kailali

Thursday 6 September 2012

साङ्ला दौडने रेष्टुरेन्टलाई लाख डलर जरिवाना

हामीकहाँ गुँदपाकमा गुहु मिसाउनेलाई पनि खासै कारवाही हुँदैन । तर विकशित देशमा भने खाद्य पदार्थमा हुने मिसावट तथा सरसफाइमा गरिने हेलचेक्राइ अक्षम्य अपराध बन्दछ ।
अस्ट्रेलियामा एकजना भारतीय रेष्टुरेन्टका मालिकले रेष्टुरेन्ट फोहोर राखेको आरोपमा झण्डै एक लाख डलर जरिवाना तिर्ुनपरेको छ । किंग्स क्रस इलाकामा रहेको उक्त रेष्टुरेन्टलाई सफाइ तथा स्वच्छता उल्लंघन गरेको आरोपमा यतिधेरै रकम सजाइँ सुनाइएको हो ।
अनुगमनका क्रममा उक्त रेष्टुरेन्ट भित्र सरसफाइमा ध्यान नदिइएको तथा विभिन्न ठाउँमा मरेका मुसा पाइनुका साथै यत्रतत्र सांग्ला देखिएका थिए । सरसफाइमा हेलचेक्राइ गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै स्थानीय अदालतले खाद्य पदार्थ स्टार्न्र्डड ऐन अनुसार उक्त रेष्टुरेन्टका मालिकलाई साढे ९७ हजार डलर जरिवानाको फैसला गरेको हो ।
एक ग्राहकको उजुरीको आधारमा स्वास्थ्य अधिकारीहरुले उक्त रेष्टुरेन्टको नीरिक्षण गरेका थिए । त्यसक्रममा दराजहरुमा मुसाको लेँड पाइनुका साथै रछ्यानको नजिकै मरेको मुसा फेला परेको थियो । रेष्टुरेन्टका ढोका तथा काउन्टर लगायतका ठाउँमा सांग्लाहरु गर्ुर्रुर दौडेको देखेपछि अनुगमन अधिकारीहरुको पारो तातेको थियो । दराजको खापाहरुमा धूलो तथा माटो जमेको र त्यहीँमुनिका खापामा खाद्यपदार्थ राखिएको अनुगमनका क्रममा पाइएको थियो ।
के गर्नु, यतिविधि कडा कानुन हुन्छ र पो उपभोक्ताको अधिकार सुनिश्चित हुन्छ । हाम्रोमा कहिलो होला त्यस्तो ?



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment