kailali

Monday 3 September 2012

नेपालले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ मा विजयी सुरुवात गरेको छ । मलेशियामा सोमवारदेखि सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको छ । मलेशियाको क्वालालम्पुरमा जीतका लागि पाएको १ सय १२ रनको लक्ष्य नेपालले २४ दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो ।

नेपाललाई जिताउन प्रदीप ऐरीले ३४ र शक्ति गौचनले १८ रन बनाए । ४७ रनको अवस्थामा ५ विकेट गुमाएर दवावमा आएको नेपाललाई जिताउन महत्वपूर्ण योगदान गरेको शक्ति र प्रदीप दुवै नट आउट रहे । ज्ञानेन्द्र मल्ल १२ तथा सुवास खकुरेल ९ रनमा आउट भए भने अनिल मण्डलले खाता नै खोल्न सकेनन् । पारस खड्का ५ रन बनाउँदै रन आउट भए ।
यसअघि टस जितेर पहिला व्याटिङ्ग गरेको सिंगापुरले ३९ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका अमृत भट्टराई एक्लैले चार विकेट लिएका छन । यस्तै बसन्त रेग्मीले ३ तथा संजम रेग्मीले २ र शक्ति गौचनले एक विकेट लिए ।
नेपाल २०१० मा आईसीसी डिभिजन ४ मा तेस्रो भएको थियो भने सिंगापुर २०१२ मा भएको डिभिजन ५ मा पहिलो भएको हो । प्रतियोगितामा शिर्ष दुईटोली डिभिजन ३ मा बढुवा हुनेछन भने पुछारका दुई टोली डिभिजन पाँचमा फर्किनेछन । नेपाल सहित डिभिजन ४ मा डेनमार्क, अमेरिका, तान्जानिया, सिंगापुर र मलेशिया छन

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment