kailali

Tuesday 10 April 2012

नयाँ वर्ष

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नयाँ वर्ष संगै उठौं यहाँ जगत जगाउनु छ !
हातेमालो गर्दै जुटौं राष्ट्रियता जगाउनु छ !

गर्व भित्रै सुक्दै गाको गण्डकी र कोशी संगै
मेची काली उरालेर दुर्गन्ध त्यो बगाउनु छ !

बिलम्ब त्यो गर्न हुन्न नत्र क्षय हुन् सक्छ
छिटो गरौँ फुस्रे डाडा हरियो बोट लगाउनु छ !

कलम हुने कलम बोक नहुनेले आवाज देउ
देशको नक्शा कोर्न यहाँ अरनिको मगाउनु छ !

अब चुप नबसौं भो राग्ने बेला आएको छ
बलभद्रलाई सघाएर देशको दुष्ट भगाउनु छ !

भृकुटी र सीता माता फर्काएर यै धरामा
हाम्रो सिमा लुट्ने देश वैरीको आंत डगाउनु छ

No comments:

Post a Comment