kailali

Monday 3 September 2012

यो मध्ये रातमा झरी परेको सिम सिम आवाज गुन्जादा
उनको धेरै याद आयो किन हो कुन्नि एस्तो हुन्छ ?
बाहिर झरी परिरहदा मनमा मेरो आगो बल्छ
जलन हुन्छ ,पोल्छ अनि चिचाएर रुन मन लाग्छ
एउटा क्यानभास मा एउटा तस्बिर रोइरहेजस्तो दृश्य देखिन्छ
त्यो तस्बिर आफ्नै अनुहार संग मिल्दो जुल्दो पो रहेछ
म अत्तालिंछु त्यो तस्बिर देखेर ति बिगत क मेरा अतित सम्झेर
मानब रुपी दानाब को त्यो भयाबह रुप सम्झेर
ओहो कति भयानक थ्यो त्यो समय
कस्तो अप्ठेरोई थ्यो त्यो परिस्थिति
आफै आफै जलिरहे ति अतित क पलहरु
कालो सुनसान रात मा यो पानीको तपतप गुन्जन
मेरो कानमा पर्दा किन एती बिचलित हुन् पुग्छ मन
झरी बनि उनको सिरमा तपतप बग्न पाको भए
कति सितल हुन्थ्यो होला तन
उनको स्पर्श पाको भय झन्
किन आउँदो हो झझल्को यो मनमा यो अँधेरी रातमा उनकै
जुन पनि छैन आज मनको जलन सान्त पार्न आजै


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment