kailali

Sunday 2 September 2012


 हट नायिका सुस्मा कार्कीको अभिनय अब हास्य टेलिश्रृंखला सिस्नुपानी झ्याम्मैमा हेर्न पाइने भएको छ । चलचित्र लुटको उध्रेको चोली गीतमा नाचेर चर्चा हट यी नायिका शनिबार साँझ प्रसारन हुने श्रृंखलाबाट सानो पर्दाका दर्शकमाझ आएकी हुन् । यो श्रंखलामा नयाँ निर्देशक अर्जुन घिमीरे र कुमार कट्टेल(जिक्रीहजुर)ले निर्देशन थाले लगत्तै उनलाई अभिनय गराइएको हो । नेपाल टेलिभिजनबाट शनिबार राती ८:५० मा प्रसारण हुदै आएको यो हास्य टेलिश्रृंखला गएको साताबाट मात्र निर्देशन थालेका हुन् । सिरीयलमा सुस्मा आधुनिक युवती भुमिकामा छन् ।

शहरमा नायिका भएकी सुस्माको घर गाउमा रहदाको कथा सिरीयलमा देखाईएको सिरीयलका एक निर्देशक कुमार कट्टेल बताए । उनी निर्देशक कट्टेलकै गर्लफ्रेण्ड बनेकी छन् सिरीयलमा । उनले भने्,‘ सिरीयलमा उनले निकै कमेडी ढंगले उतारीएको छ ।’ सिरीयलको निर्देशनसगै लेखन पनि निर्देशक द्धयकै रहेको छ । त्यो त जिग्री र पाँण्डे नामका नयाँ चरित्रमा देखिएका छन् कट्टेल र घिमीरे । नेपाल टेलिभिजनका लागि मिडीयामन्त्रको प्रस्तुती रहेको सिस्नुपानीमा अर्जन, कुमार सुस्माका अलावा ज्योती काफ्ले, शुभाष गजुरेल, सुरवीर पण्डित, विधा कार्की, लक्ष्मण विक्रम बस्नेत, बासु पोखरेल, हरिष भट्ट, याम बहादुर थापा, शर्मीला शर्मा, सिवी बुढाथोकी, नरेन्द्र खड्काथोकी, बिमला गिरी, सोना शर्मा, उत्तम कोदे लगायतका कलाकारको अभिनय रहेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment