kailali

Wednesday 5 September 2012

चोखो माया लत्याईदिने पापीको संसारमा
कसरी जिउन सकिन्छ घातीको संसारमा

अति माया दिलाउदा अज्ञानी लाग्दो रैछ
वियोगान्त मात्र देखिने तातीको संसारमा

खुशी पनि अवसरवादीको ओठमा छाउदा
झुपडीको अर्थ रहदैन जातीको संसारमा

सञ्चो मानिएला झिकेपछि काँडा खिलवाट
चम्किएको हाँसो लुटिदा रातीको संसारमा ♥♥
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment