kailali

Saturday 7 April 2012

मुटु किन दुख्थ्यो


मुटु किन दुख्थ्यो होला तिम्रो याद नआए त!
आकासका तारा बनि आँखाभरी नछाए त!

यो मनको सारंगीले बिरह नै नरेट्दो हो!
घुमी-घुमी रानीबनमा कोईलीले नगाए त!

मूलबाटोमा आँखाहरू बिछ्याउँन छोडीदिन्थेँ!
आउँछु भनी निस्ठुरीले झुटो कसम नखाए त!

बिर्सीदिन्थेँ ढुङ्गे धारा झुक्याएर चुम्ने पारा!
साथीसंगी मस्की-मस्की पधेंरी मा नधाए त!

सपनीमा आउँछौ सँधै आँखा खुल्दा छाती दुख्छ!
चल्दैन है श्वास मेरो तिम्रो साथ नपाए त!
Neeraj Sapkota

No comments:

Post a Comment