kailali

Monday 3 September 2012

संयुक्त अरव इमिरेटस्को जेलमा वन्दी जीवन विताइरहेका दार्चुलाका अमरवहादुर वमको रिहाइका लागि कुटनीतिक पहल गर्न माग गर्दै आज अमर बचाउ अभियानले राष्ट्रपति डाक्टर रामवरण यादबको ध्यानाकर्षण गराएको छ । अमरको रिहाइका लागि पहल गर्दै आएको अभियानका सदस्यहरुले शितल निवासमा राष्ट्रपति डाक्टर यादबसँग भेट गरेर रिहाइका लागि कुटनीतिक पहल गरिदिन आग्रह गरेका हुन । वम निर्दोष भएपनि भाषागत समस्याका कारण जेलमा बस्नु परेकाले कुटनीतिक पहल गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको अभियानका सदस्यहरुले जानकारी दिएका छन् ।
भारतीय ब्यापारी शरद सेठ्ठीको हत्याको आरोपमा वम नौ बर्षदेखि दुवइको जेलमा छन् । भारतीय नागरिक मनोज मुदाना र करनसिं राजपुतले भारतीय ब्यापारी शेठ्ठीको हत्या गरी अमरले चलाउने गाडीमा राखेर फरार भएका थिए । सोही क्रममा निर्दोष अमर पनि पक्राउ परेका थिए । उनलाइ संयुक्त अरव इमिरेटको अदालतले सन् दुई हजार नौमा मृत्युदण्डको सजाय सुनाएको थियो । बमको रिहाइका लागि कुटनीतिक पहल भए मृत्युदण्डवाट जोगिने भएपनि अहिलेसम्म त्यस्तो कुनै पहल सरकारी स्तरवाट हुन सकेको छैन । पिडित वमका परिवारले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलाई भेटेर यसअघि नै ध्यानाकर्षण गराइसकेका छन् ।।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment