kailali

Saturday 7 April 2012

दुखमा पनि जीवन हाम्रो चल्दो नै रहेछ! 
मनमा सानो आशाको दियो बल्दो नै रहेछ!

स्वदेश छाडी बिदेश पुगी संघर्ष गरेर 
सपना बुन्ने महल पनि ढल्दो नै रहेछ!!

छैटिको दिन भावीले दु:ख लेखेर गएसी
अभागी भनि दैवले पनि छल्दो नै रहेछ!!

सुखको आशा लिएर हामि प्रदेश पसेनी
भाग्यले साथ नदिंदा मुटु जल्दो नै रहेछ!!

जन्मिए देखि दुखको साथ सुखले नहेर्दा
लाचार हुदै विवस मन गल्दो नै रहेछ!!
Neeraj sapkota

1 comment: