kailali

Thursday 6 September 2012

जबरजस्ती बलात्कार गर्नेको टाउकोमा १० गोली हानेर हत्या

टर्कीमा एक महिलाले आफूलाई सामूहिक बलात्कार गरेको अभियोगमा एक पुरुषको टाउकोमा १० गोली हानेर हत्या गरेकी छन् । टाउकोमा गोली हानेर 
 
हत्या गरेपनि उनको रीस नमरेपछि ती महिलाले गोली लागेर ढलेका बलात्कारीको टाउको शरीरबाट अलग गरी सडकको चौबाटोमा राखि दिएकी संचारमाध्यमले जनाएको छ 
 
। प्रहरीले जनाएको अनुसार २ बच्चाकी आमा रहेकी ती महिलालाई जब प्रहरीले सुराक पाएर पक्राउ गर्यो तब ती महिलाले हत्या गरेको स्वीकार्दै वेवारिसे अवस्थामा 
 
भेटिएका पुरुष को टाउको आफूलाई बलात्कार गर्नेहरु मध्येकै एकको भएको बताइन् ।
 
पिडित महिलाले प्रहरीलाई दिएको बयान अनुसार बलात्कारी युवाले ती महिलाको नांगो फोटो खिचेका थिए र आफूहरु सँग शारीरिक सम्बन्ध राख्न नमाने उक्त फोटो 
 
परिवारका सदस्यहरुलाई देखाई दिने धम्की दिदै आएका थिए । युवकले दिएका धम्कीका कारण म तनावमा थिए, त्यसै क्रममा पुन जबरजस्ती गर्न आएपछि रिसमा गोली 
 
हानेर हत्या गरेको बयान महिलाले प्रहरीलाई दिएकी थइन् । 
 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment