kailali

Sunday 2 September 2012

पण्डित शान्तप्रसाद खनालले श्राद्ध गरेर प्राप्त भएको सिदा, नगद र खाद्यान्न पिठुवामा रहेको विन्देश्वरी गामवेसीको चेपाङ घरमा बसेर बिन्देश्वरी निमाबिमा अध्ययन गर्ने चेपाङ्ग विद्यार्थीलाई उपलब्ध गराउनु भएको छ । विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका खनालले वुधवार एक औपचारिक कार्यक्रम गरी श्राद्ध गराएबापत आफूले प्राप्त सबै कुरा विद्यार्थीलाई उपलब्ध गराउनु भएको हो ।



ती विद्यार्थीलाई नेपाल शैक्षिक परार्मश संघ (इक्यान) चितवनले पनि स्टेशनरी तथा खाजा सहयोग गरेको छ । इक्यानको १६ औं वार्षिकोत्सवको अवसरमा छात्रवासमा रहेका २५ जना चेपाङ विद्यार्थीलाई एक कार्यक्रमका बीच संघले सो सामाग्री वितरण गरेको हो ।
त्यस्तै रत्ननगर निवासी यमकुमारी खनालले पनि विभिन्न समाग्रीहरु प्रदान गरेको छात्रवासका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो ।
तल तस्विरमा
चितवनका पण्डित शान्तप्रसाद खनाल श्राद्ध गरेर प्राप्त भएको सिदा र रकम बिन्देश्वरी निमाबिमा अध्ययन गर्ने चेपाङ्ग विद्यार्थीलाई दान गर्दै । तस्विर : मोहन बस्याल/उज्यालो

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment