kailali

Sunday 2 September 2012

पापी नि को याद आउँदा,गजल लेख्ने गरेको छु।
नसम्झनु ज्युँदो मलाई,सास फेर्दै मरेको छु।

संधै भेट्छु दोवाटो मा,आउँदा जाँदा निष्ठुरीलाई।
आँखा तरि अब उनलाई,हेर्ने बानी परेको छु।

मलाई सामु देख्दा खै,किन मन खानथ्यो उनको।
घृणा मलाई गरेपछि,अन्तै बसाँई सरेको छु।

जति दुखः परे पनि,रुने छैन भन्थेँ उनलाई।
आँशु बनि आँखा बाट,आज आँफैँ झरेको छु।

पापी नि को याद आउँदा,गजल लेख्ने गरेको छु।
नसंम्झनु ज्युँदो मलाई,सास फेर्दै मरेको छु।







Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment