kailali

Saturday 8 September 2012

चीनमा भूकम्पमा परि मर्नेको संख्या ८० पुग्यो


चीनमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या ८० पुगेको छ । दक्षिण पश्चिम चिनको युनान र गुन्जीहाओ प्रान्तको सिमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ७ सय ३० जना घाइते भएका छन् ।
भूकम्पका कारण हिमाली क्षेत्रमा गएको पहिरोले सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । भुकम्पका कारण युनान प्रान्तमा मात्र करिब ७ हजार घरहरुमा क्षति पुगेको छ भने करिब ७ लाख मानिस प्रभावित भएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको र १ लाख मानिसहरुलाई उद्धार गरि सुरक्षित स्थानमा स्थानान्तरण गरेको अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment