुभ प्रभात मित्र हो, नयाँ सालको पहिलो दिन हामी सबैको जीवनमा नयाँ खुशी, उमंग र प्रगति लिएर आओस् यहि मेरो हृदयदेखि नव बर्षको हार्दिक मंगलमय शुभ कामना छ।

No comments:

Post a Comment