kailali

Wednesday 12 September 2012

किस खान अह्राउने उपकरण



सास गन्हाउने कारणले धेरै मान्छे हैरान हुन्छन् । कहिलेकाहीँ त सास गन्हाउने समस्याकै कारण बेइज्जती समेत भोग्नुपर्छ भने साथीसँगीबीच कुराकानी गर्दा समेत मुख लुकाउनुपर्छ । अझ आफ्नी कोही खास मान्छेलाई चुम्बन गर्दाखेरी सास गन्हायो भने त्यो भन्दा ठूलो वित्यास पर्ने कुरो अरु हुँदैन ।
त्यसैले अरु सँग कुरा गर्दा होस् वा खास मान्छेसँग चुम्बन गर्दा होस् जो कोहीपनि आफ्नो स्वास गन्हाउलाकी भन्ने कुरामा निकै चनाखो हुन्छन् । सास गन्हाएर आफुप्रति अरुको खराब इम्प्रेसन नपरोस् भन्ने चाहना सबैको हुन्छ । त्यहीँ भएर होला, धेरै मान्छेले हत्केलामा सास फुकेर गन्हाए नगन्हाएको पत्तो लगाउँछन् र नगनाएको निष्कर्षनिकालेपछि मात्र महत्वपुर्ण मुखे काममा हात हाल्छन् ।
तर अब सास गन्हाए नगन्हाएको थाहा पाउन हत्केलामा सास फुक्न नपर्ने भएको छ । हत्केलामा सास फुकेर चुम्बन गर्ने नगर्ने भन्ने कुराको निर्णय गर्नुपर्ने झण्झट अब नहुने भएको छ । किनभने वैज्ञानिकहरुले यस्तो उपकरण पत्ता पत्ता लगाएका छन् जसले तपाइँको सासको जाँच गर्छ र त्यो चुम्बनका लागि उपयुक्त छ की छैन भन्ने कुराको फैसला गरिदिन्छ ।
यो उपकरण मापसे जाँच्न प्रयोग गरिने ब्रेथलाइजर जस्तो छ । यसको प्रयोग पनि त्यसैगरी गरिन्छ । सास गन्हाए नगन्हाएको जाँच्न यसलाई मुखमा लगेर हा…. गर्दै सास फ्याँक्नर्ुपर्छ । त्यसपछि उक्त उपकरणले सास कत्तिको गन्हाएको छ भन्ने कुराको निर्ण्र्ाागर्छ । सासको गन्हाउने मात्राको आधारमा एक देखि ४ सम्म अंक उपकरणले देखाउनेछ । बढि अंक देखिएमा त्यस्तो सास हुने मान्छेलाई चुम्बनका लागि अनुपयुक्त घोषणा गरिदिन्छ ।
समाचार अनुसार यो उपकरण अन्तराष्ट्रिय बजारमा १९.९९ पाउण्डमा उपलब्ध छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment