kailali

Thursday 6 September 2012

संघीयताले राष्ट्रमा विकृति ल्याउँछः केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ले एमाओवादी, मधेसवादी र जातिवादीको हठका कारण संविधान बन्न नसकेको बताएका छन् । राष्ट्रिय जनमोर्चा चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

केसीले एकल जातीय राज्य बनाउन नसकेपछि तीनै दलले अहिले बहुजातीय प्रदेशको पक्षमा वकालत गर्न थालेको बताए । उनीहरुकै कारण संविधान बन्न नसकेको भन्ने जनताले बुझिसकेको बताउँदै केसीले बहुजातीय प्रदेशका पक्षमा समर्थन नगरे पनि सकारात्मक धारणा राखे । केसीले भने, ‘एकल जातीयभन्दा बहुजातीय प्रदेश सकारात्मक छ ।’

उनले चार वर्षदेखि लगातार एकल जातीय राज्य चाहिन्छ भन्नेहरुले अहिले बहुजातीय भन्न थालेको बताउँदै जातीयताकै कारणले राष्ट्रलाई विखण्डनतर्फ लैजाने विचार व्यक्त गरे । एकात्मक राज्य प्रणालीअन्तर्गत विकेन्द्रीकरण गर्नुपर्ने राष्ट्रिय जनमोर्चाको अडानमा कुनै परिवर्तन नभएको पनि केसीले स्पष्ट पारे ।

सङ्घीयताका आधारमा जातीय राज्य माग्ने नेपालीको माग नभई विदेशीको इसारामा यस्तो कुरा आएको बताउँदै नेता केसीले भने,‘सङ्घीयताले राष्ट्रमा विकृति ल्याउने छ ।’

एमाओवादी र तराईका दलका बीचमा सत्ता लम्ब्याउनका लागि अपवित्र गठबन्धन भएको छ भन्दै उनले राजनीतिक सहमतिको विकल्प नरहेको बताए । शतप्रतिशत समय थप गर्दा समेत नबनेको संविधान संविधानसभा ब्यँुताएर बन्न नसक्ने नेता केसीको ठोकुवा थियो । रासस

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment