kailali

Wednesday 5 September 2012


बरु लैजाउ मुटु, योछाति फोडेर प्रिया।
तर नजाऊ कतै, मलाई छोडेर प्रिया॥

छटपटिमा बित्छ, मेरा दिन रातहरु।
कहाँ लाग्छर निन्द्रा, आकाश ओडेर प्रिया॥

आँशु थोपा झारेर, सिँचेका यि फुलहरु।
फुल्ने आशमा सँधै, बसेछु गोडेर प्रिया॥

किन अचेल योमन्, झस्केर दुखने गर्छ।
अत्तालिँदै जागेछु, सपना तोडेर प्रिया॥

सबेरै मन्दिर गै, तिमी लाई पाउँ भनी।
देबी देबता भाकेँ, यि हात जोडेर प्रिया॥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment