kailali

Monday 3 September 2012

हरपल नदेखेको मायाले गालो मलाई।
उनकै सम्झनाले सताउँन थालो मलाई।।

माया भन्ने चिज कस्तो नदेखे नभेटे पनि।
था नपाई मायाको जाल भित्र हालो मलाई।।

उनी को हो? कस्तो छीन? छैन भेटघाट हाम्रो।
तर पनि विस्तारै उतैतिर फालो मलाई।।

देख्या छैन गफ मात्र हुन्छ उनी सँग सधै।
नपत्याउँदो तरिकाले आज ढालो मलाई।।

तिम्रो यादमा तड्पिएर बसेको छु भन्छे।
फसाउँन लाई उनी फाल्छिन जालो मलाई।।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment