kailali

Wednesday 12 September 2012

यस्तो छ शाहरुख र कट्रिनाको रोमान्स (फोटो फिचर)


बलिउडमा बादशाहको उपनाम पाएका शाहरुख खान र सुन्दर नायिकाको उपाधी पाएकी कट्रिना कैफको जोडी अहिले चर्चामा छ । एसराज व्यानरको निर्माणमा तयार भएको चलचित्र ‘जब तक हे जान’ मार्फत यो जोडी पहिलोपटक चलचित्रको पर्दामा आउन लागेको हो ।
‘वीर जारा’ पछि एस चोपडाले निर्देशनमा हात हालेकाले पनि यो सिनेमा अहिले चर्चामा रहेको हो । चलचित्रमा शाहरुख र कट्रिनाको अलवा नायिका अनुश्का शर्माको पनि अभिनय छ । तिहारको अवसर पारेर रिलिजमा आउन लागेको यो सिनेमाले बक्स अफिसमा धमाका मच्चाउने अड्कल शुरु भैसकेको छ ।
छायांकन अवधिभर चलचित्रको नाम सार्वजनिक गरिएको थिएन । चलचित्रमा साहरुख र कट्रिनाको रोमान्स हेर्न सकिन्छ । डन २ पश्चात एक बर्षयता शाहरुखको कुनै पनि सिनेमा रिलीजमा नआएकाले पनि दर्शकले ‘जब तक हे जान’लाई व्यग्र प्रतिक्षा गरिहेका छन् ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment