kailali

Monday 3 September 2012

तिम्रै साथ जिउने मर्ने बाचा बन्धन टुक्राएर
जाँदै छु म बेहुली बनि बिवास्तामा पराइ घर

नियतिको खेल यस्तै हात समाई छोड्नु पर्ने
यौटा टुक्राई अर्को मुटु बाध्यतामा जोड्नु पर्ने
हजार जुनी सम्म तिम्रै बन्ने अठोट थियो तर
जाँदै छु म बेहुली बनि बिवास्तामा पराइ घर

पहाड आइ छेके पनि छोड्दिन साथ भन्थें पैले
बा-आमाको इज्जत सामु घुंडा टेक्नु पर्यो मैले
धोका भयो तिमीलाई सक्छौ मलाइ माफ गर
जाँदै छु म बेहुली बनि बिवास्तामा पराइ घर

तिम्रै साथ जिउने मर्ने बाचा बन्धन टुक्राएर
जाँदै छु म बेहुली बनि बिवास्तामा पराइ घर  


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment