kailali

Wednesday 5 September 2012


स्वदेश फर्किने यो एउटा उनको प्रमाण पनि त्यसैले न्यूजहरुमा जे जस्ता आलोचना भए पनि त्यसको कुनै मतलव छैन अरुणिमालाई । किनकी उनले दश महिनाको काखे छोरीलाई नेपाल छाड्दै आज अमेरिका उडेकी छिन् । उनको भनाईलाई आधार मान्ने हो भने आजको ठीक ३२ दिनका उनी नेपाल फर्किने छिन् । उनी श्रीमानका साथ आज साँझ सात बजे अमेरिका उडेकी हुन । उनलाई एयरपोर्ट ड्रप गर्न उनका पिता एवं कलाकार समेत रहेकी आफ्नी आमा राधा लम्साल र गायिका सुनिता दुलाल पुगेका थिए ।

'अबश्य पनि म नेपाल फर्किन्छु किनकी म दश महिनाको छोरी छाडेर गएको जाँदैछु', एयरपोर्टमा फिल्मीखबरसंग गफिदै अरुणिमाले भनिन् । उनको छोरीलाई एक महिना उनको सासुले स्यहार्ने छिन् । सन्तान प्राप्ती पछि फिल्मी अभिनयबाट बाध्यात्मक टाढा रहेकी उनी न्यूर्योकमा रहेकी अभिनेत्री रन्जना शर्माको निवासमा बस्ने छिन् । विवाह पश्चात दिल खोलेर घुम्न नपाएकी अरुणिमाको यो घुमाई हनिमुन स्टाईलको हुने छ । यस्तै यो भ्रमणमा निकै महत्वपूर्ण स्थल चाहि हलिउड इन्डष्ट्री नछुटाउने उनको योजना छ ।

पहिलो पटक छोरी अमेरिका जाने भएपछि अरुणिमा मम्मी निकै दङ्ग थिईन् । उनले चाहने वित्तिकै अमेरिका घुम्न जान पाएकोमा छोरीलाई लक्की पनि भनेकी छिन् । एक महिनाको यो यात्राका लागि उनीहरुले निकै ठूलो लगेज लगेका थिए जसबाट केही आशंका ब्यक्त गर्न सकिन्छ कतै अरुणिामा सानी छोरी बिर्सिएर अमेरिकामै हराउने त हैन ?

नोट : अमेरिका पुगेपछि उतै हराउनेमा हिरोहरुको तुलनामा अधिकाश हिरोईनहरु छन् जसको नाम केलाउदा गौरी मल्ल, कृष्टी मैनाली, पुजा चन्द, सारङगा श्रेष्ठ, जल शाह, रन्जना शर्मा तथा यूना उप्रेती नाम आउछ । यस्तै हिरो तर्फ सरोज खनाल र रमेश उप्रेती पर्दछन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment