kailali

Wednesday 12 September 2012

ढाड दुख्छ ? त्यसोभए यसो गर्नुस्



ढाड दुख्ने मानिसलाई न उठे सुख न बसे सुख भन्ने उखानै छ ।
ढाड दुख्यो भने जसो गर्दा पनि आराम हुँदैन । ढाड दुख्ने कारण धेरै हुनसक्छन् ।
हामीले यहाँ ठाड दुखाइबाट मुक्ति पाउन अपनाउनुपर्ने केही उपाय प्रस्तुत गरेका छौँ ।
  •  एक अध्ययनले बिहान ओछ्यानबाट कसरी उठिन्छ भन्ने कुराले समेत ढाड दुख्ने कुरामा मलजल गर्छ । बिहान ओछ्यानबाट उठ्दा कम्मरलाई बढि नै मर्काउनु वा बढि कुप्रिनु भनेको ढाड दुखाइलाई बढाउनु हो । रातको समयमा सुताइका कारण पिठ्युँमा बढि तरल पदार्थ जम्मा भएको हुन्छ । यसरी सुसुम्नाको वरीपरी ढाडमा बढि तरल पदार्थ जम्मा भएको बेला बढि कुप्रिएर उठियो भने त्यसले सुसुम्नामा दबाब सिर्जना गर्छ जसले ढाड दुखेको महसुस हुन्छ । त्यसैले बिहान विस्तराबाट उठ्दा बढि कुप्रिएर उठ्नु हुँदैन ।
  • · नियमित व्यायाम गर्नु ढाड दुखाइबाट मुक्ति पाउने अर्को उपाय हो । युनिभर्सिटी अफ पिट्र्सबर्गका शोधकर्ताहरुका अनुसार ढाड दुखाइबाट पीडित मानिसहरु जो शारीरिक व्यायाम गर्दैनन् उनीहरु कहिल्यैपनि ढाड दुखाइबाट मुक्ति पाउन सक्दैनन् । ढाड दुख्ने मानिसहरुले ढाडमा बढि कसरत हुने खालका शारीरिक व्यायाम गर्नुपर्छ । यस्त्रा स्ट्रेचिङ व्यायाम गर्दाको समयमा दुखाई बढि हुने भएपछि पछि यसले फाइदा पूराउँछ ।
  • · पेनकिलर बाट बच्नुहोस् । ढाड दुख्यो भनेर दुखाइ कम गर्ने औषधि अर्थात् पेनकिलर नखानुस् । अमेरिकाको न्यू मेडिकल स्कुलका शोधकर्ताहरुका अनुसार ढाड दुख्ने मानिसहरुले दुखाइ कम गर्न पेन किलर खाँदा त्यसले झन् बढि नकारात्मक असर पूराउँछ र भविष्यमा दुखाइको मात्रा झनै बढ्छ । त्यसैले ढाड दुखेमा गरम पट्टी बाध्नु उपयुक्त हुन्छ । गरम पट्टी ढाडमा बाँध्दा दुखाइ २५ प्रतिशतले कम हुने पाइएको छ । यसले रक्तसंचार नियमित गर्नुका साथै तन्तुमा लचिलोपना पनि ल्याउँछ ।
  • · लामो समयसम्म कुर्सीमा नबस्नुस् । लामो समयसम्म कुर्सीमा बस्नुपर्ने खालका जागिर गर्ने मान्छेमा ढाड दुख्ने समस्या बढि हुन्छ । लामो समयसम्म कुर्सीमा बस्दा ढाड दुख्ने समस्या मात्र होइन पेटको क्यान्सर जस्ता स्वास्थ्य समस्या देखापर्ने र मानिसको आयु पनि घट्ने एक अध्ययनले देखाएको छ । बस्ने जागिर खानेहरुमा ढाड कुप्रिने समस्या पनि देखापर्न सक्छ । त्यसकारण ढाड दुखाइबाट मुक्ति पाउन तथा अन्य स्वास्थ्य समस्या पनि आउन नदिनका लागि कुर्सीमा बसेर जागिर खानेहरुले २०-२० को सुत्र अपनाउनु पर्छ । यसको मतलब हरेक २० मिनेटमा कुर्सीबाट उठ्नुहोस् र २० सेकेण्ड यताउता हिड्नुहोस् । यसले कम्प्युटर स्त्रिmनमा लगातार काम गर्दा हुने थकानलाई हटाउनुका साथै सरीरको रक्तसंचार पनि नियमित गर्छ र ढाड दुखाइलाई पनि कम गर्छ ।
  • यसका लागि पौडी, स्विमिङ तथा मर्निङ वाक पनि ढाड दुखाइबाट मुक्ति पाउने उपाय हुन् ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment