kailali

Sunday 9 September 2012

प्रेमिकालाई कस्तो सरप्राइज, झण्डै ज्यान गएन


आफ्नो प्रेमिकालाई खुसी राख्ने प्रेमीले के के पापड बेल्दैन । तर, कहिले काँही यस्तो प्रयास निकै घातक समेत हुने गरेको छ । चीनका हू सेंगलाई यस्तै भएको छ ।

आफ्नो मेमिकालाई सरप्राइज दिन उनले आफैलाई बक्समा बन्द गरेर प्रेमिकाको अपिसमा पठाए कुरियर गरेर । तर, कुरियर कम्पनीले उक्त बाक्सलाई पठाउन केही ढिला गर्‍यो । झण्डै ३ घण्टापछि सेंग बन्द भएको बाकस कुरियर कम्पनीले उनको प्रेमिकाको अपिसमा पुर्‍यायो ।

तीन घण्टासम्म बाकसमा बन्द हुँदा सेंगको धुकधुकी मात्र बाँकी थियो । आफ्नो नाममा आएको कुरियर खोल्दा प्रेमी जीवन र मरनको दोसाँधमा पुगेको देखेपछि उनले साथीहरुसँग मिलेर तत्काल अस्पताल पुर्‍याए र धन्न सेंग बाँचे ।

उपचारपछि सेंगले कुरियर पुग्न यतिका समय लाग्छ भन्ने आफूलाई जानकारी नभएको बताए । उनले आफ्नो अपेक्षा विपरित निकै लामो समयसम्म बाकसमा थुनिएपछि चिच्याउने, बक्स फुटउने लगायतका प्रयास गरेको तर, असफल भएको समेत सुनाए ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment