कैलालीको अत्तरियामा आज एक दिने महिला गोबर ग्यास उपभोक्ता तालिम सम्पन्न भएको छ । बैकल्पीक उर्जाको दरिलो श्र्रोत गोवरग्यास भन्ने मुल सन्देशका साथ सम्पन्न तालीमको आयोजना राष्ट्रिय गोवर ग्यास कम्पनी शाखा कार्यालय अत्तरियाले गरेको थियो । तालिममा यस क्षेत्रका ३० जना गोवरग्यास धनी महिलाहरुको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई गोवरग्यास प्लान्टबाट निस्किएको लेदो मललाई कम्पोष्ट मल बनाउने तरिका, गोवरग्यास फइदा बेफाइदा र गोवरग्यासको बहुउपयोगका बिषयमा प्रशिक्षण दिइएको थियो भने कम्पनिले दिने मर्मत सेवा, बिक्री पछिको सेवा र अनुदान प्रक्रियाका बिषयमा समेत छलफल गरिएको थियो । तालिममा सहभागीहरुलाई राष्ट्रिय गोवरग्यास कम्पनी शाखा कार्यालय अत्तरीयाका शाखा प्रबन्धक तथा तालिम संयोजक लक्ष्मण गौतमले प्रशिक्षण दिनुभएको थियो । तालिम संयोजक गौतमका अनुसार कैलाली र कंचनपुरका १५ स्थानमा यस्तो तालिम हुने भएका छन ।
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
No comments:
Post a Comment