kailali

Thursday 6 September 2012

२ वर्षे बालकको अजिंगरसँग हेलमेल

सर्प भनेपछि आङ नै सिरिंग हुन्छ । हामी उमेर छिप्पिएकाहरु त सर्पसित डराउँछौँ भने केटाकेटीहरु नडराउने कुरै भएन । तर यदि दुइ वर्षे बालक दश फुट लामो अजिंगर सँगै बसेको देख्नुभयो भने तपाइँ के भन्नुहुन्छ ? अवश्यपनि तपाइँको मुटुको चाल ह्वात्तै बढ्नेछ । किनकी त्यो बच्चाले अजिंगरलाई नचिनेर उसको नजिक गयो, अब उसलाई अजिंगरले आक्रमण गर्छ भन्ने अनुमान तपाइँको हुन्छ ।

तर अस्ट्रेलियामा एउटा यस्ता बच्चा छन् जसको उमेर २ वर्ष छ तर उनी आफुभन्दा ३ गुणा ठूलो दशफुटे अजिंगरसँग उठबस गरिरहेका हुन्छन् । यस अर्थमा चार्ली पार्कर नामका ती बालक विश्वका सबैभन्दा कम उमेरका वन्जयन्तुकर्मी समेत बनेका छन् र उनी आजभोलि सबैको आकर्षणको केन्द्र बनेका छन् ।
चार्लीलाई उक्त अजिंगरको डर पटक्कै लाग्दैन । उनी निश्चिन्त भएर अजिंगर सँग खेलिरहेका हुन्छन् । कहिले अजिंगरलाई सकी नसकी उठाएर काँधमा बेर्छन् अनी बल्लतल्ल हिँड्छन् ।
विक्टोरिया क्षेत्रमा एक वन्जयन्तु पार्क संचालन गर्ने चार्लीका पिता ग्रेग पार्करलाई आफ्नो छोराको सर्पप्रेम देखेर निकै चित्त बुझेको छ । आफ्नो छोरो सानैदेखि वन्जयन्तुप्रेमी भएकोमा उनलाई गर्व छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment