kailali

Thursday 13 September 2012

यसरी निहुरिए रेखाको अघि छवि

निर्माता छविराज ओझा नायिका रेखा थापाको अघि नमझाले निहुरिएका छन् । जति सुकै ठुला गरेपनि छविलाई रेखाले आफ्नो बशमा ल्याएर नै छोडेकी छिन् । छवि र रेखा हाल सँगै बस्दैनन् । रेखा मित्रपार्कमा फ्ल्याट लिएर बसेकी छिन् भने छवि आफ्नो पुरानो निवास गुहृश्वरीमा बस्दै आएका छन् ।
डिभोर्सको हल्ला चलिरहदा निर्माता छविराज ओझाले रेखा फिल्मस्बाट सिनेमा निर्माण नगर्ने भन्दै छविराज प्रोडक्शन दर्ता गरेका थिए । छविराज प्रोडक्शनको व्यानरमा तयार हुन लागेको चलचित्रको नाम ‘हमेशा’ राखियो ।
‘हमेशा’ छविराज प्रोडक्शनको पहिलो सिनेमा हुने भनाई छविले संचारमाध्यममा राखे । चलचित्रमा रेखा फिल्मस्को कुनै नाम उल्लेख नहुने खालका भनाई छविको थियो । तर, निर्माता छविराज ओेझा नायिका रेखा थापासँगे निहुरिएका छन् । चलचित्र ‘हमेशा’ लाई छविराज प्रोडक्शनले मात्र नभई रेखा फिल्मस्को व्यानरले संयुक्त रुपमा निर्माण गर्ने भएको छ । चलचित्रको प्रस्तुतकर्ताको रुपमा नायिका रेखा थापा नै रहने छिन् । रेखा फिल्मस्को व्यानरमा छविले बनाएका अघिल्ला ५ सिनेमामा पनि रेखा नै प्रस्तुतकर्ताको रुपमा रहेकी थिईन् ।
रेखा फिल्मस्बाट सिनेमा बनाउँदा सबैलाई समेट्न नसकेको भन्दै छविराज प्रोडक्शन दर्ता गरेका छवि अन्ततः रेखाको अघि झुकेका हुन् । चलचित्रमा नायिका रेखा थापाको मुख्य भुमिका हुने पक्का छ । यसरी रेखालाई नै नलिने र रेखा फिल्मस्को व्यानरमा सिनेमा नै नबनाउने छविको भनाई नौटंकी र रंगमञ्चको नाटक जस्तो देखिएको छ । चलचित्रको छायांकन असोज १ गतेबाट सुरु हुदैछ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment