kailali

Tuesday 10 April 2012

शहिद

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

हेर्दा हेर्दै आज किन सगरमाथा झुक्न थाले,
शहिदका आशा अनि रगतहरु सुक्न थाले ।

स्वीजरल्याण्डको सपना फगत देख्छौ कति अझै,
सदनबाट नानाथरि "मोती"जस्तै भुक्न थाले ।

सिक्न गा-ह्रो छैनन् यहाँ उद्दण्डका भाषाहरू,
त्यसैले त आज यहाँ स्वर्गलोक नै दुख्न थाले ।

हाम्रा प्यारा यि मुटुभित्र ढुकढुकी नै नहुँदा,
ती मृतरूपी खोकिलामा गिद्धहरू ढुक्न थाले ।

No comments:

Post a Comment