kailali

Thursday 6 September 2012

छुट्टदैनन् श्रीकृष्ण र स्वेता

चलचित्र ‘कहाँ भेटिएला’ मा सँगै काम गरेपछि नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको प्रेमसम्वन्धका चर्चा बजारमा आउन सुरु भएको थियो ।

यि दुईले भने आफुहरु साथी मात्र भएको बताउँदै आएका छन् । साथी मात्र भएको बताउने श्रीकृष्ण र स्वेता प्रायः कार्यक्रममा सागै पुग्छन् र एकै ठाउँमा वस्छन् । प्रायजसो सँगै देखिने भएकाले पनि श्रीकृष्ण र स्वेताको सम्वन्ध साथीको मात्र नरहेको विश्लेषण गरीन्छ ।
काठमाण्डौमा आयोजना गरिएको एक चलचित्रको पत्रकार सम्मेलनमा श्रीकृष्ण र स्वेतासँगै पुगेका थिए । कार्यक्रम सुरु भैसकेपछि पुगेकाले बस्ने ठाउँ पर्याप्त थिएन । यसैले कार्यक्रम अवधिभर श्रीकृष्ण र स्वेता छुट्टा छुट्टै स्थानमा बसेका थिए ।
तर कार्यक्रम सकिएपछि आयोजना भएको रात्रिभोजमो यि दुई सँगै बसे । सिनेमा क्षेत्रका कुनै व्यक्तिको आगमनमा यि दुई बसेको स्थानबाटसँगै उठ्थ्य र अंकमाल गर्दथ्य । रात्रि भोजमा केही समय बसेर यि दुई सँगै कार्यक्रम स्थलबाट बाहीरीए । श्रीकृष्ण र स्वेताको यस्तो व्यवहार देखेको कोही पनि यि दुईबिच साथीको मात्र सम्वन्ध भएको स्विकार्न तयार छैनन् ।
श्रीकृष्ण र स्वेता निकट व्यक्तिहरु पनि यि दुई बिच प्रेम सम्वन्ध रहेको बताउँछन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment