kailali

Friday 7 September 2012

प्रेम गर्ने शैलीमा पनि प्रविधि हाबी, फेसबुकमा पिरती

 फुर्सद हुने बित्तिकै सन्दीप थापाका औँला मोबाइल या कम्प्युटरका किप्याडमा हुन्छन्। फेसबुक चलाइहाल्छन्। रुकुमबाट पढ्न पोखरा आएका उनी फूलबारीमा बस्छन्। टाइमपासका लागि दुई वर्षअघिदेखि फेसबुक चलाउन थालेका उनको फेसबुकबाटै 'लभ' परेको छ। अनलाइनमा हुनेबित्तिकै धेरैजसो केटी साथीसँग कुरा गर्ने उनले ख्यालख्यालमै लभ परेको किस्सा सुनाउँछन्। 'फेसबुकमा धेरैजसो केटीसँग मात्रै कुरा हुन्थ्यो, नदेखिने भएपछि जे कुरा पनि खुलस्त राख्न पाइने,' उनी भन्छन्, 'यत्तिकै मजाक गरेर प्रपोज गरेको एक जना केटीसाथीले स्वीकार रेपछि अहिले चक्कर चलिरहेको छ। '


अहिले युवायुवती फेसबुक, मिग ३३, ट्वीटर, निमबुजमा मस्त र व्यस्त छन्। कक्षाकोठामा पढ्दापढ्दै, सडकमा हि"ड्दाहि"ड्दै, मोटरमा यात्रा गर्दागर्दै वा घरमा बसेका बेला एकोहोरो बनेर युवायुवती मोबाइलमा औला चलाइरहेका भेटिन्छन्। रातभर फेसबुक, मिग अनि निमबुजमा व्यस्त भएर केटाकेटी विपरीत लिंगी साथीसँग कुरा गर्छन्। साथीभाइसँग घुमफिर गर्नेहरू अहिले कम्प्युटर र मोबाइलबाटै संसार घुम्छन्। फेसबुक, निमबुज, र मिगले 'लभ' गर्न सजिलो बनाइदिएको छ। 'प्रत्यक्ष भन्न नसक्ने धेरै कुरा फेसबुकमा सजिलै भन्न सकिन्छ,' फेसबुकमै 'लभ' पारेका भीम खड्का भन्छन्, 'मैले पनि फेसबुकबाटै एकदुई जनासँग लभ पारेको छु।'
सिर्जना गुरुङ निर्धक्क भन्छिन्, 'फेसबुकमा धेरैजसो केटाहरूसँगै कुरा हुन्थ्यो, केटाहरूको प्रपोज पनि धेरै आउँथ्यो। सेलेक्ट गरेर मलाई मन पर्ने एक जनाको प्रपोज स्वीकार गरेपछि अहिले चक्कर चलिरहेको छ। उसले भेट्नका लागि धेरै पटक आग्रह गरे पनि अहिलेसम्म भेट भने भएको छैन।' आजका युवा यति प्रविधिकेन्द्रित भइसक्यो कि प्रेम गर्ने शैलीमा पनि प्रविधि हाबी भइसकेको छ।

अधिकांशले मोबाइलमा फेसबुक, निमबुज र मिग चलाउ"छन्। फेसबुकबाट लभ मात्रै गर्दैनन्, केही युवाले फेसबुक लभबाटै सेक्सको आनन्द समेत लिइसकेका छन्। पोखराका प्रभु पौडेल (नाम परिवर्तन) करिब छ महिनाको फेसबुक लभपछि आफ्नो केटीसाथीसँग यौनसम्पर्क गरेको सुनाउँछन्। 'फेसबुकमा बस्यो कि सुरुमा हालखबर सोध्यो, त्यसपछि छिल्लिएर अनेक कुरा हुन्थे,' उनी भन्छन्, 'त्यसपछि फोनमा पनि कुरा हुनथाल्यो, भेटघाट पनि भयो। मन मिलेपछि सेक्स गर्नु कुन ठूलो कुरो भयो र?'
नेपालका पोखरा, काठमाडौँ, दमक, चितवन, बुटवल, धरान, दमक, नेपालगञ्जमा मिग र निमबुजका प्रयोगकर्ता धेरै छन्। विशेश गरी प्लस टुका विद्यार्थी राती १० बजेपछि निमबुज, फेसकुब अनि मिगमा झुम्मिन्छन्। निमबुज, फेसबुक र मिगकै माध्यमबाट ब्वाईफ्रेन्ड, गर्लफ्रेन्ड र साथी बनाउनेहरू बढ्दै गएका छन्।

 
धुम्रपान पीडितPDF | Print | E-

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment