kailali

Sunday 9 September 2012

बिपासाको ‘राज थ्री’ ले दुइ दिनमै कमायो २२ करोड


भट्ट क्याम्पको पछिल्लो फिल्म राज थ्री ले बलिउड बक्स अफिसमा गतिलो सुरुवात गरेको छ । शुक्रबार रिलिज भएको राज थ्री ले सुरुका दुइ दिनमा झण्डै २२ करोड कमाउन सफल भएको छ । शुक्रबार साढे १० करोड भन्दा बढि कलेक्सन गरेको फिल्मले शनिवार ११ करोड कमाएको छ ।
मुकेश भट्ट तथा महेश भट्टको निर्माण र विक्रम भट्टको निर्देशकमा रहेको हरर फिल्म राज थ्री मा बिपाशा बसु, इमरान हाशमी, इशा गुप्ता, मनीष चौधरी लगायतको अभिनय रहेको छ ।
इमरान खान र बिपासा बसुका लागि राज थ्री को सुरुवाती कलेक्सन के अर्थमा पनि महत्वपूर्ण छ भने यी इमरान तथा बिपासाले अभिनय गरेको फिल्मले सुरुवाती दिनमै ११ करोड कमाएको यो पहिलोपटक हो ।
राज थ्री ले भारतका मल्टिप्लेक्स भन्दा सिँगल स्त्रिmन चलचित्रघरहरुमा राम्रो कलेक्सन गर्न सफल भएको छ । यो फिल्म थ्री डी मा समेत रहेकाले थ्री डी सिनेमा घरहरुमा समेत दर्शकको राम्रो उपस्थिति छ ।
राज थ्री झण्डै दश वर्ष अघि रिलिज भएको फिल्म राज को सिक्वेलको रुपमा रहेको छ । यो फिल्ममा बिपाशा बसुको आधिपत्य रहेको छ र उनी भिलेनको रुपमा प्रस्तुत भएकी छिन् । इमरान फेरी एकपटक आफ्नो चुम्बनदार छवीका साथ प्रकट भएका छन् ।
सेक्स र थि्रलरलाई एकसाथ अगाडि बढाएको राज थ्री मा बिपासा तथा इशा गुप्ताले प्रसस्तै एक्पोज गरेका छन् ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment