kailali

Sunday 8 April 2012

कुकुरको गोलीले मान्छे खुत्रुक्कै

Neerajकुकुरले मान्छेलाई टोकेको कुरा त सुनिएकै हो । तर अब कुकुरको पहिचान केबल टोक्नेमा मात्र सिमित रहेन । रुसमा भएको पछिल्लो घटना हेर्दा लाग्छ अब कुकुरले प्रतिरक्षाका लागि आफ्ना दाँतलाई हतियारको रुपमा प्रयोग गर्ने मात्र होइन बन्दुक समेत चलाउन सक्छ ।

रुसको सारातोभ क्षेत्रमा एक कुकुरले गोली चलाएर एक मान्छेको हत्या गरेको घटनाले सबैलाई तीनछक पारेको छ । हुनत उक्त कुकुरले आफ्नो बुद्धिले वा मान्छेलाई आक्रमण गर्ने उद्धेश्यले गोली चलाएको भने होइन । बन्दुकको टि्रगरलाई संयोगबस कुकुरको खुट्टाले तान्न पुगेपछि गोली चल्दा मान्छे ठहरै भएको हो ।

समाचार अनुसार इगोर सोलोमिन आफ्नो कुकुर साथमा लिएर सारातोभको जंगल क्षेत्रमा गाडिमा घुम्न गएका थिए । जंगल क्षेत्रमा वन्यजन्तुको डर हुने भएकाले उनको साथमा बन्दुक पनि थियो । ड्राइभरले गाडि चलाइरहेको थियो र अघिल्लो सिटमा सोलोमिन र उनको कुकुर पनि थियो ।

जिस्किँदै गरेको कुकुरको खुट्टा एक्कासी सोलोमिनले बोकेको बन्दुकको टि्रगरमा पुग्यो र टि्रगर दबियो । टि्रगर दबिएपछि बन्दुकबाट गोली निस्क्यो जुन सिधै गएर ड्राइभरको टाउकोमा लाग्यो । गोली लागेपछि ड्राइभर ठाउँका ठाउँ ठहरै भयो ।

प्रहरीले गोली हान्ने कुकुरका मालिक सोलोमिनलाई पक्रिएको छ । उनले हत्याको आरोपमा १५ महिनाको जेल सजायँ पनि पाएका छन् ।

No comments:

Post a Comment